साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
घरघरमा ग्यास पु¥याउने वाचा गरेका प्रधानमन्त्री केपी ओलीले अस्पतालमा पर्याप्त अक्सिजन पनि उपलब्ध गराउन सकेनन् । अस्पताल अस्पतालमा अक्सिजनको अभावमा नेपालीहरूको ज्यान गइरहेको छ । अक्सिजन, शय्या, भेन्टीलेटर, औषधि तथा अन्य स्वास्थ्य सेवा सामग्री उपलब्ध नभएकै कारण अस्पतालले भर्ना लिने कामसमेत छोडेको छ । धापासिस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको छ । अक्सिजनकै अभाव भएकोले कोरोना पीडितहरूको मृत्यु भइरहेको खबर छापामा आइरहेको छ । बुटवल र भैरहवामा मात्रै अक्सिजन नभएरै झन्डै एक दर्जनको ज्यान गएको थियो । ‘अक्सिजन नपाएर १४ को मृत्यु’, ‘अक्सिजन अभावले उपचारमा बाधा’, ‘अक्सिजन रोकिँदा ८ को मृत्यु’, ‘अक्सिजन अभाव भएपछि ग्रान्डीले नयाँ बिरामी नलिने’ आदि पत्रिकामा छापेको समाचारले पनि अस्पतालमा सरकारले आवश्यक अक्सिजन पु¥याउन नसकेको थाहा हुन्छ ।
अक्सिजन सकिँदै छ, आउनुपर्ने अक्सिजन समयमा आइपुगेन, एकाएक अक्सिजन सकियो, अक्सिजन आपूर्ति रोकियो, बिरामीहरू छपटाउन थाले, अक्सिजन अक्सिजन भन्दा भन्दै बिरामीले ज्यान छोडे जस्ता दुःखद अभिव्यक्ति अस्पतालमा रहेका कोरोना पीडित र बिरामी कुरुवाहरूले व्यक्त गरिरहेका छन् । यो व्यथा र पीडाको आक्रोशित अभिव्यक्ति हो । सरकार र सरकारको नेतृत्व गर्ने सत्तासीन दलका नेताहरूलाई कोरोनाले च्यापेपछि सास फेर्न गा¥हो हुन्छ भन्ने थाहा छ । तर, अक्सिजनको अभावले मानिसहरू मर्न थालेको खबर प्रकाशमा आए पनि सरकार अझै संवेदनशील देखिएन ।
नेपाल पनि कोरोनाबाट पीडित देश हो । वर्ष दिनअघि नै सरकारले अक्सिजनको आवश्यक व्यवस्था गर्नुपर्ने हो । तर, प्रम ओलीले अक्सिजन आपूर्ति गर्नेतर्फ ध्यानै नदिई प्रम ओलीले बेसार पानी नै मुख्य औषधि ठानेर नेपालीलाई सन्देश बाँडिरहे । सबै विषयमा जानकार भएका, बुझेका महसुस गर्ने प्रम ओलीले कोरोना रोगीलाई अक्सिजन आवश्यक हुन्छ, अक्सिजन आपूर्ति गर्नुपर्छ भन्ने कुरा कसरी भुले ? यसले प्रम ओली दूरदर्शी नभएको सङ्केत गर्छ । देशमा युगै युगको विकास गर्ने मनोकाङ्क्षा बोकेका ओलीले अक्सिजन पनि आपूर्ति गर्न सकेनन् । के यो नेपाल र नेपालीको निम्ति दुर्भाग्यको विषय होइन ? अरू मुलुकमा जस्तो कोरोना पीडितहरूको सङ्ख्या बढे त यहाँ मानिसहरू कीरा फट्याङ्ग्रा मरेजस्तै मर्न बेर लाग्दैन । त्यस्तो बेला नेपाल र नेपालीहरूको हालत के होला ?
Leave a Reply