तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
- कार्तिक ७, २०८३
काठमाडौँ, ७ जेठ । देशका अधिकांश भूभागमा लगाइएको निषेधाज्ञाका कारण कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको जिकिर गरेका छन् । मुलुकमा निषेधाज्ञा सुरु भएको आज एक महिना पूरा हुँदै गर्दा निषेधको आदेश जारी गर्नुपर्ने आवश्यकता अझै बाँकी रहेको छ । तर सही कार्यान्वयनको पनि उत्तिकै जरुरी छ ।
देशमा गएको वैशाख महिनामा कोरोना सङ्क्रमणमा ठुलो उतारचढाव आयो । बीचमा अक्सिजन र त्यसको सिलिन्डर, भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो । अक्सिजन नपाएर केही सङ्क्रमितको मृत्यु भएको विवरण सार्वजनिक भयो । तर, पछिल्लो समस्या भने सङ्क्रमण दरमा केही कमी देखिनुमा निषेधाज्ञाको महत्वपूर्ण भूमिका रहेको चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम निषेधाज्ञाको पूर्ण पालना गरेको भए अहिले सङ्क्रमण दरमा निकै कमी आउने बताउनुहुन्छ । डा. गौतम आफूबाहेक सबै सङ्क्रमित हो भन्ने सोचेर सावधानी अपनाउने हो भने नियन्त्रणमा कुनै समस्या नहुने जिकिर गर्नुहुन्छ ।
एक महिनाअघि आजैका दिन बाग्लुङ जिल्लाले निश्चित क्षेत्र तोकेर निषेधको आदेश जारी गरेको थियो । त्यहाँको बलेवास्थित नारायणथानको एउटा विद्यालयमा ३९ जना विद्यार्थी र एक शिक्षकमा एक्कासि कोभिड–१९ सङ्क्रमण देखियो । त्यसको जालो च्यात्न भन्दै तत्कालै त्यहाँको स्थानीय प्रशासनले विद्यालय र विद्यालयसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधको आदेश जारी गरेको गर्यो । सङ्क्रमण रोक्न सुरु भएको निषेधाज्ञा सुरु भएको आज एक महिना पुगेको छ ।
बाग्लुङपछि कालिकोटमा वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते थप ४ जनामा देखिएपछि सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै त्यहाँ पनि क्षेत्र तोकेर हिँडडुल गर्न नपाउने गरी आदेश जारी गरिएको थियो ।
बुधबार जेठ ६ गतेको तथ्याङकमा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५४३ जना भने निको भएका छन् । कुल १९० को निधन भएको विवरण सार्वजनिक भएको छ । अघिल्लो महिना वैशाख ६ गते सङ्क्रमित एक हजार २८१ थिए । २५५ निको भएका थिए भने ९ जनाको मृत्यु भएको थियो । तथ्याङ्क हेर्दा मृत्यु र सङ्क्रमण दर एक महिनामा निकै बढेको देखिन्छ । तर निको हुने दर वृद्धि हुनु र सङ्क्रमण दरमा पनि केही कमी हुनुलाई सकारात्मकरूपमा लिइएको छ । निषेधाज्ञाले नै सङ्क्रमणको दर सीमित बनाएको दाबी जनस्वास्थ्यविद्को छ ।
प्रशासनिक अधिकारी पनि निषेध नगरिएको भए थेग्न नसक्ने गरी बिरामीको चाप अस्पतालमा हुने जिकिर गर्छन् । “निषेधाज्ञा नलाइएको भए बिरामी थेग्नै सकिने थिएन, तर सङ्क्रमण बढिरहेकोले कार्यान्वयन तह अझै बलियो बनाउनुपर्ने देखिन्छ”, काडमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्नुहुन्छ । उहाँले अनुगमन गरिररहेको, पक्राउ र कारबाही भइरहे पनि बुझ्नुपर्ने जनताले नबुझिदिँदा समस्या कायमै रहेको बताउनुभयो । सङ्क्रमणले एक्कासि गति लिएपछि काठमाडौँ उपत्यकासहित धेरै जिल्लामा वैशाख १६ गतेबाट भने निषेधाज्ञा लगाउने क्रम एक्कासि बढेको थियो । अहिले मुलुकका ७४ जिल्लामा आदेश जारी भइसकेको छ । मनाङ, खोटाङ र तेह्रथुममा मात्रै आदेश जारी गर्न बाँकी छ । रासस
Leave a Reply