हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काठमाडौँ, ८ जेठ । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा. राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् ।
पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु । उहाँले भन्नुभयो “धेरै फोन होम क्वारेन्टिन र आइसोलेसनमा बसेका सङ्क्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।” उहाँलाई नेपालमात्र नभएर विदेशमा रहेका नेपाली सङ्क्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उहाँले सिकाउनुहुन्छ । बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उपचारमा उहाँ केन्द्रित हुनुहुन्छ । उहाँले बिरामी अवस्थादेखि चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीबारे जानकारी लिनुहन्छ ।
उहाँ बिरामीको उपचारको व्यवस्थापनका लागि आफ्नो कार्यकक्षमा नबसेको धेरै भइसक्यो । घरबाट आएपछि बिरामीको उपचारदेखि चिकित्सक सबैको समन्वय गर्नुपर्दछ । उहाँले भन्नुभयो, “त्यसैले म आफ्नो कार्यकक्षमा बस्न भ्याउँदिन, म कार्यकक्षभन्दा पनि सङ्क्रमितको उपचार गर्नमा केन्द्रित हुन्छु ।” उहाँले कोरोना भाइरसको उपचारजस्तै २०५६ सालमा जनयुद्धको बेला भएका घाइते र भूकम्पमा घाइतेको उपचार गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “मैले त्यतिबेला सल्यानमा जाँदा बम पड्किएर घाइते भएकाको पनि उपचार गरे, अनि भूकम्पको महामारी पनि त्यस्तै घाइतेको उपचार गरेँ मलाई विपद्को बेला सर्वसाधारणलाई उपचार गर्ने अवसरको रूपमा पाएको छु, अहिले पनि महामारीका यस्तै सर्वसाधारणको उपचार गरेका छु, म यस्तो बेला सर्वसाधारणको उपचार गर्न पाउँदा आनन्दित हुन्छु ।”
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको अग्रपङ्क्तिमा सङ्क्रमितको उपचारमा संलग्न डा. प्रवीन नेपाल पनि दिनभरि उपचारमा व्यस्त हुनुहुन्छ । उहाँ बिहान ८ः०० बजे अस्पताल आएर आवश्यकताअनुसार राति ११ः०० बजेसम्म बिरामीको उपचारमा खटिनुहुन्छ । उहाँको दैनिकी कसरी बिरामीको उपचार राम्रो गरेर घर फर्काउने रहेको हुन्छ । उपचारका सिलसिलामा उहाँ कहिले त घरै जान पाउनुहुन्न । “सधैँ घर जान पाइँदैन, बिरामी हेर्दाहेर्दै ढिला भए कहिले यतै अस्पतालमा बस्छु”, उहाँले भन्नुभयो ।
उहाँलाई सङ्क्रमित बिरामी राख्नका लागि दैनिक ४०० भन्दा बढी फोन आउने गर्दछन् । उहाँले मोबाइलमा बज्ने घण्टी कति त फर्काउनु नै भ्याउनुहुन्न । फोन गर्ने व्यक्तिले उहाँलाई पहिलो प्रश्न नै शøया, आइसीयू र भेन्टिलेटर छ भनेर सोध्ने गर्दछन् । दैनिक आउने फोन शøयाका लागि हुन्छ, भरसक मोबाइलमा बज्ने फोनको रेस्पोन्स गर्नुहुन्छ । उहाँले भन्नुभयो, “तर हामी अस्पतालमा शøया भएपछि तुरुन्तै बिरामीलाई बोलाउँछौँ, नभए नाम र ठेगाना टिपेर जतिबेला शøया खाली हुन्छ, त्यतिबेला खबर गरेर बोलाउँछौँ ।”
सङ्क्रमण दोस्रो लहरको फैलिएपछि गम्भीर प्रकृतिका बिरामी बढेका र सङ्क्रमणका कारणले युवाको निधन भएपछि आफूलाई पनि नराम्रो हुने गरेको उहाँको भनाइ छ । अहिले अस्पतालमा आइसीयू र भेन्टिलेटर कम भएकाले बिरामीले सामान्य शøयामा राखेर उपचार गर्नुपरेको उहाँ बताउनुहुन्छ । आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आइसीयू र भेन्टिलेटर दिन सकिन भन्ने पीडा हुन्छ । उहाँले भन्नुभयो, “बिरामीलाई अहिले पैसा भएर पनि आइसीयू र भेन्टिलेटर नपाएको समस्या रहेका छन् ।”
उहाँका अनुसार पहिले एकजना नर्सले १० बिरामी र अहिले गम्भीर प्रकारका बिरामी हुनाले एकजनाले तीनजना मात्र बिरामी हेर्नसक्ने गर्दछन् । अहिले भएको अक्सिजन एक छिनमा सकिन्छ, फेरि ल्याउनुपर्दछ, कति बाँकी छ कति जनालाई पुग्छ भन्ने र कति खेर अक्सिजन आइपुग्छ भन्ने चिन्ता हुन्छ । उहाँले भन्नुभयो, “बिहानको बिरामीलाई अक्सिजन चाहिए पनि कहिलेकाहीँ साँझमात्र पाइने गरेको छ ।” उहाँले पहिले र अहिले बिरामीको उपचार गर्नमा कुनै फरक नभएको बताउनुभयो । “पहिले एप्रोन लगाएर बिरामीको उपचार गरिन्थ्यो भने अहिले पीपीई लगाएर गरिन्छ, मलाई खासै फरक भएको छैन”, उहाँले भन्नुभयो ।
वीर अस्पतालमा सङ्क्रमितको अग्रपङ्क्तिमा काम गरिरहनुभएका डा. अशेष ढुङ्गाना पनि बिहान ९ः०० बजे अस्पतालमा आएदेखि साँझ ६ः०० बजेसम्म निरन्तर बिरामीलाई प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे आइसोलेसन, आइसीयू, भेन्टिलेटरमा गएर जानकारी लिनुहुन्छ । उहाँले बिरामीलाई अक्सिजन, औषधि, उपचारदेखि कोभिड–१९ मा अग्रपङ्क्तिमा खटिने चिकित्सकका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जुटाउनका लागि खटिनुहुन्छ ।
अस्पतालको कोभिड–१९ व्यवस्थापनका संयोजकसमेत रहनुभएका डा. ढुङ्गानाले अस्पतालमा कति बिरामीलाई चाहिएको बेला आइसीयू र भेन्टिलेटर दिन नसक्दा आफूलाई पीडा लाग्ने गरेको बताउनुभयो । उहाँ अहिले धेरैजसो बिरामी गम्भीर प्रकृतिका रहेकाले सबैलाई अक्सिजन चाहिने गरेको बताउनुहुन्छ । साधारण शøयामा पनि सिकिस्तै भएका बिरामी छन्, ती बिरामीलाई आइसीयू र भेन्टिलेटर चाहिएको हुन्छ । उहाँले भन्नुभयो, “तर हामीसँग भएका सीमित आइसीयू र भेन्टिलेटरमा ती बिरामीलाई राख्न सकिरहेका छैनौँ, सबभन्दा ठुलो चुनौती शøया बिरामीका लागि उपलब्ध गराउन सकिँदैन ।”
वीरमा नौ र राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू रहेका छन् । अस्पतालमा विगत दुई हप्तामा सङ्क्रमितका १० बाट १६० बिरामी पुगेका छन् । उहाँका अनुसार सीमित शøया रहेकाले कतिपय बिरामी इमरजेन्सीमा आए पनि शøया नपाएर अक्सिजन लगाएर त्यतिकै पर्खिरहेका हुन्छन् । बिहानदेखि रातिसम्म उहाँको मोबाइलको घण्टी बजिरहन्छ । धेरैजसो शøया र अस्पतालमा बिरामी भर्ना गर्नका लागि उहाँलाई बिरामीका आफन्तले फोन गर्नुहुन्छ । “धेरैजसो अस्पतालमा शøया र आइसियुका लागि फोन गर्नुहुन्छ । अस्पतालमा खाली भएको अवस्थामा त्यस्ता फोन गर्ने बिरामीलाई सकभर शøया र आइसियु उपलब्ध गराउँछौँ, कतिको त फोन नै उठाउन भ्याइँदैन,” उहाँले भन्नुभयो ।
डा. ढुङ्गानाले पहिले जस्तो अहिले भने सङ्क्रमित बिरामीको उपचार गर्नका लागि स्वास्थ्यकर्मीले डर नमानेको बताउनुभयो । सबै स्वास्थ्यकर्मीले खोप लगाएको र सङ्क्रमितको उपचार गर्दा गर्दै सिकेर कुनै सङ्कोच बिना नै जस्तासुकै बिरामीको उपचारमा अहिले स्वास्थ्यकर्मी खटिने गरेको उहाँ बताउनुहुन्छ । “पहिले रोगको उपचार गर्ने पद्धतिमा नै शङ्का थियो । तर अहिले सङ्क्रमितको उपचार गर्न हामीलाई सामान्य नै लागिसकेको छ”, उहाँले भन्नुहुन्छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत नर्सिङ अधिकृत ईश्वरी केसी दोस्रो लहर आएसँगै सङ्क्रमितको उपचारमा गर्दागर्दै आफैँ पनि सङ्क्रमित हुनुभयो । सङ्क्रमणमुक्त भएपछि उहाँ निरन्तर सङ्क्रमितको उपचारमा खटिरहनुभएको छ । अहिले पनि अस्पताल प्रशासनले बोलाएपछि जतिबेला पनि बिरामीको उपचारका लागि जानुपर्दछ । उहा्ँले भन्नुभयो, “हाम्रो ड्युटीको समय नै छैन, बिरामीलाई केही समस्या प¥यो भने कुदिहाल्नुपर्दछ ।”
नर्सिङ अधिकृत केसी वैशाखको पहिलो हप्ता अस्पतालमा सङ्क्रमित बढेको अवस्थामा अक्सिजन र शøया अभावमा उपचारमा समस्या भएको पनि अहिले अक्जिसनको उपलब्धतासँगै बिरामीको उपचार गर्न सजिलो भएको बताउनुहुन्छ । उहाँ सुरुसुरुमा सङ्क्रमितको उपचार गर्न डर लागे पनि पछि आफूलाई पनि सङ्क्रमण भएपछि उपचारमा डर नलागेको बताउनुहुन्छ । नेपालमा अहिले चार लाख ९७ हजार ५२ र छ हजार २४ को सङ्क्रमणबाट निधन भइसकेको छ । रासस
Leave a Reply