भर्खरै :

आस्थाको अनलाइन कविता गोष्ठी

भक्तपुर, १ जेठ । आस्था सांस्कृतिक परिवारको आयोजनामा शनिबार अनलाइनमार्फत ‘टाइम फर पोयम’ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले साहित्यले बहुसङ्ख्यक जनता र युगको प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो, “साहित्य केवल साहित्यकार बन्नको निम्ति नभई जनताको सेवाको निम्ति हुनुपर्छ”, उहाँले भन्नुभयो ।
सरकारको गैरजिम्मेवारी र लापरबाहीका कारण कोभिडको महामारीमा जनताले मानवीय क्षति व्यहोर्न बाध्य भएको धारणा केन्द्रीय सदस्य गोसाईँले राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव रमेश प्रजापतिले प्रगतिशील साहित्य खोजी खोजी अध्ययन गर्नुपर्ने र सोबारे नियमित अन्तरक्रिया तथा छलफल चलाउनुपर्ने आवश्यकता औँल्याउँदै साहित्यमा पनि वर्ग हुने धारणा राख्नुभयो ।
प्रवीण लाखाजूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेक्राविसङ्घका मनिष गोरा, सुशील महर्जन र पल्पसा रञ्जितकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा १५ जना स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *