भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’को अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ८ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अनलाइनमाफर्त अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले अध्ययन शैलीको विकासले राजनैतिक र सांस्कृतिक स्तर उठ्ने बताउनुभयो । पार्टीका कार्यकर्ताहरूमा राजनैतिक स्तरको विकासले अन्य राजनैतिक दलसँग सैद्धान्तिक छलफल गर्नसक्ने उहाँले बताउनुभयो । उहाँले पार्टी कायर्कर्ताहरूले पार्टी प्रकाशनहरूबारे परिवारबीच अध्ययन गरेर परिवारका सदस्यहरूले बताउनुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी देशहरूमा कोरोना नियन्त्रण र रोकथाम गर्न असफल भएको र चीनको समाजवादी व्यवस्थामा कोरोना नियन्त्रण गर्न सफल भएको विचार व्यक्त गर्दै नेपालमा कोरोना भयावहको स्थितिमा पनि सरकार राजनैतिक खिचातानीमा व्यस्त भएको बताउनुभयो ।
उहाँले संविधानको ७६ (५) अनुसार सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेअनुसार ओली र देउवा पक्षबाट दाबी गरेको बहुमत भ्रम र झूटा भ्एको बताउनुभयो । झूट र भ्रमको राजनीति गर्नेहरूलाई अब नेपाली जनताले चुनावमार्फत पराजय गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, काठमाडौँ जिल्ला समितिका श्यामकुमार महर्जन, रमेश डंगोल, सुरेन्द्र महर्जन, हरिशरण श्रेष्ठ, नरेश महर्जन, सुमन महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *