विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
“यो प्यालेस्टाइनको मात्र समस्या होइन, यो मानव अधिकारको एउटा समस्या हो । हामीले बुझाएको करले इजरायली सेनालाई सहयोग गरिरहेको छ ।” अमेरिकामा प्यालेस्टाइनका समर्थकहरूबाट हालै आयोजित जुलुस प्रदर्शनमा एक जना विद्यार्थीले उक्त कुरा बताएका छन् ।
अमेरिकी राजनीतिज्ञहरूले एकातिर ‘मानव अधिकारको रक्षक’को भूमिकामा अरू धेरै देशको मानव अधिकार स्थितिको आलोचना गर्दै आएका छन् भने अर्कातिर युद्धमा मुछिएका प्यालेस्टाइनीहरूको मानव अधिकारको बेवास्ता गरिरहेका छन् । उनीहरूको दोहोरो मापदण्डबाट अमेरिकी मानव अधिकारको झुटो मास्क उघारिएको छ । रूसको स्पुतनिक समाचार समितिका अनुसार, यस चरणको प्यालेस्टाइन–इजरायल भिडन्तमा २१७ प्यालेस्टिनीको मृत्यु भएको छ, तीमध्ये ६३ जना बालकहरू छन् ।
यस्तो भयानक अमानवीय प्रकोपको सामना गर्दै अमेरिकी सरकारले के गरेको छ ? त्यसले इजरायलको पक्षमा उभिएर इजरायलको ‘प्रतिरक्षा गर्ने अधिकार’ रहेको दाबी गर्दै प्यालेस्टाइन–इजरायल युद्ध बिरामको लागि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को संयुक्त वक्तव्यलाई अमेरिकाले रोकेको छ । यतिमात्र नभई अमेरिकी सरकारले यस महिनाको प्रारम्भमा ७३ करोड ५० लाख अमेरिकी डलरको हतियार इजरायललाई बिक्री गर्न अमेरिकी काङ्ग्रेसलाई सूचित गरेको छ ।
आफ्नो स्वार्थ र प्रभुत्वका लागि अमेरिकाले मध्य–पूर्वमा धेरै खराब काम गरेको छ । त्यसले अफगानिस्तान, इराक र सिरियामा गरेको सैनिक कायर्कलापबाट लाखौँ–लाख मुस्लिमहरूको मृत्यु भएको छ । यस्तो ‘अमेरिकी शैलीको मानव अधिकार’ले विश्वको विश्वास हराएको छ, तथाकथित ‘मानव अधिकारको लाइटहाउस’ निभेको छ ।– सीआरआई
Leave a Reply