भर्खरै :

काभ्रेको ‘आयाम’ ले प्रकाशन क्षेत्रमा थपेको आयाम

नेपाल मजदुर किसान पार्टी बनेपा, काभ्रेद्वारा सम्पादित तथा प्रकाशित ‘आयाम’ बुलेटिनको बेग्लै पृष्ठभूमि छ । विभिन्न आरोह–अवरोह पार गर्दै प्रकाशनको निरन्तरताका निम्ति सङ्घर्षरत ‘आयाम’ को वैशाख, २०७८ को अङ्क पाठकबीच आइपुग्यो । कोरोना कहरमा कैयौँ प्रकाशन सुस्ताइरहेको र बिलाइरहेको परिवेशमा महत्वपूर्ण राजनीतिक सन्देश लिएर ‘आयाम’ को नयाँ अङ्क अर्थात् वर्ष १३, अङ्क १, पूर्णाङ्क ११ प्रकाशित हुनु हर्षको कुरा हो । ‘निषेधाज्ञा’ ले थोरै भएपनि फुर्सदिला बनेकाहरूका निम्ति त झन् यो आकर्षक कोसेली बन्यो भन्नु अतियुक्ति नहोला ¤ यस्तो विषम् परिस्थितिमा नयाँ पाठ्यसामग्रीले तल्लो वर्गका पाठकबीच उत्साह बढाउने र औषधीकै काम गर्ने निश्चित छ ।
‘आयाम’ को यो अङ्क जम्माजम्मी ६० पृष्ठको छ । यस अङ्कमा रहेका विज्ञापनले ‘आयाम’ का शुभचिन्तकहरूको घेरा फराकिलो बन्दै गएको सङ्केत गर्दछ । जनपक्षीय प्रकाशनलाई बचाउन र हुर्काउन निकै कठिन बन्दै गइरहेको सन्दर्भमा सहयोगी हातहरूको ऐक्यबद्धता या साथले उत्साह जगाउने निर्विवाद छ । कामदार वर्गको प्रकाशन मजदुर, किसान तथा देशभक्तहरूकै प्रयासबाट जोगाउने प्रयत्न हुनु सुखद पक्ष हो ।
‘आयाम’ को यस अङ्कले विशेषतः देशको समसामयिक राजनीति र नेमकिपाको दृष्टिकोण प्रस्तुत गरेको छ । यसै क्रममा नेमकिपाका अध्यक्ष का. रोहितसँगको अन्तर्वार्ता प्राथमिकताका साथ प्रकाशित छ । उहाँले शासक दलहरूको अदूरदर्शिता, भारतीय शासक वर्गको चलखेल तथा हस्तक्षेपबारे प्रस्ट पार्नुहुँदै सशक्त विरोध गर्नुभएको छ । अध्यक्ष रोहित भन्नुहुन्छ– “नेपालको शासनको राजनीतिक कुस्तीमा दुवैतिर भारतीय एकाधिकारवादीको हात रहेकै हुन्छ, चाणक्यको कुटिल चाल नेपालले भोग्दै आएको विषय हो ।” यसरी उहाँले ओली र प्रचण्डको झगडामा भारतको संलग्नता रहेको धारणा राख्नुभयो । ताजा जनादेश नै तुलनात्मकरूपमा उपयुक्त बाटो भएको बताउनुहुँदै अध्यक्ष रोहितले देशलाई भताभुङ्ग हुनबाट जोगाउने अर्को उपाय नभएको स्पष्ट पार्नुभयो । “भद्रगोलको अवस्थालाई लामो बनाउनुको सट्टा जनताकै अदालतमा दलहरूलाई पु¥याउनु तुलनात्मकरूपले बढी प्रजातान्त्रिक उपाय हो ।”, उहाँले भन्नुभयो । तर, अचम्मको विषय त आपूmलाई प्रजातन्त्रवादी दाबी गर्नेहरू नै प्रजातान्त्रिक पद्धति अपनाउन हिम्मत गरिरहेका छैनन् । तसर्थ, देश झन् नयाँ – नयाँ राजनीतिक जटिलतामा फस्दै छ । देश भड्खालोमा पुग्नुभन्दा पहिला नै शासक नेताहरूले बुद्धि पु¥याऊन् !
“नेपालमा भारतीय र अमेरिकी प्रभाव’ लेखमा प्रज्ज्वलजीले नेपालमा भारतद्वारा भइरहेको सीमा अतिक्रमण तथा हस्तक्षेपबारे छलफल गर्नुभएको छ । कोरोना कहरमा पनि भारत नसुध्रिएको र खोपमा समेत नेपाललाई दबाब दिइरहेको उहाँले चर्चा गर्नुभएको छ ।
‘समाजवादी शिक्षा व्यवस्था आमूल परिवर्तनको आधार’ मा सरोजराज गोसाईजीले शिक्षा व्यवस्थाको समाजवादी ढाँचा, शैली तथा अभ्यासबारे जानकारी दिनुभएको छ । पुँजीवादी शिक्षा व्यवस्थाले नेपाली समाजको भविष्य तहसनहस पारिरहेको आजको सन्दर्भमा समाजवादी शिक्षा व्यवस्थाका उपलब्धि तथा अपरिहार्यताको चर्चाले सकारात्मक सन्देश प्रवाह गर्नेछ । उदारीकरणका कारण शिक्षा र स्वास्थ्य धनीहरूको पेवा बन्दै गइरहेको र सर्वसाधारण जनता यी सुविधाबाट वञ्चित बन्दै गइरहेको यथार्थ आज कसैबाट लुकेको छैन । यो चरम् शोषण, भेदभाव तथा अत्याचार झन् फैलँदो क्रममा छ । यही घडीमा पुँजीवादलाई उदाङ्गो पार्दै समाजवादका उज्याला पक्षबारे प्रचार–प्रसार गर्नु समिचीन हुनेछ ।
‘तिमी मेरो आत्मा, तिमी मेरो श्रृङ्गार’ माथिको एक दृष्टिले एउटा पुरानो पुस्तकको ऐतिहासिक तथा राजनीतिक महत्व उजिल्याउने प्रयत्न गरेको छ । कृष्णकुमार वैद्यद्वारा तयार पारिएको सो पुस्तक चर्चामा नेपाली वामपन्थी राजनीति हिजो पनि आशा गरिएझैँ सङ्लो नभएको, तल्लो स्तरमा टिका–टिप्पणी तथा अराजनीतिक गालीगलौजले जनताको उत्साहमाथि चिसो पानी खन्याउने काम भइरहेको चर्चा छ ।
प्रकाशद्वारा लिखित ‘दस वर्ष सिरियामा विध्वंस, दोष कसको ?’ ले साम्राज्यवादको राक्षसी चरित्र उदाङ्गो पार्छ । सिरियाजस्तो सुन्दर, शान्त र विकसित देशलाई युद्धमा फसाउने संरा अमेरिकी साम्राज्यवादको जति भत्र्सना गरेपनि कम हुने चर्चा गरिएको छ । “सिरियामा सीआईए र पश्चिमा देशहरूको योजना पूर्णतः असफल भइसकेको छ तर पनि उनीहरू हार मान्ने वा गल्ती स्वीकार्ने पक्षमा छैनन् ।”, लेखमा चर्चा गरिएको छ ।
डा. निरिश वैद्यको दम रोगबारेको लेख सान्दर्भिक एवम् जानकारीमूलक छ । स्वास्थ्य र विज्ञानबारे जानकारहरूका रचनालाई स्थान दिइए ‘आयाम’ का पाठक बढ्नेमा कुनै शङ्का छैन । नारायणबहादुर दुवालको ‘धर्म र अन्धविश्वास’, लक्ष्मीनारायण न्हुछेप्रधानको ‘शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ’, मणिराज श्रेष्ठको ‘सहकारी अवलोकन तथा अध्ययन भ्रमण’ र नवराज केसीको ‘……युवा जनशक्तिको उपयोग…’ ले ‘आयाम’ बुलेटिनलाई विविधतायुक्त बनाएको छ ।
कविता, गजल, गतिविधिका तस्वीर तथा खबरहरूले ‘आयाम’ लाई स्वादिलो, पठनीय एवम् सङ्ग्रहणीय बनाएको अनुभूत हुन्छ । प्रगतिशील कथा, गीत, निबन्ध, चिठी, नाटकसहितको साहित्यिक दबु प्रस्तुत गर्न सकिएको खण्डमा ‘आयाम’ थप ओजनदार बन्नेछ ।
‘आयाम’ को गाता र भित्री पृष्ठहरूको साजसज्जाले थप मेहनतको केही अपेक्षा जरुर गर्दछ । तस्वीरहरूमाथि पनि विज्ञापनलाई झैँ न्याय गरिएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ¤ मौलिक लेख–रचनाको सङ्ख्या बढ्दै जाओस् भनी शुभेच्छुक पाठकले कामना भर्नु अन्यथा हुने छैन । पचास रूपैयाँ मूल्य महङ्गो भनिहाल्न नमिल्ला !
‘आयाम’ को अर्को अङ्क वैचारिक तथा सामयिक लेख–रचनासहित छिट्टै नै बजारमा आइपुग्ने विश्वासका साथ प्रकाशकलाई हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *