भर्खरै :

कानुन दिवसमा अनलाइन गोष्ठी

काठमाडौँ, २७ वैशाख । कानुन दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीको पेशागत सङ्गठन ‘कानुन अध्ययन समाज’ को आयोजनामा आइतबार अनलाइनमार्फत प्रवचन कार्यक्रम आयोजना भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधानले तीन तहको राज्य संरचना र कानुन बने पनि स्थानीय र प्रदेशको कानुन कार्यान्वयन फितलो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय र प्रदेशको अधिकारमाथि सङ्घीय सरकारले हस्तक्षेप गर्नु सङ्घीयताको मर्मविपरीत छ । सङ्घीयता लागू गर्न कानुनलाई कार्यान्वयन गर्न र जनताको अधिकार स्थापित गर्न भक्तपुर नगरपालिका अग्रसर छ ।”
कानुन अध्ययन समाज काठमाडौँ जिल्ला समितिका अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका राजवीर डंगोल, नारायणबहादुर दुवाल, विश्वक डंगोल, मदन श्रेष्ठ र कानुन अध्ययन समाजका सदस्यहरू विकल प्रजापति, सानुकाजी महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *