काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
देश यतिखेर कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको महामारीको गम्भीर स्थितिमा पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ८ हजारको दरले बढिरहेको छ । गम्भीर बिरामी भई अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या हरेक दिन बढिरहेको छ ।
बिरामीले अस्पताल जान एम्बुलेन्स र अस्पतालमा शय्या र अक्सिजन सहजै पाउन सकिरहेका छैनन् । उपचारमा सहायक औषधिको हाहाकार छ । औषधिको कालोबजारी बढिरहेको जनगुनासो छ । कोभिड–१९ सङ्क्रमितको मृत्यु बढ्दै गएको छ । जनता यतिखेर सङ्कट निवारणको लागि केन्द्र र प्रदेश सरकारहरूबाट उल्लेख्य काम हुने आशा गरिरहेका छन् । तर, नेपालका शासकहरूको चर्तिकला देख्दा … लाई भन्दा देख्नेलाई लाज भन्ने उखान स्मरण गराउँछ । प्रदेश प्रदेशमा सरकार गिराउन र बचाउन सांसद किनबेच र अपहरणका घृणित खेल हुन थालेका छन् । सरकार बचाउनकै लागि प्रदेश संसद्को एक भोटका लागि एक मन्त्रालय बाँड्ने नकाम भएका छन् ।
रोगको महामारीबीच जनस्वास्थ्यको रक्षाको लागि दिनरात लाग्नुपर्ने सङ्घीय सरकार बेप्रासङ्गिकरूपमा सदनबाट विश्वासको मत लिने भन्दै विशेष अधिवेशन आह्वान गर्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सनक भनौँ वा घमण्डका कारण उनको आफ्नै पार्टी एमाले एक रहने अवस्था रहेन । अहिले आएर संसदीय व्यवस्थामा कतै नभएजस्तो सरकार बचाउन प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससित गुहार माग्न पुगेका छन् । काङ्ग्रेसले पनि ओरालो लागेको मृगलाई किन काँध थाप्थ्यो ? अब सरकारको स्थायित्व एमालेको एकता र जनता समाजवादी पार्टीको फुटले मात्र रहन सक्छ ।
जनताको तड्कारो प्रश्न छ– आजको स्वास्थ्य सङ्कटको अवस्थामा कोरोना महामारी नियन्त्रण गर्ने कि विश्वास/अविश्वासको खेल खेलिरहने ? रोगको महामारीलाई वास्ता नगरी, जनताको दुःख कष्टलाई अनदेखा गरी सरकार परिवर्तनको खेलमा लाग्ने वा विश्वास/अविश्वास खेल खेल्ने शासकहरू इतिहासको कठघरामा उभिनुपर्ने निश्चित छ ।
Leave a Reply