इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
भारतीय पक्षबाट समयमै आफ्ना गल्ती सच्याउन तयार हुने वा नहुने कुरामा तिब्बतको मानसरोबर जाने चीन–भारत सीमावर्ती नथुला मार्ग पुनः खोल्ने कुरा निर्भर हुने चिनियाँ विदेशमन्त्रालयले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल गैरकानुनी रुपमा चिनियाँ भूमिभित्र प्रवेश गरी दोक्लाममा चिनियाँ सेनाको सामान्य गतिविधिमा अवरोध पु¥याए पश्चात बन्द रहेको नथुला नाकाको सम्बन्धमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लुले अनेकन उल्लेख्य कठिनाईबीच चीनले लामो समयदेखि तिब्बतमा तीर्थान्टन जाने भारतीय तीर्थयात्रीहरुको सहजताको लागि चीनले धेरै काम गरिसकेको बताए ।
सन् २०१५ मा चीनले नथुला नाका भएर भारतले सरकारी रुपमा जम्मा गरेका तीर्थयात्रीहरुलाई मानसरोबर जान दिन सहमति जनाएको थियो । नथुला चीन र भारतको सीमावर्ती सिक्किमको भूभागमा पर्दछ ।
भारतीय सीमा सुरक्षा बल गैरकानुनी रुपमा चिनियाँ भूमिभित्र प्रवेश गरी दोक्लाममा चिनियाँ सेनाको सामान्य गतिविधिमा अवरोध पु¥याए पश्चात बन्द रहेको नथुला नाकाको सम्बन्धमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यो सहमति दुवै चीन तथा भारतका नेताहरुबीच भएको सहमतिको आधारमा भएको थियो र दुवै पक्षले सिक्किमको यो क्षेत्रमा दुई देशको सीमानामा कुुनै विवाद नभएकोमा सहमति भएका थिए’, लुले भने ।
तीर्थयात्रीहरुको मार्गमा बितेका दुई वर्षमा कुनै समस्या नआएको भन्दै लुले भने,‘चीनले यो वर्ष आउने तीर्थयात्रीहरुलाई स्वागत गर्न थप बन्दोबस्त गर्दैथियो ।’
उनले भारतीय सीमा सुरक्षा बलको गैरकानुनी चिनियाँ भूमिमा घुसपैठका कारण चीन र भारतबीचको सीमामा पछिल्लो पटक विकसित अवस्था र सो कारण बन्द नाकाबारे भारत सरकारलाई औपचारिक रुपमा जानकारी दिइएको बताए ।
लुले पछिल्लो अवस्थाबारे भारत पक्ष दोषी भएकोमा जोड दिए ।
यसअघि चीनले भारतलाई सीमाना नाघ्ने भारतीय सेनालाई तत्काल कार्यबाही गर्न र अनुसन्धान गर्न आग्रह गरेको बताइएको छ ।
Leave a Reply