तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायक र च्याह्मासिंहका मिठाइ पसलहरू अनुगमन गरियोे । कोरोनाका नयाँ भेरियन्टसहित फैलिएको सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औँसी सामान्यरूपमै सम्पन्न गर्न मिठाइ पसलहरू नखोल्न र मिठाइका सामानहरू नबनाउन अनुरोधसहित अनुगमन गरेको संयोजक गोराले बताउनुभयो । अनुगमन टोलीले प्याकेजिङ्ग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखी बिक्री गरेको, ढुसी परेको खुवा भेटिएको, म्याद नाघेको खाद्य कलर (रङ), भेटिएको जनाएको छ ।
अनुगमन टोलीले म्याद नाघेका र ढुसी परेका खाद्यान्नहरू बरामद गरी नष्ट गरेको थियो । अनुगमन समितिका भनपा, राष्ट्रिय उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग सङ्घ र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Leave a Reply