भर्खरै :

सुदूरपश्चिमका पहाडी जिल्लाबाट भेन्टिलेटर फिर्ता लिने प्रदेश सरकारको निर्णयको विरोध

धनगढी, २५ वैशाख । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्ला अस्पतालमा सञ्चालन आउन नसकेको भेन्टिलेटर फिर्ता माग्ने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय अपरिपक्व भएको भन्दै यस निर्णयलाई फिर्ता लिनुपर्ने जनताको माग रहेको छ ।
सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको जनाएको छ ।
फिर्ता मगाइएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने भन्दै प्रदेशका ६ जिल्ला अस्पतालमा चालू अवस्थामा नरहेको भेन्टिलेटर मगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
केही समयअघि पहाडका ६ जिल्ला अस्पताललाई १०÷१० बेडको आइसीयू र २÷२ वटा भेन्टिलेटर सामाजिक विकास मन्त्रालयले दिएको थियो । जसअनुसार प्रदेशका अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २÷२ भेन्टिलेटर छन् । ती जिल्ला अस्पतालमा जनशक्ति अभाव भएको बताउँदै अहिले सञ्चालनमा नरहेको बताइएको छ ।
प्रयोगमा नआएको भन्दै भेन्टिलेटरजस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय हो । कोरोना सङ्क्रमणको कारण जिल्ला जिल्लामा मानिसहरू उपचार नपाई मृत्युको मुखमा समेत पुगिसकेको यस अवस्थामा जिल्ला–जिल्लामा नै जनताको सर्वसुलभरूपमा उपचारको बन्दोबस्त मिलाई आवश्यक जनशक्तिको व्यवस्थापन गर्नु हो ।
तर, सुदूरपश्चिम सरकारले उल्टै जिल्लामा सञ्चालनमा नआएका पहाडी जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर फिर्ता मगाउनु भनेको पहाडका जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको स्पष्ट नै छ । प्रदेश सरकारको उक्त निर्णय सच्याउनुपर्ने जनताको माग रहेको छ ।
समय छदै जिल्ला जिल्लाको स्वास्थ्य अवस्था सुदृढ गर्ने र जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको प्रदेश सरकार तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुँडीमा नै समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटरजस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय गरेको भन्दै जनताले प्रदेश सरकारको आलोचना गरेका छन् ।
कोरोना सङ्क्रमण समुदायमा फैलिँदै गएको हुँदा अत्यावश्यक जनशक्ति र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा उल्टै भेन्टिलेटर फिर्ता लैजानु मूर्खतापूर्ण निर्णय हो ।
भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउँदै प्रदेश सरकारले आवश्यक जनशक्तिको व्यवस्था गर्दै सञ्चालनमा नआएको पहाडी जिल्लाका भेन्टिलेटर सञ्चालन गर्ने र आवश्यकताअनुसार स्वास्थ्य सेवालाई ग्रामीण भेगका जनताको पहुँचसम्म पु¥याउन जरुरी हुन्छ । हाल प्रदेशको सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *