क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
न्यु योर्क, २० मे । इजरायल र हमासबीच तत्काल युद्धविरामको आह्वान गर्दै जारी हुन लागेको संयुक्त वक्तव्य आइतबार संरा अमेरिकाले रोकेको छ । उसको यस्तो कदमले यही विषयमा बसेको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को तीन वटा आकस्मिक बैठकहरू निष्कर्षविहीन बनेका छन् ।
इजरायल–प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्व कम गर्न आह्वान गर्दै संयुक्त राष्ट्र सङ्घले गत साता दुई पटक प्रस्ताव पारित गर्न खोज्दा संरा अमेरिकाले रोकेको थियो । द्वन्द्वको कारण अहिले सयौँ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै हजाराँै जना घाइते भएका छन् ।
संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार प्यालेस्टाइनको गाजामा हालसम्म २१९ जना प्यालेस्टाइनीहरू मारिएका छन् । तीमध्ये ६३ जना बालबालिका छन् । पश्चिम किनारामा ४ जना बालबालिकासहित २५ जना प्यालेस्टाइनी मारिएका छन् । इजरायली स्रोतअनुसार दुई बालबालिका र सिपाहीसहित १२ जना प्यालेस्टाइनीहरू मारिएका छन् । पश्चिम किनारा र गाजा क्षेत्रमा हजारौँ मानिस घाइते भएका छन् ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहुसँग फोन संवादमा गाजामा हिंसामा ‘उल्लेख्य कमी ल्याउने’ अपेक्षा गरेको बताएका थिए । तर, संरा अमेरिकी सरकारले यसैबीच नै इजरायललाई हतियार बेच्न ७३ करोड ५० लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । जसले गाजा क्षेत्रमा अझ आगो झोस्न टेवा पु¥याएको छ ।
सो कदमको इरानी विदेशमन्त्री मोहम्मद जाभेद जरिफले भत्र्सना गरेका छन् । उनले मङ्गलबार बढ्दो द्वन्द्वबीच संरा अमेरिकाले इजरायललाई हतियार बेचेकोमा खेद जनाउँदै संरा अमेरिकाले अझ धेरै केटाकेटीलाई सहजताका साथ मार्न इजरायललाई हतियार बेचेको बताएका थिए ।
प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग बुधबार कुराकानी गर्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले राष्ट्र सङ्घका विज्ञहरू युद्धविरामको लागि सम्भव सबै उपाय प्रयोग गरिरहेको बताए ।
गुटरेजले अन्तर्राष्ट्रिय कानुनअनुसार न्यायपूर्ण र विस्तृत शान्ति स्थापनाको लागि राजनीतिक बाटो पहिल्याउन अन्तर्राष्ट्रिय समुदायसँग लगातार सम्पर्कमा रहेको बताए ।
संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) का कार्यकारी निर्देशक हेनरिटा फोरले तत्काल युद्धविराम गरी मध्यपूर्वको सङ्कट हल गर्न सहायता पठाउन मार्गप्रशस्त गरिदिन आग्रह गरेकी छिन् ।
“गाजाका १० लाख बालबालिकाहरू सुरक्षाको कुनै पनि ठाउँ नहुने गरी हिंसात्मक द्वन्द्वको उक्लिंदो चौघेरामा फसेका छन् । मानिसहरू मरिरहेका छन् र परिवारहरू विछोडिएका छन्”, उनले भनिन् ।
प्यालेस्टाइन–इजरायल द्वन्द्वको मानवीय अवस्था भयावह बन्दै गएको र निर्ममता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै युरोपेली सङ्घले सबै हिंसा तत्काल रोक्न र युद्धविराम पालना गर्न आग्रह गरे ।
“इजरायल र प्यालेस्टाइनको सुरक्षाको लागि राजनीतिक समाधान चाहिएको छ”, युरोपेली सङ्घको विदेश नीति प्रमुख जोसेफ बोरेलले मङ्गलबारको बैठकमा भने ।
Leave a Reply