भर्खरै :

अक्सिजन अभावले उपचारमा समस्या

हेटाँैडा, ३ जेठ । मकवानपुरमा एउटा पनि व्यावसायिकरूपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँुदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा सहजै रूपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । बाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि, सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रूपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।
अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिकरूपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डरमात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकोले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिनुभयो  ।
कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरको आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएको छ । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यवस्थापनको लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *