सहकारी अध्यादेश २०८३ विरुद्ध सङ्घहरू एकजुट कारोबार रोक्काले सङ्कट निम्त्याउने
- बैशाख २९, २०८३
बुटवल, २१ वैशाख । बुटवल उपमहानगरपालिकाले मङ्गलबारदेखि अक्सिजन बैङ्क सुरु गरेको छ ।
बजारमा अक्सिजन अभावको हल्ला चलेर कोभिड – १९ सङ्क्रमित बिरामीहरू हतोत्साहित भएको हुँदा बिरामीहरूको मनोबल बढाउन नगरपालिकाले अक्सिजन बैङ्क खोलेको हो । अक्सिजन बैङ्कबाट कोभिड – १९ सङ्क्रमित भई बुटवलको होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेका बिरामीलाई स्वास्थ्यकर्मीको सिफारिसमा निःशुल्क पु¥याइने जनाइएको छ ।
रुपन्देहीमा सञ्चालित अक्सिजन उद्योगहरूले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्ने क्षमता राखे पनि सिलिन्डरको मात्र अभाव रहेको हो । दातृ निकायबाट पनि थप सिलिन्डरहरूको व्यवस्थापन गर्न लागेको बताइन्छ । उपमहानगरले अक्सिजन बैङ्कको लागि लायन्स क्लवसँग हातेमालो गरिरहेको छ ।
बुटवल उपमहानगरले मङ्गलबारदेखि नै बुटवलस्थित एन्फाको फूटबल रङ्गशालामा आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको छ । अघिल्लो वर्ष सुरु गरेको आइसोलेसन केन्द्र बिरामी घटेपछि बन्द गरिएको थियो । अहिले बुटवलमा कोरोना सङ्क्रमित दैनिक सयौँको सङ्ख्यामा थपिएका छन् । मङ्गलबारमात्रै ३३२ जना थपिँदा बुटवल उपमहानगरमा २०८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसपालि बुटवल उपमहानगरले आफ्नै आइसोलेसन केन्द्र पुनः स्थापनाभन्दा पनि निजी होटलमा होटल आइसोलेसन बनाउन पहल गरेको थियो । बुटवलका होटलहरूलाई वर्गीकरण गरेर दैनिक खान बस्न १ हजारदेखि ४ हजारसम्मका शुल्क निर्धारण गरेको छ ।
लुम्बिनी प्रदेशको राजधानी एवम् पश्चिम नेपालकै सुविधा सम्पन्न व्यापारिक केन्द्र भने पनि बुटवलबाट दैनिकजसो हेलिकप्टरमा गम्भीर खालका कोभिड – १९ सङ्क्रमित बिरामीहरूलाई काठमाडौँ पठाउने गरिएको छ ।
Leave a Reply