कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
(भक्तपुर नगरपालिकामा हालका जनप्रतिनिधिहरूले पदबहाली गरेको चार वर्ष पूरा गरेको अवसरमा शुक्रबार आयोजित अनलाइन कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले चार वर्षमा हासिल गरेका उपलब्धिबारे दिनुभएको मन्तव्यको पूर्ण पाठ प्रस्तुत छ–सम्पादक)
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी जनताबाट निर्वाचित भएर पदभार ग्रहण गरेको आजबाट ४ वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते हामीले जनप्रतिनिधिको रुपमा पदभार ग्रहण गरेका थियौँ । पदावधिको हिसाबले ८० प्रतिशत समय व्यतित भइसकेको छ । यस अवधिमा निर्वाचनको बेला नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्दै नगर र नगरवासीको हितमा काम गर्दै आएका छौँ । आजको महत्वपूर्ण दिनमा नगरपालिकाको हरेक काममा साथ र सहयोग गर्ने तमाम नगरवासीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
कोरोना सङ्क्रमितहरूको जीवन रक्षाको निम्ति अहोरात्र खट्नुभएका तमाम जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयम्सेवकहरूलगायत सबैप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
कोरोना महामारीका कारण निधन भएका सबैप्रति श्रद्धाञ्जली दिँदै परिवारजनहरूमा समवेदना प्रकट गर्दछौँ र आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहनुभएका सबै सङ्क्रमित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणबाट नेपाल र नेपाली जनता पीडित भएको एक वर्षभन्दा बढी भइसकेको छ । २०७६ चैत ११ गतेबाट पहिलोपटक लकडाउन भएको थियो । त्यस अवधिमा विकास निर्माणका काम, आर्थिक गतिविधि, शैक्षिक क्रियाकलापलगायत कुनै पनि क्षेत्र राम्रोसँग सञ्चालन हुन सकेन । पर्यटकहरूको नेपाल आगमन अत्यन्तै न्यून हुनुका साथै पर्यटन क्षेत्र झन्डै धराशायी भयो । भक्तपुर नगरपालिकाको महत्वपूर्ण आयस्रोतको रूपमा रहेको पर्यटन शुल्कबापतको आम्दानी झन्डै शून्य भयो र हाम्रो बजेटको आन्तरिक आय नराम्ररी प्रभावित भयो । तापनि, जनताको हितमा गर्नुपर्ने काममा भक्तपुर नगरपालिकाले कुनै कमी हुन दिएन ।
कोरोनाबाट जनता प्रभावित हुन थालेपछि सुरुकै समयमा भक्तपुर नगरपालिकाले ७५ शøयाको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरेको थियो । घरमा एकान्तबास बस्न नमिल्ने नगरवासीहरूका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था र विदेशबाट आएकाहरूको लागि घर वा होटल क्वारेन्टिनको व्यवस्था गरी जनतालाई रोग सङ्क्रमण हुनबाट बचाउने प्रयास गर्दै आएका छौँ ।
जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै दैनिक माइकिङ, टोल—टोलमा साबुन पानीले हात धुने व्यवस्था, विशेष टोलीद्वारा फोहर सङ्कलनको व्यवस्था, आवश्यक स्वास्थ्य परामर्शको लागि चिकित्सकहरूको नाम सार्वजनिक गर्दै जनतालाई सक्दो सहजता प्रदान गर्दै आएका छौँ ।
जनजीवन सामान्य अवस्थामा फर्किन नपाउँदै पुनः कोरोनाको दोस्रो लहरबाट हामी नराम्ररी प्रभावित भयौँ । विभिन्न ठाउँमा कोभिडको दोस्रो लहरको प्रहारसँगै भक्तपुरवासीहरूको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले ५० बेडको आइसोलेसन र २५ शøयाको एचडीयू (आईसीयुभन्दा कम र सामान्य भन्दा माथिको सेवा) सञ्चालनको तयारी ग¥याँै । २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्यायौँ, जुन अहिले नगरवासीहरूका लागि ठुलो राहत भएको छ ।
ख्वपः अस्पताल भवन निर्माणाधीन छ । हाल २५ शøयाको स्वीकृति प्राप्त भए पनि भविष्यमा १०० शøयासम्म विस्तार गर्ने उद्देश्यले भवन निर्माण भइरहेको छ । तर, सम्पूर्ण तयारी नहुँदै कोरोनाको महामारी फैलिएको हुँदा भनपा वडा नं. ९ ब्रह्मायणीस्थित बहुउद्देश्यीय भवनमा हाल ख्वपः अस्पताल कोभिड युनिट सञ्चालन गरेका छौँ । त्यसको व्यवस्थापनका लागि भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी कार्य अगाडि बढाइएको छ । हाल उक्त केन्द्रमा २ जना चिकित्सक, ६ जना नर्स र आवश्यक सङ्ख्यामा कर्मचारीहरूले २४ सैँ घण्टा सेवा प्रदान गरिरहेका छन् । त्यसको अलावा १ जना फिजिसियन र १ जना एनेस्थेसिया चिकित्सकले पनि नियमित सेवा प्रदान गर्दै आएका छन् । उक्त केन्द्र सञ्चालनमा १ वटा को भिड डेडिकेटेड एम्बुलेन्स, स्वाब सङ्कलनको लागि १ वटा र माइकिङको लागि १ वटा तथा इमर्जेन्सी सेवाको लागि १ वटा गरी जम्मा ४ वटा गाडी व्यवस्थापन गरी सेवा गरिरहेको जानकारी गराउन चाहन्छौँ ।
सङ्क्रमितहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राखी जनस्वास्थ्य केन्द्रहरूमा केही समयको लागि ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवा र ज्वरो आएका र कोभिडका शङ्कास्पद बिरामीहरूको परीक्षणको लागि फिभर क्लिनिकको व्यवस्था मिलाउँदै आएका छौँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा जेठ ६ गतेसम्ममा १२१ जनाले उपचार सेवा प्राप्त गरिसक्नुभएको छ भने हाल आइसोलेसन र एचडीयूमा गरी ४५ जनाले स्वास्थ्यला भगरिरहनुभएको छ ।
अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारसँग अक्सिजनको लागि बारम्बार आग्रह ग¥यौँ । २०७८ वैशाख २७ गतेदेखि दैनिक ३० सिलिन्डर र वैशाख २८ गतेदेखि दैनिक ८० सिलिन्डर अक्सिजन ख्वप अस्पतालको लागि प्रदान गर्ने सीसीएमसीले निर्णय ग¥यो । हाम्रो निम्ति त्यो निकै खुसीको कुरा थियो । तर, त्यो निर्णयअनुसार हामीले कहिल्यै अक्सिजन पाएनौँ । १०–२० सिलिन्डर अक्सिजनले मात्रै हाम्रा नगरवासीहरूलाई बचाउन मुस्किल हुने देखिएपछि हामीले विभिन्न कम्पनीहरूमार्फत आपूर्ति व्यवस्था मिलाउँदै आएका छौँ ।
अक्सिजनको सहज आपूर्ति नहुने, अक्सिजनविना बिरामीहरूलाई बचाउन नसकिने, निजी र सरकारी अस्पतालमा आईसीयूको खोजीमै बिरामीको ज्यान गइरहेको स्थितिलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा पुगेको छ र सो प्लान्ट राख्ने प्रक्रिया अगाडि बढाइएको छ ।
भक्तपुर अस्पतालले विगतको तुलनामा राम्रो सेवा प्रदान गर्दै आएको छ । यो वर्ष बाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । नगरपालिकाले अस्पताल व्यवस्थापनमा रही आवश्यक समन्वय र सहयोग प्रदान गर्दै आएको छ । अहिले कोभिड अस्पतालको रूपमा परिणत भई भक्तपुर अस्पतालले कोभिड सङ्क्रमितहरूको इमर्जेन्सी, आइसोलेसन, जनरल, आइसीयू र भेन्टिलेटर सुविधासहित उपचार गरिरहेको छ ।
हामीले गर्वका साथ भन्न सक्छौँ, स्वास्थ्य क्षेत्रमा नगरवासीहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आएका छौँ । सङ्घीय सरकारसँग हामीले ५ वटा भेन्टिलेटरसहित १० वटा आईसीयूको लागि र अक्सिजन प्लान्टको लागि आवश्यक सहयोग माग गरेका थियौँ । पछिल्लो चरणमा अहिलेसम्म ख्वप अस्पतालको नाउँमा न कुनै स्वास्थ्य उपकरणहरू प्राप्त भयो न कुनै आर्थिक सहयोग नै । हामी जनतामा विश्वास गर्छौँ र जनताकै भरमा काम गरिरहेका छौँ । गत वर्ष हामीले कोरोना सङ्क्रमितहरूको लागि आइसोलेसनलगायत आवश्यक बन्दोबस्तको लागि सहयोग आह्वान गर्दा धेरै स्थानीय व्यक्ति र सङ्घ—संस्थाहरूले सहयोग गर्नुभयो । गत आ.व. २०७६÷७७ मा ६० लाख ७३ हजार रुपैयाँ र चालू आ.व.२०७७÷७८ को यस १० महिनामा ४२ लाख ४० हजार रुपैयाँ गरी कुल १ करोड २ लाख रुपैयाँभन्दा बढी नगद र लाखौँ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको छ । ती सबै रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरी खर्च गर्दै आएको व्यहोरा यहाँ स्पष्ट पार्न चाहन्छौँ । खुला मनले सहयोग गर्ने ती सहयोगी हातहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट आजको दिनमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
कोभिडविरुद्ध खोप अभियान सञ्चालन भइरहेको छ । यस अवधिमा हालसम्म गरपालिकाभित्र मात्रै २१,७८१ जनालाई चिनियाँ खोप भेरोसेल र ३०,७०२ जनालाई भारतीय खोप कोभिशिल्ड पहिलो चरणको खोप लगाइसकेको छ । त्यसैगरी कोभिशिल्डको दोस्रो खोप २,४३७ जनालाई र भेरोसेल खोपको दोस्रो मात्रा जेठ ६ गतेबाट क्रमशः लगाउन सुरु भएको छ । जेठ ६ गते एकैदिन भनपा १ देखि ५ वडामा १,२८६ जनालाई भेरोसेल खोपको दोस्रो मात्रा दिइएको थियो । खोप लिने समयमा नगरवासीहरूलाई धैर्यतापूर्वक बस्न आग्रह गर्दछौँ । तपाईँहरूको जीवन सुरक्षाको निम्ति भक्तपुर नगरपालिकाले निरन्तर सहयोग गरिरहनेछ । नगरवासीहरूको स्वास्थ्य सुरक्षाको निम्ति नगरपालिका सधँै क्रियाशील रहने वचनबद्धता व्यक्त गर्दछौँ ।
कोरोना महामारीबीच पनि नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले ओपीडी सेवा र इमर्जेन्सी सेवालाई निरन्तरता दिँदै आएकोमा चालू आ.व.को १० महिनामा कुल ९६,१५७ जना बिरामीहरूलाई स्वास्थ्य उपचार प्रदान गरिसकेको छ । तथापि, दुःखका साथ भन्नुपर्छ नेपाल सरकारले बीमावापत दिनुपर्ने रु. ५ करोड ५० लाखभन्दा बढी रकम अहिलेसम्म जनस्वास्थ्य केन्द्रलाई प्राप्त भएको छैन । यसबारे स्वास्थ्य मन्त्रालय, बीमा संस्थानसँग हामीले बारम्बार माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन ।
दम, खोकीजस्ता दीर्घरोग लागेका बिरामीहरूको जापानी प्रविधिबाट उपचार गर्न नेपालमै पहिलो श्वासप्रश्वास केन्द्र भक्तपुर नगरपालिकामा स्थापना गरी उपचार गर्दै आएका छौँ । साथै आयुर्वेदिक र आँखाका बिरामीहरूका लागि पनि सहज सेवा प्रदान गर्दैआएका छौँ । दाजुभाइ तथा दिदी बहिनीहरू, २०७२ सालको भूकम्पले भक्तपुर नराम्ररी प्रभावित भएको थियो । १२० भन्दा बढी सम्पदामा आंशिक र पूर्ण क्षति भएको थियो भने ८ हजारभन्दा बढी घर आंशिक र पूर्ण क्षति भएको थियो । हामी निर्वाचित भएर नगरपालिकामा बहाली हुँदा पुनःनिर्माणको ठुलो चुनौती हाम्रोसामु थियो । त्यसलाई ध्यानमा राखेर नगरपालिकाले सम्पदा र निजी घर पुनः निर्माणलाई जोड दिँदै आएको छ । हालसम्ममा २३ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछेँ, ३ वटा प्रवेशद्वार, ८ वटा पोखरी, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा गरी कूल १०८ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदाहरू जीर्णोद्धारको क्रममा छन् । भूकम्पबाट क्षतिग्रष्त निजी घरहरूमध्ये लाभग्राही सूचीमा सूचिकृत झन्डै ४० प्रतिशत घरहरूको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाँकी निर्माणाधीन अवस्थामा छन् ।
चालू आर्थिक वर्ष २०७७÷७८ को पूरै अवधि कोभिड महामारीबीच बित्यो । यो वर्ष नगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी ८० वटा योजना सञ्चालनमा रहेकोमा १८ वटा योजना सम्पन्न भएका छन् भने ६२ वटा योजना चालू अवस्थामा छन् । यही आ.व.मा विश्व प्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भार्वाचोदेखि च्याम्हासिंहसम्मको भक्तपुरको मूल सडकमा ढुङ्गा छपाइ कार्य, भक्तपुर नपा ४ स्थित चपाल भैरव द्योछेँ पुनः निर्माण, भक्तपुर ५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनः निर्माण, भनपा ६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा ७ स्थित गय् भिंद्यो पुल र हनुमानघाटस्थित छिपा ताँको पुनःनिर्माण, सडक बत्तीको व्यवस्थालगायतका कार्यहरू सम्पन्न भएका छन् । साथै अन्य धेरै सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धार कार्य भइरहेको छ ।
कोभिडको प्रभाव कम भई जनजीवन सामान्य अवस्थामा पुगेको बेला नगरपालिकाको आयोजनामा अन्तर नगर खेलकुदलाई निरन्तरता दिँदै २०७७ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तरनगर बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न सफल भयौँ । देशका २२ वटा नगरपालिकाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । सोही अवसरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा ५९ वटा विद्यालयका १,८१८ खेलाडीहरूले सहभागिता जनाएका थिए ।
कोभिडको कारण शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो । भौतिक उपस्थितिमा कक्षा सञ्चालन सम्भव नभएको बेला अनलाइनमार्फत कक्षा सञ्चालनमा जोड दिएका छौँ । विद्यार्थीहरूको शैक्षिक स्तर खस्कन नदिन विभिन्न वैकल्पिक विधिद्वारा कक्षा सञ्चालनको व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूलाई आग्रह गर्दै आएका छौँ । एसईई परीक्षालाई ध्यानमा राखी भर्चुअल कक्षालाई निरन्तरता दिँदै आएका छौँ । कक्षा ८ को परीक्षासम्बन्धी सरोकारवालाहरूबीच छलफल अगाडि बढाएका छौँ । साथै उच्च शिक्षा हासिल गर्न चाहने गरिब विद्यार्थीहरूमध्ये यो वर्ष ११९ जना विद्यार्थीहरूका लागि प्रतिविद्यार्थी रु. ५ लाखसम्मको शैक्षिक ऋण स्वीकृति भएको जानकारी गराउन चाहन्छौँ । विद्यार्थीहरूलाई स्थानीय विषयवस्तुबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमध्ये ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित कलेजहरूमध्ये उत्कृष्ट घोषित भएको छ । यो हामी सबैको निम्ति खुसीको कुरा हो ।
निषेधाज्ञाको बेला व्यापारीहरूले कृत्रिम अभाव सृजना गरी उपभोक्ताहरूलाई ठग्न सक्ने कुरालाई ध्यानमा राखी बजार अनुगमनलाई तीव्रता दिँदै आएका छौँ । त्यस क्रममा मिसावट भएका वस्तु र गुणस्तरहीन तथा म्याद नाघेका वस्तुहरू बिक्री गर्ने व्यवसायीहरूलाई कानुनबमोजिम कारबाही पनि भइरहेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको आर्थिक अनियमितता रोक्न निरन्तरको प्रयासपछि पनि तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूले बेवास्ता गरेका कारण नगरपालिकाकै अगुवाइमा व्यवस्थापन समिति गठन गरी अगाडि बढेको यहाँहरूमा जानकारी भएकै विषय हो । एउटा गैरसरकारी संस्था (एनजीओ) ले जनताको सम्पत्तिको रूपमा रहेको उक्त अस्पताल नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल कार्तिक २४ गतेको बैठकले गठन आदेश जारी गर्दै सरकारको स्वास्थ्य नीतिअनुसार सरकारीसरह सञ्चालन भएको छ । यो हामी भक्तपुरवासीहरूको लागि खुसीको कुरा हो ।
समयमै रासायनिक मल उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा ¥हास आउन सक्ने विषयलाई ध्यानमा राखी कृषिमन्त्री, साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनीमा प्रतिनिधिमण्डल गई मल उपलब्ध गराउने काममा नगरपालिकाले पहल गर्दै आएको पनि जानकारी गराउन चाहन्छौँ ।
बढ्दो जनसङ्ख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ । उपलब्ध स्रोतको व्यवस्थित वितरण, नयाँ—नयाँ स्रोतको खोजी गर्दै नगरवासीहरूलाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउँदै आएका छौँ । यसैक्रममा काठमाडौँ उपत्यका खानेपानी बोर्ड, केयूकेएल र भक्तपुर नगरपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी शीघ्र वितरण गर्ने निर्णय गरेको छ । मेलम्चीको पानी वितरण नभएसम्मको लागि बोडेको पानी भक्तपुरमा बढाएर पठाउने सहमति भएको थियो । सोहीबमोजिम केही सहज भइरहेको छ ।
भक्तपुर सानो उद्योग क्षेत्रमा स्थापनाकालको उद्देश्यविपरीत अहिले ठुल्ठुला उद्योगहरू स्थापना गरी वातावरण प्रदूषण तथा ध्वनि प्रदूषण भइरहेको जनगुनासोलाई सम्मान गर्दै उक्त औद्योगिक क्षेत्र स्थानान्तरणको लागि निरन्तर पहल गरिरहेका छौँ । त्यस क्षेत्रलाई स्थापनाको उद्देश्यअनुसार नै हस्तकलामा आधारित औद्योगिक केन्द्रकै रूपमा विकास गर्न हाम्रो पहल जारी छ ।
भक्तपुर नगरपालिका क्षेत्रभित्रका दीर्घरोग क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात भएका रोगीहरूलाई प्रतिव्यक्ति रु. १०,०००।– का दरले सहयोग गर्दै आएकोमा आ.व. २०७७÷७८ को यो १० महिनाको अवधिमा १२८ जनाले रु. १२,८०,०००।– (बाह्र लाख असी हजार रुपैयाँ) सहयोग रकम प्राप्त गरिसकेका छन् ।
इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएकोमा यो वर्ष ती विषय लिई उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कुल ५ लाख ६८ हजार रुपैयाँ बराबर छात्रवृत्ति पाएका छन् ।
नगरपालिकाको आयोजनामा सञ्चालित देको – मिवा – इटापाके जग्गा एकीकरण आवास योजनामा जग्गा फिर्ताको क्रममा जनताका गुनासो लिने प्रक्रियाअनुसार योजनामा परेको गुनासाहरूको सम्बोधन गर्ने प्रक्रिया चलिरहेको छ । शीघ्र त्यसको सम्बोधन गरी अगाडि बढाइनेछ ।
नगरपालिकाका गतिविधिहरू जनताबीचमा पु¥याउन मासिक पत्रिका ‘भक्तपुर’, पाक्षिक ‘ख्वप पौ,’ ‘भक्तपुर खबर डटकम’ अनलाइन, रेडियो कार्यक्रम ‘ख्वप सः’ लगायत सञ्चार माध्यमहरूमार्फत प्रसारण गर्दै आएका छौँ । त्यसैगरी ‘हाम्रो अभ्यास’, ‘सम्पदा पुनःनिर्माण र जीर्णोद्धार’, ‘ख्वपको पहिचान’ लगायत पुस्तकहरू पनि प्रकाशित गरेका छौँ । यी र यस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशित गर्ने काममा नगरपालिकाले निरन्तरता दिनेछ ।
आ.व. २०७८।७९ को बजेट प्रस्तुत गर्ने समय पनि नजिकिंदै छ । हामी बजेट तयारीमा लाग्दै छौँ । आगामी आर्थिक वर्षको बजेटमा नगरको विकासको लागि के–कस्ता विकास निर्माण र कार्यक्रमहरू अगाडि बढाउनु उपयुक्त हुन्छ ? त्यसबारे आ—आफ्ना सुझावहरू दिएर नगरपालिकालाई रचनात्मक सहयोग गर्नुहुन आजको यस कार्यक्रममार्फत अनुरोध गर्दछौँ ।
नगरपालिकाले यहाँहरूसँग आग्रह गरिरहेको छ, कृपया अति आवश्यक काम परेको बेलाबाहेक निषेधाज्ञाको अवधिमा घरबाट ननिस्कनुहोला । तपाईँ आफ्नो घरमा बस्नु नै कोरोना रोग नियन्त्रणको निम्ति ठुलो सहयोग हुनेछ । बाहिर निस्कनै परेको खण्डमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी मात्रै निस्कनु हुन आग्रह गर्दछौं । यतिखेर समाजलाई कोरोना सङ्क्रमणबाट जोगाउनु नै तपाईँ हामी सबै नागरिकको साझा र प्रथम कर्तव्य हो ।
नगरवासी दाजुभाइ दिदी बहिनीहरू, यो कोभिडको महामारीमा कोही पनि नआत्तिनुहोस्, संयमता र धैर्यतापूर्वक आ–आफ्नो घरमै बसेर सहयोग गर्नुहोस् । तपार्इँहरूलाई परेका हरेक समस्यामा साथ दिन हामी जनप्रतिनिधिहरू सधँै तयारी छौँ ।
अन्त्यमा,जनप्रतिनिधिहरूको काम कर्तव्यबारे समय–समयमा हामी जनप्रतिनिधिहरूलाई सचेत पार्दै जनताको सेवामा समर्पित भएर लाग्न निरन्तर उत्प्रेरित गरिरहनुहुने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । जनताका समस्या समाधानमा सधंँै साथ दिँदै प्रतिनिधिसभामा जनताको समस्या उठाई सरकारको ध्यानाकर्षण गरिरहनु हुने सांसद प्रेम सुवालज्यू, नगरपालिकाको काममा आवश्यक सल्लाह र सुझावहरू दिई सहयोग गर्नुहुने सांसद सुरेन्द्रराज गोसाइँ र माननीय सृजना सैंजुलगायत जनप्रतिनिधिहरू, कर्मचारीहरू र निरन्तर नगरपालिकाको काममा प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्नुहुने तमाम नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । धन्यवाद !
Leave a Reply