सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काभ्रे, ८ जेठ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिका तथा वर्तमान समसामयिक राजनीतिबारे अनलाइन अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनको सन्दर्भमा दलहरूले स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु दलीय व्यवस्थाको उपहास भएको बताउनुभयो । आप्mनो फाइदाको लागि स्वतन्त्र उम्मेदवार उठाउनु पनि भागबन्डाकै राजनीति भएको उहाँले जिकीर गर्नुभयो ।
प्रधानमन्त्री कसले खाने भन्ने म्युजिकल चियरको खेलमा रूमलिनु देश र जनताको हितमा नभएको हुँदा अराजक राजनीति गर्ने ती दलहरूलाई पाखा लगाएर अगाडि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
“पैसा र भोज भतेर गरेर जनताको मतमाथि खेलवाड गर्ने अनुशासन हीन दलहरूलाई जनताले चुनावबाट फाल्नुपर्छ । पालैपालो सत्तामा बसेर देश र जनतालाई चुस्ने दाउमा लागेका शासक दलहरूले कामदार जनताको हितमा कुनै काम नगरेको हुँदा चुनावमा जान डराएका हुन्”, सचिव सुवालले भन्नुभयो ।
कोभिडको महामारीको भयावह अवस्थामा जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिएर सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले शासक दलहरू जनताको स्वास्थ्यको चिन्ताभन्दा पनि पद र पैसाको निम्ति खिच्चातानीमा लागिरहेकोले महामारीले भयावह रूप लिएको बताउनुभयो । “बहुमतको सरकार भयो भने दलहरू सरकार बनाउन कुकुर झगडामा लाग्दैनन् भन्ने जनताले सोचेका थिए तर, बा¥ह वर्ष ढुङ्ग्रोमा राख्दा पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भएको छ”, उहाँले भन्नुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले शासक दलहरूमा सिद्धान्तहीन चुनावी मोर्चा, अराजकता तथा पद र पैसाको निम्ति सिद्धान्तहीन एकताले राजनीतिमा अन्योल आएको हुँदा त्यसलाई चिर्न ताजा जनादेशमा जानु नै प्रजातान्त्रिक बाटो भएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, लक्ष्मीराम न्हुछेप्रधान, ज्ञानेन्द्र डंगोल, ओमप्रसाद मानन्धरलगायतले बोल्नुभएको थियो ।
Leave a Reply