भर्खरै :

प्रतिनिधिसभा बैठक के होला ?

प्रम केपी ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।
बैठकमा सहभागी हुन सबै सदस्यहरूले कोभिड–१९ सङ्क्रमण भए नभएको सुनिश्चित गर्न पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था भयो । वैशाख २४ गतेसम्म स्वाब सङ्कलन गरिएका २०५ सदस्यमध्ये २६ जनाको कोभिड–१९ सङ्क्रमण भएको नतिजा आयो । सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायत १,०३० जनाको स्वाब सङ्कलन गरिएकोमा १२१ जना सङ्क्रमित भएको नतिजा छ ।
प्रतिनिधिसभामा भएका २७५ सदस्यमध्ये ४ जना निलम्बित छन् । २७१ सदस्यमध्ये २०५ जनाको स्वाब परीक्षणमा २७ जना सङ्क्रमित भएका छन् । अझै ५४ जना सदस्यले स्वाब परीक्षण गराएका छैनन् ।
यति धेरै सदस्य सङ्क्रमित भएको अवस्थामा भोलि प्रतिनिधिसभाको बैठक हुने र प्रमको विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफल हुने अवस्था रहला र ? यो प्रश्नको जवाफ आउने नै छ ।
संविधानअनुसार जेठ १५ गते आ.व. २०७८÷७९ को बजेट संयुक्त सदनमा पेश हुनुपर्दछ । बजेट अगाडि बजेटको सिद्धान्त र प्राथमिकता तथा नीति तथा कार्यक्रम पेश हुनुपर्दछ । नीति तथा कार्यक्रम संसद्को बहुमतबाट पारित हुनुपर्दछ । वर्तमान राजनीतिक सङ्कटमा यी सबै काम कसरी अघि बढ्ला ? यो प्रश्न पनि उठिरहेको छ ।
कोभिड–१९ सङ्क्रमणमा परेका जनताको सङ्ख्या बढिरहेको अवस्थामा देशको राजनीतिक सङ्कट र सरकारको प्रभावकारिता नदेखिनु निन्दनीय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *