भर्खरै :

बधाई कार्यक्रम सम्पन्न

ख्वप्रिङ्ग इङ्गलिश एकेडेमीबाट एस.ई.ई परिक्षा २०७३ मा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देश दिन व्यवस्थापिका–संसदका सदस्य अनुराधा थापामगरको प्रमुखआतिथ्यमा बधाई तथा मार्ग निर्देश कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सांसद अनुराधा थापामगरले विद्यालयका हासिल गरेका ज्ञान संगसंगै विद्यार्थीहरुमा लगनशीलता, नैतिकता, पारदर्शिता, इमान्दारीता भएमा मात्र कुनै पनि कार्यका लागि योग्यता हुने भएकोले सो कुरामा ध्यान दिन भन्नुभयो साथै उहाँले विद्यार्थीहरुले राजनीतिमा रुचि राख्नु पर्ने कुरामा जोड दिदै, अन्यथा भोलिका दिनमा देश नै नरहे हामी कहाँ रहौंला भन्नुभयो ।
कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्य, नेक्राशिसंघका अध्यक्ष ज्ञानसागर प्रजापति, त्रि.वि. अंग्रेजी विभागका शिक्षक महेश पौड्यालले विद्यार्थीहरुलाई विभिन्न विषयहरुमा शैक्षिक परामर्श दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्राजपतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ विनोद प्रजापति तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिपेन्द्र प्राजपतिले पनि बोल्नु भएको थियो । कार्यक्रममा एस.ई.ई उतीर्ण विद्यार्थीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *