भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
बुुटवल, १ जेठ । लुुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा. नन्दुु पाठकले फन्टलाइनरहरूलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताउनुभयो ।
शनिबार नेपाल पत्रकार महासङ्घ रूपन्देहीले आयोजना गरेको भर्चुअल संवादमा डा. पाठकले फिल्डमा खट्ने पत्रकारहरूले डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुन–पानीले पटक–पटक हात धुुने कार्य अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गरी खुला कोठामा बसेर काम गर्न सञ्चारकर्मीहरूलाई सुझाव दिँदै डा. पाठकले कोभिड–१९ सङ्क्रमण रोकथाम गर्न भ्याक्सिनको बिकल्प छैन भन्नुभयो ।
कोभिड–१९ सङ्क्रमणबाट मुक्तिको लागि सङ्घर्षरत नेपाल पत्रकार महासङ्घ रूपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेले खाना नै कोरोनालाई जित्ने उपाय रहेको अनुभव सुनाउनुभयो । छैठौँ दिनदेखि दसौँ दिनसम्म कोरोना भाइरसले सा¥है सताएको र चिकित्सकहरूको प्रत्यक्ष संवाद तथा जसरी पनि जित्छु भन्ने आत्मबलकै कारण आफूमा सुधार आएको चर्चा गर्दै पूर्वअध्यक्ष घिमिरेले आफूलाई भएको समस्या प्रस्टरूपमा चिकित्सकलाई बताउँदा सही उपचार पाइन्छ भन्नुभयो ।
आफूले पहिलादेखि नै जडिबुटी लिँदै आएको भए पनि चिकित्सककै औषधिबाट बचाएको अनुभव व्यक्त गर्दै पूर्वअध्यक्ष घिमिरेले मानिसहरूको आफ्नै लापरबाहीले गर्दा सङ्क्रमण बढेको बताउनुभयो । अभाव र अव्यवस्थापनका कारण मृत्यु बढेको समाचारले राज्यलाई दबाब दिने भए पनि सङ्क्रमितहरूलाई झन् मर्माहत बनाउने गरेको उल्लेख गर्दै पूर्वअध्यक्ष घिमिरेले अब सञ्चारकर्मीहरूले बिरामीमुखी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीबाट जोगिन र राज्यलाई जिम्मेवार बनाउन जनतालाई सही सूूचना दिनुपर्ने बताउनुभयो । महासङ्घ रूपन्देहीका निवर्तमान उपाध्यक्ष निरू गौतमले कामदार पत्रकारहरूले कस्तो जोखिम मोलेर समाचार सङ्कलन गरिरहेका छन् ? कसरी थप सुरक्षित बनाउन सकिन्छ ? भनी सञ्चार गृहहरू जिम्मेवार हुनुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल, केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, रूपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली, प्रदेश उपाध्यक्ष शुुक्रऋकषि चौलागाइँ, लुुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रकाशन तथा प्रसारण समाज रूपन्देहीका अध्यक्ष नवराज कुुँवर, प्रेस युुनियन रूपन्देहीका सभापति रेखा भुसाल, लुुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, रीमा बीसी, डीबी सुुस्लिङ, टीआर शर्माले पेशागत सुुरक्षातर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ, रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव विनोद परियारले पनि बोल्नुभएको थियो ।.
Leave a Reply