नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १६ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले इतिहासले भविष्यको बाटो कोर्ने हुँदा विगतका घटनालाई बिर्सदै गए फेरि पनि सामन्तहरूले शोषण कायम गर्ने बताउनुभएको छ ।
असार १९ र श्रावण २ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी दिवसको स्मरणमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा आयोजित प्रवचन कार्यक्रममा उहाँले बेलायतमा क्रान्ति भइसकेको १० वर्षपछि प्रतिक्रान्ति भएको तत्कालीन क्रान्तिमा भाग लिने प्रमुख व्यक्तिहरूलाई सजाय दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘वर्ग शत्रुहरू सा¥है निर्मम हुन्छन्, तत्कालीन भ्रष्टाचारीहरू विभिन्न भेषमा आउन सक्छन्, त्यसैले भ्रष्टाचार विरोधीहरू होशियार भएर बस्नुपर्छ ।’
कार्यक्रममा उहाँले विज्ञान र गणितजस्ता विषयहरू पूँजीपति वर्ग र सर्वहारा वर्गको लागि एउटै हुने भए पनि इतिहास, अर्थशास्त्र, नागरिकशास्त्रजस्ता विषयहरूको अध्ययन दृष्टिकोण फरक हुने बताउँदै भन्नुभयो, ‘पूँजीवादी विचारधाराका व्यक्तिले समाज तथा देशको लागि घाटा भए पनि आफ्नोमात्र नाफा हेर्छ भने सर्वहारा विचारधाराका व्यक्तिले आफ्नो केही घाटा भएपनि समाज र देशको भलो हुने हेर्छ ।’
उहाँले चुनावबाट समाजवाद आउन नसक्ने भए पनि जनताको चेतनास्तर नाप्न तथा चेतनशील बनाउन चुनावलाई उपयोग गर्नुपर्ने आवश्यकता रहेका बताउनुभयो । ‘चुनावमा भाग लिएन भने आफ्नो सिद्धान्तको प्रचार गर्न तथा सामन्तहरूको घोषणापत्रको सैद्धान्तिक पक्षबारे आलोचना गर्ने ठाउँ पनि बाँकी रहँदैन । त्यसैले चुनावबाट भाग्नुहुँदैन । यसका साथै चुनावले जनताको चेतनास्तर र देशमा क्रान्तिका अवस्थामा नाप्ने गर्दछ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा उहाँले सबैले सम्पूर्ण जनताको सांस्कृतिक स्तर बढाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै भन्नुभयो, ‘१०–४ को काम त हामी पैसाको निम्ति गर्दैछौं भने हामीले यो देशको लागि के ग¥यौं र यो देशका सच्चा नागरिकको रुपमा आफ्नो कर्तव्य कतिको पूरा ग¥यौं भन्ने कुरा पनि महत्वपूर्ण छ ।’
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले तत्कालीन अवस्थामा भक्तपुरका जनताको अवस्थाबारे जानकारी दिँदै किसानको रगत पसिनाको कमाई तत्कालीन सहकारी संस्थाले हिनामिना गरेकोले असार १९ र साउन २ गते भ्रष्टाचारीहरूलाई जनता सामु उभ्याएको स्मरणमा भ्रष्टाचारविरोधी स्मरण कार्यक्रम गर्नुपरेको आवश्यकता स्पष्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले शिक्षकहरू पनि भ्रष्टाचारविरोधी आवाजमा सामेल हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले भन्नुभयो ‘पूजीवादी व्यवस्थाका चरम भ्रष्टाचारको पर्दाफास गरी विद्यार्थीलाई पूँजीवादी व्यवस्था विरुद्ध आवाज उठाउन पर्छ ।’
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष उद्धव सुजखूले शिक्षकहरूले आफ्नो ज्ञान र दक्षता समाज र देशको लागि पनि प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष जगन्नाथ सुजखूको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी, जगन्नाथ सुजखूलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
।
Leave a Reply