अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आरआईए नोभोस्टीले हालै एउटा लेख प्रकाशित गर्दै चीनले विदेशी पुँजी भित्र्याउने प्रक्रियालाई निरन्तर जारी हुने उल्लेख गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मे १३ सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चालू वर्षको अघिल्ला चार महिनामा चीनले विदेशी पुँजीको लगानीद्वारा सञ्चालित नयाँ १४ हजार ५३३ वटा उद्योग–व्यवसाय भित्र्याएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ५०.२ प्रतिशतले बढी हो र सन् २०१९ को सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
चालू वर्षको अघिल्लो चार महिनामा चीनले उच्च विज्ञान तथा प्रविधि व्यवसायमा भित्र्याएको विदेशी पुँजी गत वर्षको सोही अवधिको तुलनामा २९.१ प्रतिशतले बढी छ । आर्थिक सहयोग तथा विकास सङ्गठनले हाल सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा विश्वको एफडीआई अर्थात् विदेशी प्रत्यक्ष लगानी घटेर पन्ध्र वर्षयता न्यूनतम बिन्दुमा पुगेको थियो । चीन अमेरिकालाई पछि पारेर विश्वको पहिलो ठुलो लगानी गन्तव्य बनेको छ । यसबाट चीनको बजारको आकर्षण बढेको छ ।
चीनको व्यवसायको समग्र श्रृङ्खला, वैज्ञानिक तथा प्राविधिक नवीकरण क्षमता, सहुलियत परिवहन प्रणाली र प्रशस्त जनस्रोत तथा साधन रहनु नै चीनमा विदेशी पुँजीको भित्रनुको प्रमुख कारण हो । यसले विदेशी उद्योग–व्यवसायको लागत घटाउनुका साथै आर्थिक विकासमा नवप्रवर्तन शक्ति थप्नेछ ।
१ अर्ब ४० करोड जनसङ्ख्या रहेको उपभोग बजार चीनको अर्थतन्त्रलाई अगाडि बढाउने सबैभन्दा महत्वपूर्ण शक्ति बनेको छ । महामारीबाट असर परेको सन् २०२० मा चीनको वाणिज्य मन्त्रालयको अध्ययनअनुसार चीनमा अवस्थित ६० प्रतिशत विदेशी उद्योग–व्यवसायहरूको कारोबार आम्दानी र नाफामा वृद्धि भएको छ ।
अमेरिकी जनरल इलेक्ट्रिकअन्तर्गत चीन क्षेत्रका उपमहाप्रबन्धक छङ रूङशङले चीनको ‘चौधौँ पञ्चवर्षीय योजना कार्यान्वयन हुनुका साथसाथै चीनको बजार अझै ठूलो बन्ने र चीनसितको सहकार्य अझै गहिरो हुने बताउनुभयो ।
विश्वमा कोरोना भाइरस महामारी र आर्थिक पुनरूत्थानको भविष्य अनिश्चित छ । विदेशी पुँजी भित्र्याउने क्षेत्रमा चीनलाई सधैँ चुनौती छ । तर, यसबाट चीनसँग सम्बन्ध विच्छेद गर्ने भनाइ हास्यास्पद छ ।– सीआरआई
Leave a Reply