ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीबिच विविध खेलकुद प्रतियोगिता सुरु
- भाद्र २५, २०८३
विश्व विख्यात फुटबल खेलाडी लिओन मेस्सीको आज शुक्रबार विवाह हुँदैछ । उनको विवाह एन्टोनेल्ला रोकुज्जोसँग विवाह हुन लागेको हो । रोकुज्जो मेस्सी सानैदेखिको साथी हुन् । उनीहरुको विवाह अर्जेन्टिनाको रोजारियो शहरमा हुन लागेको हो । रोजारियो रोकुज्जोको गृहनगर हो । उनीहरु दुवै विगत १० वर्षदेखिसँगै बस्दै आएका छन् । तर गएको सालको उत्तर्राद्धमा उनीहरुको विवाह हुन लागेको खबर बाहिर आएको हो ।
मेस्सीको ३० औं जन्म दिन सकिएको मात्र ६ दिनपछि उनीहरुको विवाह हुन लागेको हो । मेस्सी र रोकुज्जोका दुई सन्तान छन्–थिएगो र मातिओ ।
दुई छोराहरुसहित विवाह समारोहमा परिवारका केही सदस्यहरु साथै मेस्सीका निकट केही खेलाडीहरु नेयमार, स्वेराजलगायत पनि सहभागी हुने बताइएको छ । विवाह समारोह तय भएको स्थानमा सुरक्षा कडा गरिएको स्रोतले बताएको छ ।
Leave a Reply