भर्खरै :

धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउने प्रक्रिया सुरु

काठमाडौँ, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधि सभाका सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताको हैसियतमा वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्त केपी शर्मा ओलीले उपधारा ४ अनुसार पदमा नियुक्त भएको तीस दिनभित्र विश्वासको मत प्राप्त गर्न पर्नेमा विकसित राजनीतिक परिस्थिति विश्वासको मत लिन नसकिने भन्दै मीन्त्रपरिषद्को बिहीबार बसेको बैठकले सरकार निर्माणको वैकल्पिक उपायमा जान राष्ट्रपतिसमक्ष आग्रह गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले बिहीबार प्रतिनिधि सभाका सबै सदस्यको नाममा आफ्नो पक्षमा विश्वासको मत रहेको आधार सहित जेठ ७ गते साँझ ५ बजेसम्ममा राष्ट्रपतिसमक्ष पेश गर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ,“राष्ट्रपतिले… विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह«ो राजनीतिक आधार नदेखिएको, वैशाख २७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएकोले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रम नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट जेठ ६ मा निर्णय भएको र सो बमोजिम प्रम नियुक्त प्रक्रिया आरम्भ गर्न प्रमबाट अनुरोध भइआएकोले धारा ७६ को उपधारा ५ बमोजिम प्रम नियुक्त गर्न जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्न धारा ७६ को धारा २ बमोजिम प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *