भर्खरै :

सरकार नै आतङ्कित भए ?

आतङ्कित नहुन भन्दै वस्तुतः आतङ्कित पार्दै छ सरकार सर्वसाधारण जनतालाई । सरकार वास्तवमा आफै आतङ्कित भइरहेको देखा पर्दै छ । राजनीतिमा अनेकानेक खेल तमासा हुने हुन्छन् । मुलुकको राजनीति सोझो नहिँडी बक्र रेखाबाट हिडिरहेको आजको प्रतिकूल परिस्थितिमा जिम्मेदार ठाउँमा जिम्मेदारी लिएर बसेका मान्छेहरू नै जब आतङ्कित हुन्छन् भने अरूमा धैर्य टुटेमा जिम्मेदार को हुने ? कोरोनाको सङ्क्रमण मत्थर हुनुपर्ने तर झन् पो त उच्च हुँदै गइरहेको छ । एकैदिन ३५ जनासम्मको ज्यान लिइसक्यो नेपालमै । कोहीलाई केही धन्दा कोहीलाई केही भन्ने उखान नै छ नेपालमा । एकातिर महामारीको रूप लिँदै छ कोरोनाले नयाँ नयाँ भाइरसको लहर छ भने अर्कोतिर द्रव्यपिचासहरू कोरोना भाइरस पनि कालोबजारमा कालोबजारी गरी बेचिरहेका छन् स्वास्थ्य सेवाको नाममा । सेवाको नाममा कालोबजारी । त्यसरी कालोबजारी गर्नेहरू अजम्बरी कोही भएका छैनन् आजसम्म यो विश्वमा । संसारभरका धनाढ्यहरूको एउटै संस्था छ विश्व आर्थिक मञ्च । त्यो संस्थाले वर्षको एकपल्ट प्रायः स्विजरल्यान्डको डाभोस भन्ने सहरमा सम्मेलन गर्छ र धनाढ्यहरूउपर यो वर्ष के–कस्ता खतरा छन् भन्ने सर्वेक्षण गरी प्रायः अक्सफाम भन्ने संस्थाले एउटा प्रतिवेदन तयार पारी त्यो आर्थिक मञ्चमा प्रस्तुत गर्छ । छलफलपछि त्यो पारित गर्छन् र फर्कन्छन् डाभोसबाट । त्यहाँ भेला हुने प्रायः कोरोना बेच्ने द्रव्यपिचास नै हुन्छन् ।
कति कठोर हुनुप¥यो होला
द्रव्यार्थीहरूलाई जे–जसो गरेर भए पनि द्रव्य नै चाहिने ! यही द्रव्यका निम्ति जे–जस्तो कालो काम गर्न पनि तयार हुनेहरू पनि थुप्रै पो पाइने रहेछन् यो संसारमा । अनर्थ पनि कति कति, कस्ता कस्ता ¤ प्रयोगशालामा नै ठगी । यो त पराकाष्टा नै भएन र ? सरकारले यस्ता ज्यादती त जसरी पनि रोक्नुप¥यो । सञ्चालन गरेको छ मेडिकल कलेज तर सङ्क्रमितले उपचार पाउँदैन निजी अस्पतालका शय्या रित्ता छन् बिरामीले शय्या पाउँदैनन्, निजी अस्पतालमा तर रोगीले उपचार पाउँदैनन् । सरकारी, सेवाकारी र निजी जे जे नामका भए पनि चिकित्सालय त हुन् नि ¤ चिकित्सालय भएपछि उपचार गर्न परेन र ? नाम मेडिकल कलेज काम मेडिकल कलेजमा नभइ नहुने पूर्वाधार पनि छैनन् डाक्टरहरू खडेबाबा ¤ भन्ने सरकारले हेर्न परेन र ? होल्डिङ सेन्टर बन्न अझै एक महिना ? भारतबाट आउनेहरू सीधै घरतिर जाने होम आइसोलेसनमा सङ्क्रमितहरूको त झनै बेहाल । अस्पतालका शय्याहरू हारालुछ छ । शय्या पाउन सोर्सफोर्सको प्रयोग गर्नुपर्ने । सङ्क्रमण बढ्दो छ । २३ जिल्लामा निषेधाज्ञा लागू भएकोमा सात जिल्ला थप भई ३० जिल्ला पुगिसके । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किए पाँच वर्ष जेल र १३ हजारसम्म अष्ट्रेलियन डलर जरिवाना गर्ने भएको छ । यस्तो सजाय अष्ट्रेलियाबाहेकका अन्य देशका नागरिकका लागि पनि बराबरी सजाय हुने निर्णय गरेको छ अष्ट्रेलिया सरकारले । कति कठोर हुनुप¥यो होला यस्तो निर्णय गर्न ।
कोल्टे परेको थियो घोप्टो प¥यो
भारतमा अस्तिको शुक्रबार २४ घण्टामा चार लाखभन्दा बढी मान्छे सङ्क्रमित भए भने एकै दिन ३ हजार ५ सय २३ जनाले यो संसार छोडे । भारतमा मृत शरीरको अन्त्येष्टि प्रायः जलाएर गरिन्छ । नयाँ दिल्लीमा पृथक पृथक चित्ताको आगोमा मसानमा अन्त्येष्टि गर्ने ठाउँ नपुगेर र दाउरा पर्याप्त नभएर धेरै वटा लाश एकै ठाउँमा राखी सामूहिक अग्नी दहन गरियो । अमेरिकी राष्ट्रपति जो बाइडेनका चिकित्सा सल्लाहकार एवम् सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले भारतमा व्यापक भइरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्न तत्कालै केही साताको लागि बन्दाबन्दी गर्न सुझाउ दिएका छन् । यो कोरोनाले गर्दा विश्व अर्थतन्त्र कोल्टेमात्र परेको थियो अब त घोप्टो नै पर्न लाग्यो । औद्योगिक उत्पादनहरूमात्र घटेन कच्चा पदार्थको उपलब्धतामा पनि ¥हास आउन थालेको छ । बिरामीको उपचार एवं सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरू नै रोगाक्रान्त हुन लागेका छन् । कति जना चिकित्सकको त कोरोनाले ज्यानै लिइसक्यो । भारतमा क्रिकेट खेल्न आएका अष्ट्रेलियन क्रिकेटरहरूसमेत स्वदेश फर्कन नपाउने भए । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि उद्योग–व्यवसायमा सङ्कुचन आउने भयो यसले गर्दा रोजगारीसमेत प्रभावित भई सङ्कट थपिने भयो । पूर्ण क्षमतामा काम गरौँ कोरोना फैलिन सक्ने खतरा, काम घटाउँ रोजगारी एवं आपूर्तिको समस्या । बुटवल, दाङ, नेपालगञ्जतिर भ्रमण गरेर फर्कँदा स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठलाई गुनासो गरेर जोखिमको बेलामा ड्युटीको समयमा भन्दा बढी काम गरेको अवधिको जोखिम भत्ता पाउनुपर्ने एउटै माग छ । बढी काम गरेपछि बढी भत्ता पाउनुपर्ने नियमअनुसारको भत्ता पनि पाएनन् रे !
सरकार नै हताश भए ?
नेपालमा अस्ति आइतबार अहिलेसम्मकै धेरै नेपालीलाई कोरोनाले निर्मम आक्रमण ग¥यो भन्ने पुष्टि भएको छ । यो कोरोनाले उमेर समूह छुट्याएरमात्र झम्टन्थ्यो । त्यो पनि खुकुलो गरेर मध्य उमेरका र किशोर वर्षकालाई पनि आक्रमणको निशाना बनाउन लाग्यो । यो नयाँ प्रवृत्ति देखायो कोरोनाले । आइतबारको अभिलेखमा ३० देखि ३५ समूहका १,८०९ जना र २० देखि २५ वर्ष उमेर समूहका १,८०९ जना, २० देखि २९ वर्ष उमेर समूहका १,७६७ जना, १० देखि १९ वर्ष उमेर समूहका १,७६७ जना, १० वर्षदेखि १९ वर्ष उमेर समूहका ४५७ बालबालिका समेत आक्रान्त भएबाट कोरोनाले अस्ति अस्तिसम्म उमेरको मर्यादा राख्दै आउने गरेको क्रम पनि भङ्ग ग¥यो । कोरोना सङ्क्रमितमध्ये रोग निको भएर घर फर्कने दर पनि तल झरेर ८४.५ प्रतिशतमा ओरालो लागेको छ । अस्ति आइतबारमात्रै नेपालमा २७ जनालाई कोरोनाले कुदायो । यो अङ्क यसअघिका अङ्कभन्दा बढी छ । शनिबार एकै दिन ३५ जना मरेका थिए । सायद सरकार आत्तिएको पनि यही बढ्दो प्रतिशतले हो भन्ने लाग्छ । भेन्टिलेटर एवं सघन उपचार कक्षको मात्र कमी होइन अस्पतालहरूमा सामान्य शय्या पनि पाउन छोडे अन्य धेरै बिरामीले । सरकार कुरा ठुला ठुला गर्छ तर काम भन्ने साना पनि गर्दैन । विश्वास सा¥है ठुलो कुरो हुँदोरहेछ समाजमा । तर, त्यो विश्वासमा अविश्वास भइदिए के बाँकी रह्यो र ! तसर्थ सरकार हतास हुनुभएन आशावादी भइरहनुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *