नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
इजरायल र प्यालिस्टाइनबीचको द्वन्द्व पछिल्लो समय अझ उत्कर्षमा पुगेको छ । द्वन्द्वमा हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । मर्नेहरू प्रायशः प्यालेस्टाइनका छन् । अहिलेको द्वन्द्व सन् २०१४ मा भएको गाजा युद्धयता दुई पक्षबीचको सबभन्दा खराब हिंसा बन्दै छ । द्वन्द्व तत्काल मत्थर बनाउनुपर्नेमा संरा अमेरिकाले खेलेको बाधक भूमिकाको अन्तर्राष्ट्रिय समुदायमा आलोचना भइरहेको छ । संरा अमेरिका आफूलाई विश्वको नेता ठान्छ । तर, उसको यस्तो व्यवहारले संसारको नेतृत्व गर्न उसको नैतिक कमजोरी प्रस्ट भएको छ ।
संरा अमेरिकी बाधा
इजरायल–प्यालेस्टाइनबीचको द्वन्द्वमा संरा अमेरिकाले लामो समयदेखि समाधानको बाधकको भूमिका खेल्दै आएको छ । आजसम्मका संरा अमेरिकी सरकारहरूले कुरा त ठुलठुलै गर्ने गरेका छन् । तर, वास्तवमा व्यवहारिक र दिगो शान्ति सम्झौताको निम्ति उसले पटक पटक आधा मनले भूमिका खेल्दै आएको छ ।
पूर्व जेरुसेलाममा सबै पक्षलाई संयमको लागि आह्वान गर्दै गत मे १२ मा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले तयार गरेको संयुक्त वक्तव्य पारित नगराउन संरा अमेरिकाले विशेषाधिकार नै प्रयोग ग¥यो । यो संसारको लागि दुःखद् कुरा हो । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदका पन्ध्र सदस्यमध्ये संरा अमेरिका एक्लैले मात्र सो कदमको विरोध गरेको थियो । उसले गत शुक्रबार सो विषयमा हुने तय भएको सुरक्षा परिषद्को बैठकसमेत रोक्यो ।
संरा अमेरिकाले विशेषतः सक्रियतापूर्वक इजरायल पक्षीय धारणा राख्दै आएको छ । संरा अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश सचिव एन्थोनी ब्लिन्केनले हतार हतार इजरायलको ‘आफ्नो आत्मरक्षा गर्ने अधिकार’ को समर्थन ग¥यो । तर, प्रष्टतः प्यालेस्टाइनी जनताले भोगिरहेका समस्याको बेवास्ता ग¥यो । प्यालेस्टाइनी जनताको मूल्यमा इजरायललाई संरा अमेरिकाले गरेको एकपक्षीय समर्थनले संरा अमेरिकाले कसरी विश्व मञ्चमा दोहोरो मापदण्ड लागु गरिरहेको छ र मानव अधिकारको यस्तो व्यापक उल्लङ्घनप्रति ऊ कति निरपेक्ष बसेको छ भन्ने कुरा उजागर गरेको छ । शान्तिको लागि संयुक्त राष्ट्र सङ्घको सामूहिक पहलमा संरा अमेरिकी बाधाले बहुपक्षवाद अङ्गाल्ने बाइडेन सरकारको पाखण्ड उजागर गर्नुका साथै संरा अमेरिकी विदेश नीतिको जन्मजात एकपक्षतावादी चरित्र उजागर गरेको छ ।
संरा अमेरिकी हिसाबकिताब
यो मानवीय सङ्कट समाधानको लागि अन्तर्राष्ट्रिय समुदायको प्रयासको विरोधमा संरा अमेरिका उभिनु उसको आक्रामकता हो । तर, बाइडेन सरकारले आफ्नो आन्तरिक र बाह्य अवस्था दुवैलाई ध्यानमा राखी चालेको यो रणनीतिक कदम तर्कसङ्गत छ ।
संरा अमेरिकाभित्र इजरायल पक्षधर धारणा ‘राजनीतिक रूपमा सही’ हुँदै आएको छ । संरा अमेरिकी राजनीतिमा इजरायल पक्षधर स्वार्थ समूहको बलियो प्रभाव छ । इजरायल–अरब द्वन्द्वमा तुलनात्मकरूपमा सन्तुलित धारणाले संरा अमेरिकाका लोप्पा खाने अवस्था छ । वाशिङ्टन डीसीको राजनीतिक वातावरण यति दुषित भइरहेको छ, त्यहाँ दुई शासक दलबीचको तानातानमा जायज निर्णय नै छायाँमा पर्ने गर्छ । इजरायल पक्षधर धारणा राखेर बाइडेन सरकार अमेरिकाको रिपब्लिकन पार्टीलाई मसला दिने पक्षमा छैनन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि इजरायल–प्यालेस्टाइन द्वन्द्वमा पक्ष लिंदा संरा अमेरिकाले नै विशेष महत्व राख्ने गरेको छ । लामो समयदेखि मध्यपूर्वमा संरा अमेरिकी रणनीतिलाई कुनै पनि देश वा समूहले चुनौती दिन सकेको छैन । बाइडेन सरकारले आफ्नो ध्यान एसिया प्रशान्त क्षेत्रमा केन्द्रित गरेको छ । तर, त्यसो गर्दै गर्दा संसारका अरू कुनै पनि हिस्सामा आफ्नो अनुपस्थितिको फाइदा कुनै आफ्नो प्रतिकूलताको शक्तिले लिन नपाओस् भन्नेमा ऊ सदैव सजग छ । त्यसकारण आफ्नो पुरानो प्रभुत्ववाद सो क्षेत्रमा कायम राख्न आफ्नो साझेदार देशलाई समर्थन गर्नु संरा अमेरिकी स्वार्थ अनुकूल छ ।
यदि अहिलेको सङ्कट नियन्त्रण बाहिर गए त्यसले गम्भीर मानवीय सङ्कट निम्त्याउन सक्छ । शरणार्थी समस्या बढे बढ्दो कोभिड–१९ महामारी नियन्त्रण अझ जटिल बनाउनेछ । त्यसले आतङ्कवादको लागि मलिलो आधार तयार गर्नुका साथै मध्यपूर्व र सिङ्गो विश्वकै अस्थिरता फैलाउनेछ ।
अहिले, अन्तर्राष्ट्रिय समुदाय अग्रसर भएर लडाइँ अन्त्यको समाधान निकालिनुपर्छ । दुई पक्षबीचको शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न व्यवहारिक ‘दुई–राज्य समाधान’ तिर सबै सम्बन्धित पक्ष लाग्नुपर्छ । यो दुई राष्ट्रको निम्ति मात्र नभई सिङ्गो संसारकै लागि अपरिहार्य छ ।
अन्तर्राष्ट्रिय समुदायको दबाबको कारण संरा अमेरिकाले यो विषयमा अर्को साता संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा खुला बैठक आयोजना गर्ने पक्षमा जान सक्छ । यद्यपि, उसको लक्ष्य भनेको तत्काल समाधानको उपाय खोज्नुभन्दा युद्धभूमिमा इजरायली पक्षलाई अझ बलियो बनाउनु हो । संरा अमेरिकाले अहिले एउटा खतरनाक खेल खेलिरहेको छ किनभने संयुक्त राष्ट्र सङ्घले तत्कालै कुनै कदम नचाल्नुको अर्थ थप रक्तपात मच्चाउनु वा लम्ब्याउनु हुनेछ ।
संरा अमेरिकी गैरजिम्मेवारी
संरा अमेरिकी सरकारको गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र स्थायित्वलाई जोखिममा पारेको छ ।
सबभन्दा पहिलो त इजरायललाई आँखा चिम्लेर समर्थन गर्ने र प्यालेस्टाइनी जनताप्रति सद्भावको कमीले संरा अमेरिकाको नैतिक क्षयीकरण उजागर गरेको छ । त्यसले इजरायलीहरूलाई थप आक्रामक बनाएको छ भने प्यालेस्टाइनी जनताको दुःख बढाएको छ । परिणामतः दुवै पक्षबीचको लडाइँलाई अझ चर्काएको छ र अरब–इजरायल शान्ति प्रक्रियालाई बिथोलेको छ ।
दोस्रो, यसले साम्प्रदायिक घृणा अझ बढाउनुका साथै धार्मिक विभाजन अझ गहिरो बनाउनेछ । इजरायलभरि यहुदी र अरब जनताबीच हिंसात्मक द्वन्द्व बढाइरहेको छ । दुई समुदायबीच सद्भाव झन् क्षीण बनाएको छ । त्यहाँको द्वन्द्वले सो क्षेत्रका अन्य छिमेकी अरब देशलाई समेत युद्धको भुमरीमा तान्न सक्छ ।
अन्त्यमा, यदि अहिलेको सङ्कट नियन्त्रण बाहिर गए त्यसले गम्भीर मानवीय सङ्कट निम्त्याउन सक्छ । शरणार्थी समस्या बढे बढ्दो कोभिड–१९ महामारी नियन्त्रण अझ जटिल बनाउनेछ । त्यसले आतङ्कवादको लागि मलिलो आधार तयार गर्नुका साथै मध्यपूर्व र सिङ्गो विश्वकै अस्थिरता फैलाउनेछ ।
अहिले, अन्तर्राष्ट्रिय समुदाय अग्रसर भएर लडाइँ अन्त्यको समाधान निकालिनुपर्छ । दुई पक्षबीचको शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न व्यवहारिक ‘दुई–राज्य समाधान’ तिर सबै सम्बन्धित पक्ष लाग्नुपर्छ । यो दुई राष्ट्रको निम्ति मात्र नभई सिङ्गो संसारकै लागि अपरिहार्य छ ।
(लेखक चीन अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत अमेरिकी अध्ययन विभागका सहायक अध्येता हुनुहुन्छ । उनले चीनको परराष्ट्र विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गर्नुभएको छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद :सुमन
Leave a Reply