हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ८ जेठ । बासु माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकबीच ‘कोभिड–१९ महामारी र प्रभावकारी अनलाइन कक्षा’ बारे अन्तरक्रिया भएको छ ।
कृषि विज्ञान र कम्प्युटर इन्जिनियरिङको डिप्लोमा, विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकबीच शनिबार बिहान र अपराह्न दुई चरणमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले कोभिडको कारण भएको ९० प्रतिशत मृत्यु स्वास्थ्य प्रणालीको असफलताको कारण भएको धारणा राख्नुभयो ।
कोभिड–१९ बारे अनेक अवैज्ञानिक, परीक्षण नगरिएका कुराको दुष्प्रचार भइरहेको उल्लेख गर्दै अध्यक्ष गोसाईले समाजमा वैज्ञानिक चिन्तनको विकासको निम्ति शिक्षकले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विचार राख्नुभयो ।
उहाँले कोभिड महामारी नियन्त्रणको निम्ति विद्यार्थी र अभिभावकमार्फत समाजमा चेतना फैलाउन सकिने तर्क गर्नुभयो ।
अनलाइन कक्षा प्रभावकारी बनाउन शिक्षकलाई छुट्टै तालिमको आवश्यकता भएको भन्दै अध्यक्ष गोसाईले इन्टरनेट सुविधा र आवश्यक स्रोतसाधनको अभावको कारण गरिबका छोराछोरी थप मारमा परेको धारणा राख्नुभयो ।
कार्यक्रममा बासु माविका पूर्वविद्यार्थी डा. सत्यनारायण सुवालले कोभिड महामारीको पहिलो लहर कम हुन थालेदेखि राजनीतिक सभा–सम्मेलन, जात्रा आदि नाममा भीडभाड बढेको कारण दोस्रो लहर छिटो फैलिएको धारणा राख्नुभयो । भारतमा महामारी तीव्ररूपमा फैलिरहेको अवस्थामा पनि नेपालको सीमा नियमित नगर्दा र भारतबाट नेपाल प्रवेश गरेकालाई नेपालका गाउँ बस्तीमा सीधा र निर्बाध जान दिँदा नेपालभर महामारी फैलिएको तर्क उहाँले राख्नुभयो ।
कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनुपर्ने, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने काममा कडाइ गर्नुपर्ने, भ्याक्सिन लगाउने काम तीव्र बनाउनुपर्ने भन्दै डा. सुवालले मानिसलाई महामारीबारे जानकारी पुगेको तर व्यवहारमा परिवर्तन नआएको बताउनुभयो ।
कार्यक्रममा बासु माविका प्राचार्य अम्बिका न्याईच्याई, सहप्राचार्य रविलाल प्रधान, कृषि विज्ञानका इन्चार्ज सविन ख्याजू, कम्प्युटर इन्जिनियरिङका इन्चार्ज रमेश प्रजापति र विभिन्न विषयका शिक्षकहरूले ‘कोभिड महामारी र अनलाइन कक्षा’ बारे आफ्नो अनुभव तथा भूमिका सम्बन्धमा विचार राख्नुभएको थियो ।
Leave a Reply