कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
टाइम्स म्यागाजिनको आवरण लेखमा मैले भारतमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले निम्त्याएको भयावह अवस्थाबारे मेरो लेख प्रकाशित भएलगत्तै अप्रिल २६ मा मेरो भाइ अरिफले मलाई निद्राबाट ब्युँझायो । “मामालाई श्वास फेर्न गा¥हो भइरहेको छ रे”, उसले भन्यो । “के भनेको त्यस्तो !”, म चकित परें ।
चार दिनअघि मात्र मैले मेरो मामा नुरुलियनसँग कुराकानी गरेको थिएँ । हामी केटाकेटी छँदा उहाँ हामीसँगै हुनुहुन्थ्यो । हामीलाई उहाँ ठुलो मान्छेजस्तो नै लाग्दैनथ्यो । हामी उहाँलाई हामीभन्दा अलि ठुलो समवयी ठान्थ्यौँ । उहाँ उत्तर प्रदेशको एउटा गाउँमा बस्नुहुन्थ्यो । केही दिनअघिबाट उहाँ र परिवारलाई पनि ज्वरो आएको थियो । त्यहीँको चिकित्सकले टाइफाइडको औषधि दिएका रहेछन् ।
ज्वरो आउने उहाँहरूमात्र हुनुहुन्थेन । गाउँ र सिङ्गो उत्तर प्रदेशभरि नै ज्वरो आउनेहरू धेरै परिवार थिए । अप्रिल १५ मा उत्तर प्रदेशमा स्थानीय तहको चुनाव थियो । चुनावमा मतदान गर्न अन्यत्र बस्दै गरेका मानिसहरू उत्तर प्रदेशमा ओइरिएका थिए । मतदान स्थगित गर्ने प्रस्ताव सरकारले अस्वीकार गर्दा लाखौँ नभए पनि हजारौँ जनतालाई राज्यको लापरबाही र असंवेदनशीलताको शिकार बनायो । चुनावमा परिचालित सात सत्न्दा बढी शिक्षकहरू कोभिड–१९ बाट सङ्क्रमित भए । उनीहरूमध्ये एकजना शिक्षिका त आठ महिनाकी गर्भवती थिइन् । चुनावमा नखटाउन उनले गरेको अनुनय विनयको कुनै सुनुवाइ भएन ।
मृत्युदेखि म अपरिचित थिइनँ । मैले मृत्युसँग धेरै पटक पौंठेजोरी खेलेको छु र मृत्युलाई नजिकबाट अनुभव गरेको छु । तर, स्क्रिनको अर्कोतिर प्राण धान्न मामाको छटपटीले मलाई निचोरिरहेको निरीहताको लागि म कति पनि तयार थिइनँ । बेहोस हुनुअघि आमाले मामालाई दिदीको लागि, मामाका चार छोराछोरीको लागि र सबभन्दा कान्छो १२ वर्षको सन्तानको लागि धैर्य नगुमाउन अनुनय गरिरहनुभयो । आमा चाँडै नै आफ्नो भाइलाई भेट्ने अपेक्षाका साथ सुत्न कोठामा जानुभएको थियो । उहाँ मामाको जीवन रक्षा गर्न अल्लाहको प्रार्थना गरिरहनुभएको थियो ।
मामालाई श्वास फेर्न गा¥हो भइरहेको खबर सुन्नेबित्तिकै मैले पनि आँत्तिदै धेरै भारतीयहरूले जे गर्दछन्, त्यही गर्न बाध्य भएँ : कसेर गरेको हिसाबअनुसार पनि दैनिक ३ हजार ६ सय मानिसको निधन भइरहेको देशमा अस्पतालको शय्या सबभन्दा अप्राप्य वस्तु थियो । मैले पनि मामाको लागि अस्पताल पाउन मेरा सबै सम्पर्क, सामाजिक सञ्जाल, मित्रहरू सबैसमक्ष हारगुहार गरेँ ।
धेरै भारतीयहरूले आफ्ना प्रियजनको जीवन रक्षाको लागि अक्सिजन, प्लाज्मा, एन्टीबायोटिक र अस्पतालको शय्या पाउन गर्ने गरेजस्तै मैले पनि ट्वीट गरेँ । सद्गुणी सहयोगी हातहरू सहायताको लागि अघि सरे । जसोतसो एउटा निजी अस्पतालमा मामा भर्ना हुनुभयो । त्यत्तिञ्जेल उहाँको अक्सिजनको मात्रा निकै न्यून भइसकेको थियो ।
मामालाई अक्सिजन चलाइयो । यद्यपि, उहाँको अवस्थाले निकै ढिलो हुन सक्ने सम्भावना थियो । चामत्कारिकरूपमा अर्को दुई दिनमा उहाँको अवस्थामा सुधार देखियो । मे १ मा उहाँले एक जना आफन्तमार्फत मलाई जन्म दिनको शुभकामना पनि पठाउनुभयो । अस्पतालको शय्या मिलाइदिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । तर, हाम्रो त्यो खुशी धेरै दिन टिक्न सकेन ।
बिहान २ बजे जब म मलाई आएका जन्म दिनका शुभकामना सन्देशको जवाफ फर्काउँदै थिएँ, तब भिडियो कलको घण्टी बज्यो । भिडियोमा मामा श्वास फेर्न निकै गाह«ो मानिरहनुभएको थियो । आमा त्यो दृश्य देखेपछि झण्डै बेहोस हुनुभयो ।
मृत्युदेखि म अपरिचित थिइनँ । मैले मृत्युसँग धेरै पटक पौंठेजोरी खेलेको छु र मृत्युलाई नजिकबाट अनुभव गरेको छु । तर, स्क्रिनको अर्कोतिर प्राण धान्न मामाको छटपटीले मलाई निचोरिरहेको निरीहताको लागि म कति पनि तयार थिइनँ । बेहोस हुनुअघि आमाले मामालाई दिदीको लागि, मामाका चार छोराछोरीको लागि र सबभन्दा कान्छो १२ वर्षको सन्तानको लागि धैर्य नगुमाउन अनुनय गरिरहनुभयो । आमा चाँडै नै आफ्नो भाइलाई भेट्ने अपेक्षाका साथ सुत्न कोठामा जानुभएको थियो । उहाँ मामाको जीवन रक्षा गर्न अल्लाहको प्रार्थना गरिरहनुभएको थियो ।
केही मिनेटमै मामालाई हृदयघात भयो । उहाँको फोक्सो र मुटुले काम गर्न छोड्यो । उहाँ रहनुभएन । कोरोना भाइरसको रोकथाममा भारत सरकारको लापरवाहीको उहाँ अर्को शिकार बन्नुभयो । जतिबेला मामाको निधन भयो, त्यत्तिबेला टेलिभिजनका पर्दामा पाँच वटा राज्यहरूमा चुनावी राजनीतिक सभा र जुलुसहरू धुमधामसँग भइरहेको थियो । जसले कोरोनाको दोस्रो लहरमा अझ आगो हम्केको थियो ।
धेरै हिसाबमा मेरो मामा भाग्यमानी हुनुहुन्थ्यो । उहाँ थप केही दिन बाँच्नुभयो र उपचार समेत नपाई मर्नु परेन । भारतको ग्रामीण क्षेत्रका अधिकांश जनता यति पनि भाग्यमानी छैनन् ।
उत्तर प्रदेशमा व्यक्तिगत जोखिम उठाएर लगातार समाचार सम्प्रेषण गर्दै आएका पत्रकार अरुण शर्माले मलाई एकैदिन ४५६ वटा लास जलाइएको भिडियो मलाई पठाएका छन् । उनले भारतको ग्रामीण क्षेत्रमा भएको क्षतिको पूर्ण समाचार बाहिर नभएको मलाई बताए । भारतको स्थलगत समाचारको आधारमा एउटा अस्वीकार गर्नै नसकिने सत्य के हो भने भारतमा सरकारले मर्नेको सङ्ख्या भनी सार्वजनिक सङ्ख्याभन्दा धेरै गुणा बढी मानिसको कोभिड–१९ को कारण मानिसको निधन भइरहेको छ ।
उत्तर प्रदेशमा राजनीतिक दबाबले मानिसलाई अँध्यारोमा राखेको छ । मेरो मामाको लागि अस्पतालको शय्या वा अक्सिजन सिलिन्डरको लागि ट्वीटरको सहायता मागेकै दिन उत्तर प्रदेशमा भाजपाका मुख्यमन्त्री योगी आदित्यनाथले अक्सिजनको अभाव भएको समाचार सम्प्रेपण गरे अस्पतालहरूमाथि कारबाही गर्ने धम्की दिएका थिए ।
यी पङ्क्ति लेख्दै गर्दा उत्तर प्रदेशकै अर्को गाउँमा मेरा ३८ वर्षका मामाका छोरा रेजवानको निधन भएको खबर आयो । उनी मेरो मामाघरबाट नजिककै गाउँमै बस्थे । अहिले त खासमा भारतमा त्यस्तो कुनै घर बाँकी रहेन जुन घरबाट कोभिड–१९ को कारण कम्तीमा एक जना सदस्यले मृत्युवरण नगरेको होस् । म अहिले पक्कै दुःखमा छु । तर, गाडी पार्क गर्ने थलो वा सडकमै आफ्ना प्रियजनलाई गाड्न वा जलाउन बाध्य परिवारले भोगेको पीडा र दुःखको तुलनामा मेरो दुःख होचो लाग्छ ।
आज न म खुशी छु न मेरो देश नै खुशी छ ।
स्रोत : द वासिङ्टन पोस्ट
अनुवाद : सुमन
Leave a Reply