राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, ६ जेठ । नेपालमा कोभिड–१९ सङ्क्रमण अझै भयावह हुने विज्ञहरूको चेतावनी छ । विज्ञहरूले अहिलेको लकडाउनलाई निरन्तरता दिँदै दैनिक ५० हजार पीसीआर र ५० हजार एन्टिजेन परीक्षण गर्न जरूरी रहेको सुझाव दिएका छन् । अहिलेको नयाँ भेरियन्ट निकै आक्रामक भएकोले दैनिक ५–६ सयसम्म सङ्क्रमितको मृत्यु हुने अनुमान विज्ञहरूको छ ।
यो सङ्क्रमणलाई लिएर जेठ ५ गते सर्वोच्च अदालतबाट दुई वटा आदेश जारी भयो । एउटा आदेश थियो, “निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नू–नगराउनू, बन्दाबन्दी पूर्णरूपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू ।” अर्को आदेश थियो, “सङ्क्रमितका लागि पर्याप्त अक्सिजन व्यवस्था गर्नू, स्वास्थ्य विज्ञहरूको सल्लाह सुझाव आवश्यक भएमा छुट्टै संयन्त्र बनाउनू, अस्पतालमा शøया अभाव भएको भए कुनै पनि खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गर्नू ।”
सर्वोच्च अदालतबाट यसअघि काठमाडौँ उपत्यकाको खोला र नदीमा फोहर ढल नजोड्न र सफा राख्नू आदेश भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई प्रदूषण मुक्त बनाउन पनि सर्वोच्च अदालतबाट आदेश भएको थियो । तर, यी कुनै पनि आदेश कार्यान्वयन भएन । यसकारण, जेठ ५ गतेको आदेश पनि कार्यान्वयन हुने अवस्था छैन । सार्वजनिक हितका विषयमा समेत आफ्नो आदेश कार्यान्वयन नभइरहेको तर्फ सर्वोच्च अदालत गम्भीर हुनु जरूरी छ ।
कर दाखिलामा जरिवाना नलिने र समयावधि थप्ने सरकारको निणर््ाय नेपालको अर्थतन्त्रमा मुठ्ठीभरका अर्बपति र खर्बपतिहरूको हितमा छ । महामारीमा मूल्यवृद्धि र कालोबजारी रोकिएको छैन । बुधबार नेप्से परिसूचक २७९३.८९ बाट १३.०९ अङ्कले घटेर २७८०.८१ कायम भयो तर कारोबार सङ्ख्या तथा कारोबार रकम बढेको छ । अङ्क बढेको क्षेत्र उत्पादनमूलक होइन ।
दुई साताअघि परेको असिना पानीले काठमाडौँ उपत्यकाकै ठाउँ–ठाउँको कृषि बालीमा नोक्सान पु¥यायो । इलाममा फौजी कीराको प्रकोपले मकै बाली नोक्सान भइरहेको छ । हुम्लामा एकसय महिला मजदुर यो महामारीको कारण बेरोजगार छन् । दैनिक ज्याला मजदुरी गर्ने र सडक बालबालिका भोकै भएपछि युट्युब पत्रकार सङ्घले राजधानी बैङ्क्वेट वनस्थलीमा निःशुल्क खाना वितरण गर्दै छ । आफूलाई कम्युनिस्ट दाबी गरेका माओवादीको समर्थनमा बनेको एमालेको सरकार तीन वर्षदेखि चालू छ । जनताको स्वास्थ्य, शिक्षा, रोजगारी र आवासको व्यवस्था सामान्य हुन सकेन, यो महामारीको बेला थप के अपेक्षा गर्न सकिन्छ ?
निषेधाज्ञाको बेला मजदुर आउजाउ गराई अत्यावश्यक नभएका टेक्सटायल, प्लास्टिक, निर्माणलगायतका उद्योग सञ्चालन भइरहँदा सर्वसाधारण जनता थप सङ्क्रमित भइरहेका छन् । यो निषेधाज्ञामा उद्योग विभागका महानिर्देशकको साठगाँठमा भक्तपुर औद्योगिक क्षेत्रमा नेपोलगायत टेक्सटायल र प्लास्टिक उद्योग सञ्चालन गराइएको समाचार पुरानो हो । अघिल्लो सङ्क्रमणमा स्वास्थ्य सामग्रीको कालो बजारी बढ्यो । यसपटक अक्सिजन सिलिन्डर, अक्सिजन जेनेरेटरको कालोबजारी भयो । अक्सिजन सिलिन्डर र अक्सिजन उद्योगमा भइरहेको अनियमिततामा उद्योग विभागका महानिर्देशक दोषी छन् ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घटे पनि मृत्युदर बढ्दो छ । मङ्गलबार २४ घण्टामा सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३३४ जना थपिए भने सोमबार २ लाख ६३ हजार थपिएको थियो । एक हप्ताअघि त्यहाँ
दैनिक ४ लाख बढी सङ्क्रमित थपिँदै थियो । बुधबार २४ घण्टामा थप ४५२९ जनाको मृत्यु भयो ।
भारतमा यो महामारी सङ्क्रमण रोकथाम नभएसम्म नेपाल जोखिममा पर्नेछ । किनभने, भारतसँग नेपालको खुला सीमा छ । हालका दिनमा पनि नेपाल–भारत आउजाउ भइरहेको छ । एमाले, नेका, माओवादी पार्टीले नेपाल–भारत खुला सीमा बन्द गर्ने, नेपालीलाई स्वदेशमै रोजगारी दिने, स्वास्थ्य सामग्री र खोप चीन तथा तेस्रो देशबाट अविलम्ब ल्याउने विषय बोलिरहेका छैनन् । यो महामारीमा एमाले पार्टी सरकार जोगाउनेमा र नेका एवम् माओवादी पार्टी एमाले सरकार ढालेर आ–आफ्नो नेतृत्वमा सरकार बनाउने होडबाजीमा छन् । भारतले आगामी अक्टोबर अगाडि खोप निर्यात गर्न नसक्ने र आफ्नो मुलुकको आवश्यकता पहिला पूर्ति गर्ने बताउँदै आएको छ । नेपालको स्वास्थ्य मन्त्रालयका मन्त्री र अधिकारीहरू सङ्क्रमण अहिल्यै अन्त्य नहुने, तेस्रो लहरको जोखिम बढेको बताउने र भारतको अगाडि लम्पसार परेर चीन र तेस्रो देशबाट स्वास्थ्य सामग्री र खोप ल्याउने साहस पनि नगर्ने अवस्थामा छन् । यतिबेला दक्षिण एसियाका अन्य देशहरू पनि भारतबाट खोप र स्वास्थ्य सामग्री ल्याउनेमा केन्द्रित भए धोकामा पर्नेछन् ।
चीनले दैनिक १ करोड ४० लाख जनतालाई सङ्क्रमण रोकथामको खोप दिइरहेको छ । एक दिनमा बढी खोप लगाउने चीन नै विश्वमा पहिलो भयो । भारतले मङ्गलबार एकदिनमा १३ लाख १२ हजार १५५ जनालाई खोप लगायो । नेपालले दुई महिनाअघि रकम भुक्तानी गरिसकेको १० लाख खोपसमेत भारतले अहिलेसम्म पठाएको छैन । चीनमा बाहिरबाट आएका दैनिक १०–१५ जना सङ्क्रमित थपिएका छन् भने चीनभित्रका कोही सङ्क्रमित थपिएको छैन । बङ्गलादेशले चीनबाट खोप खरिद गर्ने निर्णय गरिसक्यो ।
सर्वसाधारण सङ्क्रमितहरू सरकारी अस्पतालको उपचारमा लाखौँ रूपयाँको औषधि किन्नु परेर बिजोग छन् । बर्दिवासको कोभिड–१९ को अस्पतालमा औषधि, उपकरण र चिकित्सक अभाव भई अस्पताल आफै बिरामी हुँदा सङ्क्रमितहरू मृत्युको मुखमा परिरहेका छन् । धौलागिरी अस्पतालमा पनि अक्सिजनको अभाव छ । यस्तो समाचार ‘गोरखापत्र’ दैनिकमा प्रकाशित भइरहेको छैन । निषेधाज्ञामा उद्योग व्यवसाय सञ्चालन गरिएकोले नेपालमा सङ्क्रमित सङ्ख्या र मृत्यु बढेको हो । नेपालमा बुधबार एकै दिन २४६ सङ्क्रमितको मृत्यु भएको थियो भने ८१७३ सङ्क्रमित भएको थियो ।
चीनको सिचुवान प्रान्तीय सरकारले ४ टन मास्क, ४ टन पीपीई, थर्मोमिटरलगायत स्वास्थ्य सामग्री सहयोगस्वरूप पठाएको बुधबार काठमाडौँ पुग्यो । यसअघि पनि चीन सरकारले सिलिन्डरलगायत स्वास्थ्य सामग्री पठाएको थियो । चीनबाट सहयोग प्राप्त यी स्वास्थ्य सामग्री कहाँ छन् ? सरकारले सार्वजनिक गरेको छैन । के भारततर्फ कालोबजारी त भएको होइन ? यो प्रश्न पनि उठिरहेको छ । अन्य कुन कुन देशबाट स्वास्थ्य सामग्री र औषधि सहयोग भयो ? सरकारले पारदर्शी गर्नु जरूरी छ ।
भारतका विज्ञहरूले कोभिड–१९ सङ्क्रमितलाई सङ्क्रमण मुक्त भएको तीन महिनापछि खोप दिनु उपयुक्त हुने र सङ्क्रमितले सङ्क्रमण मुक्त भएको १४ दिनपछि वा खोप लगाएको १४ दिनपछि रक्तदान गर्नसक्ने सिफारिस गरेका छन् । स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाहमा खोप लिनसक्ने तर गर्भवती महिलाका लागि के गर्ने भन्ने विषय अध्ययनमै रहेको बताइन्छ । भारतले कोभिड–१९ भाइरस सङ्क्रमित व्यक्तिले फालेको थुक र सिङ्गान २ मिटर परसम्म पुग्ने र पछि हावामार्फत १० मिटरसम्म फैलिने जोखिम भएको सार्वजनिक ग¥यो । भारतमा तेस्रो लहर सुरू हुने विज्ञहरूको मत सार्वजनिक भइसकेको छ । यसबाट नेपाल सुरक्षित हुने कसरी ?
Leave a Reply