सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बुटवल, ३ जेठ । रूपन्देहीका अस्पतालहरूको मागअनुसार अक्सिजन आपूर्ति हुन नसक्दा कोभिड–१९ का बिरामीहरूको लागि आइसीयू र भेन्टिलेटरसहितका थप बेड थप्ने र थप निजी अस्पतालहरूबाट सेवा दिने प्रतिबद्धता कुरामा मात्र सीमित भएको छ ।
कोभिड–१९ को दोस्रो लहरले लुम्बिनीको बाँकेपछि रूपन्देहीलाई गाँज्यो । रूपन्देहीका अस्पतालमा उपलब्ध बेड वा क्षमताभन्दा बढी कोरोना सङ्क्रमित ओइरिन थाले । सङ्क्रमित बिरामीहरूमा जटिल खालका समस्याहरू देखापर्न थालेपछि आर्थिकरूपमा सक्ने बिरामीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो । कति बिरामीहरू स्थलमार्गबाटै चितवन र काठमाडौँ लगिए । बेडको अभावको कारण अस्पतालको प्राङ्गणमा रोकिएको एम्बुलेन्समै बिरामीहरू मर्न थाले । अक्सिजनभन्दा सिलिन्डरकै अभाव भएको चर्चा भयो । औद्योगिक प्रयोजनका लागि राखिएका सिलिन्डरहरूको खोजी भयो । बुटवल उपमहानगरपालिकाले अक्सिजन बैङ्क खोल्यो ।
यसै क्रममा एमालेका प्रदेश सांसद विष्णु पन्थीले बुटवल ११ कालिकानगर अवस्थित आइसीयू बेडसहित चौहारा हस्पिटललाई कोभिड हस्पिटलमा रूपान्तरण गर्न आवश्यक अक्सिजन आफूले व्यवस्थापन गर्ने आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्नुभयो । बुटवल १३ जितगढी अवस्थित स्वास्थ्य तथा प्राविधिक कक्षा सञ्चालन हुने जनता देउराली प्राविधिक शिक्षालयमा पनि आइसीयू १० वटा बेडसहित ५० बेडको अस्पताल एक दुई दिनमै सञ्चालनमा आउने सूचना स्थानीय पत्रकार ऋषि आजादले सार्वजनिक गर्नुभयो । तर, ती दुवै अस्पताल आइतबारसम्म सञ्चालनमा आएका छैनन् । चौराहा हस्पिटलले कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई सेवा दिन नथाले पनि बिरामीका आफन्तहरूले अस्पतालको खोजी गर्न थालेका छन् । अस्पतालको सेवाबारे बारम्बार फोन आउन थालेपछि बुटवल वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले प्रदेश सांसद पन्थीले बिनातयारी उर्दी जारी गर्दा सङ्क्रमित बिरामी झुकेको बताउनुभएको छ । “त्यहाँ बिरामी भर्ना गर्नुप¥यो भनी दिनरात फोन आउँछ । कोरोना सङ्क्रमित बिरामी भर्ना लिएकै छैन । जम्मै बेड खाली छन् । अक्सिजनको जिम्मा लिन्छु लेख्नुभएछ । एउटा सिलिन्डर उपलब्ध गराउनुभएको छैन ।” वडाध्यक्ष क्षेत्री भन्नुहुन्छ ।
गत वैशाख २७ गते लुम्बिनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रहेका १३ वटा आइसीयू र भेन्टिलेटर बेडलाई कोभिड बेडमा रूपान्तरण गर्न तयारी गरिरहेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभएको थियो । अध्यक्ष आलमले कोभिडका बिरामीहरूको लागि अक्सिजन बढी खपत हुने हुँदा दैनिक ३० सिलिन्डर क्षमताको अस्पतालको अक्सिजन प्लान्टले नपुग्ने र कम्तीमा एक सय वटा सिलिन्डर ब्याकअप राख्नुपर्ने प्रस्ट पार्नुभएको थियो । कोभिडका बिरामीको लागि आइसीयू र भेन्टिलेटर सञ्चालन गर्न तयारी गर्न थालेको एक साता बित्दा पनि गौतम बुद्ध अस्पतालमा कोभिडका बिरामीको उपचार सुरु गरिएको छैन । अक्सिजन आपूर्ति सुनिश्चित नभइकन आइसीयू र भेन्टिलेटर सञ्चालन गर्नु झन् जोखिम हुने अध्यक्ष आलम भन्नुहुन्छ । वैशाख २९ गते लुम्बिनी प्रादेशिक अस्पतालको कारोना विशेष अस्पतालका आइसीयूमा उपचाररत ५ जना बिरामी अक्सिजन सकिएरै मृत्यु भएको थियो । भएका अस्पताल र आइसीयूको लागि नै अक्सिजन अभाव भएको बेला मुटु अस्पतालमा सञ्चालनमा रहेका आइसीयू र भेन्टिलेटर कोभिडका लागि रूपान्तरण गर्न नसकिएको बताइन्छ ।
वैशाख २९ गते बुटवलमा आइसीयूमा उपचाररत ५ र भैरहवा ४ गरी अक्सिजन रोकिएरै ९ जना बिरामीको मृत्यु भएपछि सोही दिन सेनाको हवाईजहाजमार्फत ४० वटा सिलिन्डर ल्याइएको थियो । बुटवल उद्योग वाणिज्य सङ्घ, रूपन्देहीका अध्यक्ष उज्ज्वल कसजूले सेना परिचालन गरेर हुन्छ कि विदेशबाट छिट्टै आयात गरेर हुन्छ मान्छेको ज्यान जोगाउन राज्य अघि सर्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घको सहकार्यमा सञ्चालित आम्दा अस्पतालमा कोभिडका बेड थप्ने र आइसीयू सुविधा दिन आवश्यक बन्दोबस्त भइरहेको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको लागि सङ्घले यसअघि सुरु गरेको फोन परामर्शले होम आइसोलेसनमा बसेका बिरामीको लागि ठुलो राहत दिएको लाभग्राहीहरू बताउँछन् । फोन परामर्शबाट जेठ १ गतेसम्ममा ५४ जनाले सेवा लिएको सङ्घले जनाएको छ ।
Leave a Reply