ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
हाल नेपालमा दोस्रो चरणको कोभिड–१९ महामारी फैलिन थालेको छ भने दैनिक सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढेको देखिन्छ । चीनले नेपाललाई अक्सिजन सिलिन्डर र भ्यान्टिलेन्टरलगायत महामारी नियन्त्रण उपकरण र कोभिड–१९ विरूद्ध खोप थप अनुदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ महामारी विश्वभर फैलिरहेको एउटा सङ्क्रमणकारी रोग हो । यसबाट कोही पनि अलग रहन सकिँदैन । सबैले खोप नलगाएमा महामारी नियन्त्रण हुँदैन । सबैको जीवन सामान्य अवस्थामा फर्कन पाउँदैन । त्यसैले चीनमात्र होइन, सबै क्षमतायुक्त मुलुक विश्व महामारी नियन्त्रणमा संलग्न हुनुपर्छ ।
यो सत्य हो तर अमेरिकाले बुझ्दैन । महामारी नियन्त्रणको अवधिमा अमेरिकाले चीनको बदनाम गर्न तर्कहीन कुरा गरिरहेको छ । यसबाट अमेरिकाले आफूलाई हानि पु¥याइरहेको छ भने विश्वलाई अँध्यारोतर्फ धकेलिरहेको छ । विश्वको सबैभन्दा बलियो अमेरिकाले विश्वको नेतृत्व गरी महामारी नियन्त्रण गर्नुपर्ने हो । तर, अमेरिकाले चीनको बदनाम गरिरहेको छ । यो अमेरिकाको प्रगति होइन, त्रासदी हो ।
मे १० मा चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ग्लोबल टाइम्सको पत्रकारले सोधेको थियो, अमेरिकी विदेश मन्त्रालयले कोभिड–१९ महामारीको उद्गमस्थलबारे जाँच गर्दा चीनको जनमुक्ति सेनाको वायु सेना चिकित्सा विश्वविद्यालयको वैज्ञानिक र चीनको उच्च सार्वजनिक स्वास्थ्य अधिकारीले सन् २०१५ मा लेखेको सार्स भाइरससम्बन्धी गोप्य पत्र पाएको थियो । सार्स भाइरस गोप्यरूपमा नयाँ भाइरस अस्त्र बनाएर निकालिएको हो, त्यसबारे चीनको के कस्तो प्रतिक्रिया छ ?
अमेरिकाले फेरि महामारीको उद्गमस्थल चीनमाथि राख्न खोजेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले तत्काल तीनबुँदे प्रतिकृया दिनुभयो, एक, अमेरिकाले उठाएको उक्त पत्र सैनिकको गोप्य पत्र होइन, सार्वजनिकरूपमा प्रकाशित पुस्तक हो । दुई, चीनले जैविक हतियार निषेध सन्धिमा अडिग रहँदै जैविक प्रयोगशालाको सुरक्षासम्बन्धी कानुन, नियम, व्यवस्थापन प्रणालीको स्थापना गरेको छ । तीन, उक्त पुस्तकले अमेरिकाका पूर्व वायुसेना कर्नेल काइकल आन्स्कोभको अध्ययनलाई उद्धृत गरी अर्को पुस्ता जैविक हतियार अमेरिकी वायु सेनाको कार्यक्रममध्येको एक भाग भएको उल्लेख गरेको छ ।
चीनलाई बदनाम गर्न खोजेको अमेरिकाले आफ्नै खुट्टामा वञ्चरो हानेको छ ।
सन् २०१९ को जुलाइमा फोर्ट डेट्रिकमा पर्ने अमेरिकी स्थलसेनाको सङ्क्रमण चिकित्सा प्रतिष्ठान बन्द गराइएको थियो । यो जापानले चीनमा किटाणु युद्ध चलाएपछि निर्माण गरेको गोप्य जैविक अध्ययन प्रयोगशाला हो । त्यहाँ दिमाग नियन्त्रण योजनालगायत जैविक परीक्षण गरिन्छ र यहाँबाट एन्थ्रेक्स चुहावटलगायत विभिन्न सुरक्षा दुर्घटना भएका छन् र अमेरिकी सीडीसीबाट ‘गम्भीरतापूर्वक’ अपमानजनक लेबल लगाइएको छ । तर, राष्ट्रिय सुरक्षाको कारणले अरू सूचनाको सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।
सन् २०१९ को अगष्टमा ठुलो मात्राको फ्लु अमेरिकामा फैलिएको थियो, यसबाट १० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।
सन् २०१९ को अक्टोबरमा अमेरिकी सीआइएका उप–प्रमुखको नेतृत्वमा त्ेन्ट २०१–ग्लोबल सङ्क्रमण रोग अभ्यासको आयोजना भएको थियो ।
सन् २०१९ को नोभेम्बरमा चीनमा अनपेक्षित न्युमोनिया देखिएको थियो भने सन २०२० को फेब्रुअरीमा विश्वमा महामारी फैलिन थालेको थियो ।
सन् २०२० को मार्चमा फोर्ट डेट्रिक बन्द भएको अङ्ग्रेजी समाचारहरू ठुलो मात्रामा डिलिट गरेका छन् । तीमध्ये त्ेन्ट २०१–ग्लोबल सङ्क्रमण रोग अभ्यासको स्क्रिप्ट र त्यसपछि फैलिएको कोभिड–१९ महामारीको अवस्थाबीच निकै समान देखिएकोले अन्तर्राष्ट्रिय समूहको निरन्तर ध्यान तानिएको छ । इन्टरनेट प्रयोगकर्ताले पनि प्रश्न उठाएको छ कि साँच्चिकै संयोग हो त ? त्ेन्ट २०१ भएपछि कोभिड–१९ महामारी फैलिन थाल्यो ? तिनीहरूसँग स्क्रिप्ट रहेको जस्तो लाग्यो ।
धेरै सूचना नखुलेको अवस्थामा हामीले गैरजिम्मेवारपूर्वक निष्कर्ष निकाल्नु हुँदैन । महामारीको उद्गमस्थल अमेरिका हो कि होइन भन्ने थाहा छैन तर अमेरिकाको कारण महामारी नियन्त्रण विफल भएको छ । विश्वमा सबैभन्दा बलियो मुलुक अमेरिकाले तुरून्तै सार्वजनिक गर्नुपर्ने सूचनाहरू सार्वजनिक गर्ने, शेयर गर्नुपर्ने स्रोत शेयर गर्ने तथा जिम्मा लिनुपर्ने कुराको जिम्मा लिनुपर्छ ।
स्रोतः सीआरआई
Leave a Reply