भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
१५ असार, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा पत्रकार समाजका अध्यक्ष लक्ष्मणराज जोशीको प्रमुख आतिथ्यतामा एक हप्ते उद्घोषण तालिम समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा जोशीले सिकाईको स्तर प्रशिक्षकको योग्यता र प्रशिक्षार्थीको सिक्ने भावनामा भर पर्ने बताउनुहुँदै उहाँले तालिम पश्चातको सीपलाई सम्भव भएसम्म जीवनको हरेक क्षणमा प्रयोगमा ल्याउनुपर्छ भन्नुभयो । उहाँले डर उद्घोषकको शत्रु भएको हुनाले सफल उद्घोषक हुन डर माथि नियन्त्रण पाउनुपर्ने र शब्द चयन, भाषिक शुद्धता, स्थिति तथा कार्यक्रमको बिषयवस्तु बारे सचेत हुनुपर्नेमा जोड दिनुहुँदै सीपयुक्त व्यक्ति समाजमा अरु सामान्य व्यक्ति भन्दा बढी उत्तरदायी हुने भएकाले अहंकारलाई आफ्नो व्यवहारमा ठाउँ दिन नहुने कुरामा प्रशिक्षार्थीहरुलाई सचेत पार्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिरत्न गोर्खाली, व्यवस्थापक राजेन्द्र दुमरु, भक्तपुर एफ.एम. का आर.जे. किरण सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमआयोजक उपसमितिका संयोजक राजाराम दुवालको सभापतित्वमा भएको थियो ।
प्रशिक्षार्थीद्वय सन्ध्या ह्योंगजु र अमिन कवांले संचालन गरेको कार्यक्रममा उपसमितिका सचिव लक्ष्मी प्रसाद चवालले स्वागत मन्तव्य र सदस्य रत्नश्वरी चवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply