भर्खरै :

समाज परिवर्तनको लागि जागरण आवश्यक

विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०३ औँ जन्म जयन्तीको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा अनलाइन प्रविधिको माध्यमबाट एक प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले मानव समाजको विकासक्रमबारे चर्चा गर्दै समाज परिवर्तन र वैज्ञानिक समाजवादको बाटोमा लाग्नुपर्ने बताउनुभयो । सत्तासीन कम्युनिस्ट पार्टीहरू पुँजीपति वर्गको पक्षधर रहेको उल्लेख गर्दै उहाँले दलगत स्वार्थमा लागेर देशको विकास असम्भव छ भन्नुभयो ।
सांसद सुवालले कोभिडको नियन्त्रण र सुरक्षामा सरकारले उचित सयममा सही निर्णय लिन नसकेको कारण सङ्क्रमण बढ्दै गएकोले सङ्क्रमबाट जोगिन जनता आफै चनाखो हुनुपर्ने स्थिति देखिएको बताउनुभयो ।
नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजू, नेक्राशिङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *