सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरूद्धको लडाइँमा लागिपर्दा पनि सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो ।
उहाँले विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता सामाजिक कार्य र भेला, उद्घाटनजस्ता राजनैतिक कार्यको नाममा हुने ठुला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाउनुभयो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले निषेधाज्ञाको समयमा अझै पनि मानिसहरू आवतजावत ५९ प्रतिशतमात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो ।
जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग सङ्क्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिको लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपी वा खुलमखुला उल्लङ्घन भइरहेको देखिन्छ, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरसविरूद्धको लडाइँ मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताइएको छ ।
मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रूपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ । आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन् । रासस
Leave a Reply