भर्खरै :

‘भूत’ ले शासन गरेको देशजस्तै भयो हाम्रो नेपाल !

त्रेतायुगका मान्छेलाई लुट्ने र हत्या गर्ने नामुद डाँका रत्नाकरलाई नारद ऋषीले ज्ञानगुनका कुरा सिकाएर प्रसिद्ध महर्षी वाल्मीकि बनाएको कथा हामीले पुराणमा पढ्दै आएका हाँै । एउटा लुटेरा परिवर्तन भएर प्रसिद्ध ग्रन्थ रामायणका रचयिता, संस्कृत भाषाका आदिकवि बनेको अत्यन्त रोचक पौराणिक कथा हामीले सुन्दै आएका हौँ । तथापि, यसको सत्यता प्रमाणित हुन सकेको छैन ।
नेपालको राजनीतिमा पनि शासक दलका नेताहरूले पौराणिक कथासँग मेल खाने घटना दोहो¥याउने प्रयास गरेको देखियो । नेपालका प्रम केपी शर्माओलीले सत्ता टिकाउनकै निम्ति नारद ऋषीले रत्नाकरलाई वाल्मीकि बनाएझैँ गुन्डा र अपराधीहरूलाई मन्त्री तथा उच्च ओहोदामा पु¥याउँदै छन् ।
गण्डकी प्रदेशमा शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरे । जसमा अनेक अपराधमा मुछिएका राजिव गुरुङ (दिपक मनाङ) पनि परे । उनी गुन्डागर्दी, कुटपिट, सम्पत्ति शुद्धीकरण लगायतको फौजदारी अभियोगमा जेल सजाय भोगेका र अन्य दर्जनाँै मुद्दा खेपिरहेका व्यक्ति हुन् । ओलीको निर्देशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको मन्त्री बनाए ।
मन्त्री बनिसकेपछिको एउटा अन्तर्वार्तामा मनाङेले भने– “म नेताहरूलाई सिकाउन चाहन्छु–मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योगदान गर्न बन्ने हो ।” राजनीतिक कारणले वर्षाँै जेलनेल, दुःखपीडा खेपेर आएको दावी गर्ने शासक दलका नेताहरूलाई अब एउटा गुन्डाले नैतिकता, इमानदारी सिकाउने भएको छ !
हुन त आफूलाई कम्युनिस्ट दावी गर्ने एमालेले यस्तै मान्छेको सहयोगबाट धेरै सीट जितेको मनाङेकै अर्को भनाइबाट प्रमाणित हुँदै छ– “मलाई एमालेको ऋण थियो, अहिले चुक्ता गरेँ । मनाङमा मेरो सहयोगमा एमालेले जितेको हो, एमालेको सहयोगमा मैले जितेको हुँ ।” यस भनाइबाट एमाले ‘पखालिएको स्याल’ साबित हुँदै छ ।
मनाङे अझै थप्छन् – “माक्र्स, लेनिन, माओ को कुरा गर्छन्, त्यस्तो पार्टी मलाई मन पर्दैन, मलाई घीन लागेर आउँछ । मैले जिन्दगीमा आमाबुवाले भनेको त मानिनँ भने पार्टीले भनेको पनि मान्दिनँ ।” यस्तो भन्ने व्यक्तिलाई ओली पक्षधरले किन आफ्नो पार्टीमा हुलेको र मन्त्री बनाएको होला ? अचम्मै लाग्छ ¤ एउटा अर्को कथा छ – एउटा कमजोर मुसालाई बिरालोको सा¥है डर हुन्छ, ऋषीले उसलाई बिरालो बनाइदिन्छ, त्यसपछि सिंह बनाइदिन्छ । सिंह बनेपछि आफूलाई सिंह बनाउने ऋषीलाई नै झम्टन्छ । ओलीले यही नियती भोग्न खोजेका हुन् ? मनाङेजस्ता मुसाहरूलाई सिंह बनाएपछि ऋषीले झैँ पुनः मुसा बनाउन सक्लान् ? ओली सिंह बनेका मुसाहरूको आहारा नबनून्, हाम्रो शुमकामना छ !
वैशाख ९ र १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले महोत्तरी, नवलपरासी, कपिलवस्तु र रौतहट जिल्ला अदालतमा चलेको जसपाका १२० जना नेता कार्यकर्ताहरूको फौजदारी मुद्दा फिर्ता लिने निर्णय ग¥यो । मुद्दा फिर्ता लिइएका अधिकांश व्यक्ति आगजनीको घटनामा संलग्न छन् । सरकारविरुद्ध आउन सक्ने सम्भावित अविश्वासको प्रस्तावबाट जोगिन ओली सरकारले अपराधीलाई पनि उन्मुक्ति दिने गलत निर्णय ग¥यो । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक शिशुको ज्यान गएको घटनामा व्यक्तिहत्याको आरोप लागेका रेशम चौधरीको मुद्दासमेत अदालती प्रक्रियाबाट टुङ्ग्याउने आश्वासन प्रधानमन्त्री ओलीले दिए । यस्तो गतिविधिबाट प्रम ओली सत्ताको लागि मरिहत्ते गर्ने लालची नेताको रूपमा चिनिँदै छन् ।
हिन्द प्रशान्तीय क्षेत्रमा अमेरिकी सैन्य रणनीतिअन्तर्गतको ‘एमसीसी’ को सर्वत्र विरोध भइरहेको छ । चीनलाई घेर्ने मनसायले अमेरिका नेपालमा आफ्नो सेना तैनाथ गर्न ‘एमसीसी’ को जालो फ्याँक्दै छ । ‘एमसीसी’ संसदबाट पारित भएर लागु भए नेपालको संविधानको समेत उल्लङ्घन हुने विश्लेषकहरू बताउँदै छन् । ‘एमसीसी’ को माध्यमबाट नेपाल अमेरिकाको कब्जामा जाने र कुनैपनि बेला शक्तिराष्ट्रबीच युद्ध भड्किए नेपाल रणभूमिमा रूपान्तरण हुने सम्भावना भएकोले ‘एमसीसी’ स्वीकार्नु हुन्न भनेर विज्ञहरू बताउँदै छन् ।
सहयोगको नाममा अमेरिकी सेना जुन देशमा पुग्छ, त्यो देशको हालत खराब भएको विश्वले देखेकै हो । शासक दलकै केही नेता कार्यकर्ताहरूले पनि ‘एमसीसी’ को वास्तविकता थाहा पाएपछि विरोध गर्दै छन् । यस्तो परिस्थितिमा पनि प्रम केपी ओली ‘एमसीसी’ संसद्बाट पारित गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्न लागिरहेका छन् । ‘एमसीसी’ पारित नभए आफ्नो सत्ता डगमगाउने आकलन गरी प्रम केपी ओलीले आफू ‘एमसीसी’ को पक्षमा रहेको तर सभामुखले ‘एमसीसी’ रोकेको भन्दै अमेरिकी साम्राज्यवादलाई खुसी पार्न लागिपरेका छन् ।
३३ किलो सुनकाण्ड, ललितानिवास जग्गा प्रकरण, वाइडबडीजस्ता जस्ता काण्डहरूलाई लुकाउन खोजिएको छ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सोझै घुसको मोलमोलाइ गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको ७० करोडको टेप प्रकरणबारे कहीँकतै छानबिन भएन । अडियो रेकर्डमा बाँस्कोटाले ५४÷५५ करोडमात्रै प्राप्त हुनेभए लागतलाई १ अर्ब पु¥याउन आग्रह गरेका छन् । २०६१ सालमा बालुवाटारको ८ आना जग्गा आफ्नो छोराको नाउँमा हत्याएका विष्णु पौडेललाई ओलीले अर्थमन्त्री बनाएर पुरस्कृत गरे । उनले आफ्नो वरिपरि अपराधीहरूको झुन्डै तयार पारेका छन् । ओलीको लागि कुनै दिन उनको आफ्नै कदम ‘भष्मासुरलाई वरदान’ साबित नहोस् !
गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वास प्रस्तावमा मतदात हुने दिन राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही ‘बेपत्ता’ भएको र पछि उनी ‘कोरोना पोजिटिभ’ भएको भन्दै अस्पतालको ‘आईसीयू’ मा भेटिएको समाचार पनि प्रकाशित भयो । सरकारले जनमोर्चाकै नेताहरूलाई पनि उनीसँग भेट गर्न नदिइएको गुनासो चित्रबहादुर केसीले गरे । गण्डकी प्रदेशको सरकार जोगाउन ओली पक्षले षड्यन्त्र गरेको आशङ्का धेरैतिरबाट भइरहेको छ । यो पनि ‘सांसद अपहरण’ को अर्को घटना हुनसक्ने विश्लेषकहरूको आकलन छ । ओलीले सरकार जोगाउन जस्तोसुकै हथकण्डा अपनाउन सक्छन्, भन्ने कुरा यो घटनाले पनि देखाउँछ । चित्रबहादुर केसी ‘एमालेले नाङ्गो प्रदर्शन गरेको’ बताउँदै छन् ।
कोभिड–१९ को महामारीले देश भयावह अवस्थामा पुगेको छ । शुक्रबारसम्म २४ जिल्लामा निषेधाज्ञा जारी भयो । अस्पतालमा शय्या नभएको र अक्सिजनको अभाव भइरहेको बेला सरकार गैरजिम्मेवार बन्दै लाचारी व्यक्त गरिरहेको छ । १७ गते शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्रालयले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने’ भनेर सर्वसाधारणमा आतङ्क मच्याउने कार्य ग¥यो ।
जनता भन्दै छन्– ओलीराजमा कोही भोकै बस्नुपर्ने, कोहीले उपचारै नपाई मर्नुपर्ने, न्याय र कानुनको उपहास हुने, ‘भूत’ ले शासन गरेको देशजस्तै भयो हाम्रो नेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *