नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
गाजा, १५ मे । बितेका ६ दिन इजरायली सेना र हमास नेतृत्वको सशस्त्र समूहबीच सशस्त्र द्वन्द्व चर्किरहेको छ । द्वन्द्वमा १२० जना भन्दा बढी प्यालेस्टाइनीको निधन भएको छ भने इजरायलको तर्फबाट मर्नेको सङ्ख्या दस पुगेको छ । सन् २०१४ मा दुई पक्षबीच भएको लडाइँ यता अहिले सबभन्दा भीषण लडाइँ भइरहेको छ ।
दुई पक्षबीच जस्तालाई तस्तैको हिसाबमा गोलाबारी भइरहेको छ । द्वन्द्वको सम्भावना अझ बढ्दै गएको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मध्यस्थताको प्रयासले खासै परिणाम दिन सकेको छैन ।
यतिबेला अन्तर्राष्ट्रिय समुदाय गाजापट्टीमाथि नियन्त्रण कायम राखेको इस्लामिक हमास आन्दोलनविरूद्ध इजरायलले स्थलसेना प्रयोग गरेर हमला गर्छ वा गर्दैन भन्ने विषयमा चिन्तित छ ।
विश्लेषकहरूले त्यसो भए लडाइँले ठुलो मूल्य चुकाउनुपर्ने र त्यसै पनि महामारी र धिमा अर्थतन्त्रले खराब अवस्था भोगिरहेको संसारले अर्को ठुलो अस्थिरता भोग्नुपर्ने चेतावनी दिएका छन् ।
बढ्दो सशस्त्र हिंसा
शनिबार इजरायलका रक्षामन्त्री बेनी गान्जले सीमा क्षेत्रमा थप सेना परिचालन गर्न आदेश दिएपछि गाजापट्टीसँगको सीमा क्षेत्रमा थप ट्याङ्क र थल सेना तैनाथ गरिएको थियो ।
मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनी र इजरायली सेनाबीच बितेका चार सातादेखि पूर्वी जेरूसेलममा चलेको द्वन्द्वले नै अहिलेको तनाव सिर्जना गरेको हो । पूर्वी जेरूसेलम नजिकको शेख जरा सहरमा प्यालेस्टाइनी परिवारलाई इजरायलीहरूले घरबाट निकाल्न थालेपछि अवस्था थप तनावपूर्ण बन्दै गएको हो ।
हमासले इजरायललाई अल–अक्सा मस्जिदबाट आफ्ना सशस्त्र बल हटाउन समय हद घोषणा गरेपछि मे १० को दिन स्थानीय समयअनुसार साँझ ६ बजेबाट दुई पक्षीय लडाइँले उग्र रूप लिन थालेको थियो । त्यो दिन मस्जिदमा इजरायली प्रहरी र प्यालेस्टाइनीहरूबीच भएको भीडन्तमा सयौँ प्यालेस्टाइनीको निधन भएको थियो ।
शुक्रबार रातभर र बिहानसम्म इजरायली लडाकू विमानहरूले गाजापट्टीमा हवाई हमला गरेको थियो । गाजापट्टीको पश्चिममा भएको हमलामा परी पाँच तल्लाको एउटा भवन ध्वस्त भएको थियो । सो भवनमा हमासको बैङ्कको कार्यालय रहेको इजरायली सैनिक प्रवक्ताले भनेका छन् ।
इजरायली सेनाले हमासका चौकीहरूमा पनि हमला गरेको र हमलामा १६० वटा युद्धक जेट विमान, हतियार र ट्याङ्कहरू प्रयोग भएको बताएका छन् ।
रातभर र शुक्रबार बिहानसम्ममा १५० वटा निशानामा हमला गरेको र अधिकांश निशाना भूमिगत रहेको बताइएको छ । इजरायलमाथि रकेट हमला गरेका विद्रोहीहरूलाई इजरायलको हमला जारी रहने उसले बताएको छ ।
शुक्रबार राति सिरियाबाट उत्तरी इजरायलमा तीन वटा रकेट हमला भएको इजरायली सेनाले बताएको छ । तीनमध्ये एउटा रकेट भने सिरियाली भूभागमै खसेको र अरू दुई वटा खुला चौरमा खसेकोले कुनै क्षति वा घाइते नभएको बताइएको छ ।
हमास र इस्लामिक जिहादी सशस्त्र लडाकूहरूले पनि आफ्ना लडाकूहरूले इजरायलतिर रकेट हमला गरेको बताएका छन् ।
हमासको सैनिक सङ्गठन अल–कसाम ब्रिगेडले मस्जिदमा इजरायलले ‘सर्वसाधारणलाई निशाना’ बनाएको जवाफमा इजरायली सहर अस्केलनमा एक सय वटा रकेट हमला गरेको जिम्मेवारी लिएको छ ।
इस्लामिक जिहादको सशस्त्र समूह अल–कुड्स बिग्रेडले पनि आफ्ना लडाकूहरूले दक्षिणी तथा मध्य इजरायलका सहरहरूमा सघन हमला गरेको बताएको छ ।
संयुक्त राष्ट्र सङ्घको संयुक्त मध्यस्थता
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले शुक्रबार इजरायल–प्यालेस्टाइन द्वन्द्वमाथि संयुक्त सुरक्षा परिषद्को बैठक आमन्त्रण गरेका छन् । उनले बहुपक्षीय सहकार्य नभएकोमा दुःख व्यक्त गरे ।
इजरायल–प्यालेस्टाइनबीच चालु तनावबारे सुरक्षा परिषद्को आइतबार बस्ने आकस्मिक बैठकबारे राष्ट्र सङ्घका महासचिव गुटरेजका प्रवक्ता स्टेफान डुजारिकले भने, “हामीले द्वन्द्व अन्त्य गर्न बलियो र एकीकृत आवाज, निर्ममताको अन्त्य र सबै पक्ष यो लगातार चलिरहेको द्वन्द्वको राजनीतिक समाधानको खोजीमा लागोस् भन्ने चाहन्छौँ ।”
सुरक्षा परिषद्को एक जना सदस्यले इजरायल–प्यालेस्टाइन तनावबारे शुक्रबारको लागि प्रस्तावित बैठक रोक्न गरेको आग्रह टिप्पणी गर्दै डुजारिकले राष्ट्र सङ्घका महासचिव बहुपक्षवादको पक्षमा रहेको भन्दै महामारीको समयमा जस्तो सबै पक्षबीचको सहकार्य आवश्यक भएकोमा जोड दिए ।
Leave a Reply