छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
अहिले नयाँ प्रकारको कोरोना भाइरसको कारण विश्वका थुप्रै देश आक्रान्त छन् । नेपाल ती देशमध्येकै एक हो । यस्तोमा सबै पद र पेशाका मानिसहरू कोभिड–१९ बाट आफू बच्ने र अरूलाई बचाउन हातेमालो गर्नुको विकल्प छैन ।
तर, बेलाबखत नपढेका भन्दा पढेका महामूर्ख भेटिनु कुनै आश्चर्यको विषय होइन । कुरा वैशाख २० गतेको र स्थान भक्तपुर नगरपालिकाको हो । काम विशेषले नपा पुग्दा कर्मचारीहरू आपसमा रिसाउँदै, झोक्किँदै, गाली गर्दै कुरा गरिरहेका थिए, एक इन्जिनियरमाथि रिस पोख्दै थिए ।
धेरै पटक आलोचित भएका एक इन्जिनियर कोरोना पोजेटिभ भइसके पनि नगरपालिका आएका रहेछन्, विभिन्न शाखा घुम्दै साथीभाइलाई भेटिरहेका थिए । कोरोना पोजेटिभ भएको थाहा पाएका एक कर्मचारीले “तिमी पोजेटिभ भएको यहाँ किन आएको ? घरमा एकान्तवास बस्न छिटो जाऊ” भन्दा उनको जवाफ थियो, “तिमीहरू सबैलाई कन्ट्याक्ट टे«ेसिङमा पठाउन !”
यो कुरा थाहा पाएपछि नपा कर्मचारी एसोसियसनका जिम्मेदार व्यक्तिले “घोक्र्याएर पठाउने कि खुरूक्क जाने !” भनेपछि नपा परिसरबाट बाहिरिएको रहेछ ।
पदले इन्जिनियर त्यो व्यक्तिले ठट्टा होइन जानाजानी अपराध गरेको छ । त्यस्तालाई स्थानीय सरकारले के गर्छ ? सबैको जिज्ञासा भएको छ ।
Leave a Reply