भर्खरै :

कोरोना सङ्क्रमणबाट भक्तपुरमा दस र दाङमा नौको मृत्यु

भक्तपुर, ३ जेठ । कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार एकैदिन भक्तपुरका दस कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले सोमबार तिनीहरूको मृत्यु भएको जानकारी दिनुभयो ।
सूर्यविनायकको नेपाली सेनाको इन्द बक्स गणले शव सङ्कलन गरेर दाहसंस्कार गरेको छ ।
दाङमा भने कोरोनाबाट सोमबार नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीन–तीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोतव्यक्ति कमल चन्दले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *