हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सन् २०२० को मार्चको सुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका नागरिकहरू सहभागी भएका थिए ।
गत वर्ष पनि कोरोनाको सङ्क्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएका बेला यो धार्मिक सभा भएको थियो । सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका मानिसमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको थियो । सो सभामा सहभागीहरूबाट नै भारतका धेरै राज्यमा यो सङ्क्रमण पुगेको बताइएको थियो । यतिमात्र नभएर भारतमा सो सभाबाट फर्किएका मानिसहरूबाट पछि अरू देशसम्म यो सङ्क्रमण पुगेको भनी नेपालसहित अरू पनि एसियाली देशमा सो सभाबाट फर्किएका मानिसहरूको खोजी भएका समाचारहरू आएका थिए ।
त्यतिबेला भारतीय सञ्चारमाध्यमहरूले भनेअनुसार उक्त सभामा नेपालसहित अफगानिस्तान, मलेसिया, इन्डोनेसिया, म्यानमार, कीर्गिस्तान, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, इङ्गल्यान्ड, फिजी, फ्रान्सलगायत मुलुकका नागरिक सहभागी भएका थिए । यसअघि मलेसिया र दक्षिण कोरियामा पनि यस्तै धार्मिक सभाहरूबाटै कोरोनाको भाइरस मुलुकभर फैलिएको बताइएको थियो ।
त्यतिबेला मुस्लिम सभाबाट कोरोना फैलिएको भनिएजस्तै अहिले पनि भारतीय सञ्चारमाध्महरूले हाल त्यहाँ दोस्रो लहरको विस्तारको कारक पनि अघिल्लो महिना भारतको हरिद्वारमा भएको कुम्भमेलालाई बनाएका छन् । अघिल्लो महिना अर्थात् अप्रिलमा कुम्भमेला नुहाउन पुगेका लाखौँ तीर्थयात्रीलाई नै भारतमा अहिले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलाउने कारकको रूपमा लिइएको छ ।
हुन पनि कुम्भमेला नुहाउन सुरु भएसँगै यता भारतमा कोभिडका सङ्क्रमितहरू थपिने क्रम सुरु भएको हो । कुम्भमेलामा गएर फर्किएका मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेसँगै सुरु भएको आशङ्का अहिले देशव्यापी बनेको छ । सुरुमा यही मेलामा गएर फर्किएका मानिसबाट सुरु भएको भनिएकोमा अहिले पुष्टि नै भएको बताइएको छ ।
अप्रिलको सुरुआतबाट सुरु भएको यो मेलामा अप्रिल १२ मा एकै दिन कम्तीमा ३० लाख मानिसले कुम्भमेलामा गंगा स्नान गरेका थिए । गंगामा स्नान गर्दा मानिसको सबै पाप पखालिने विश्वास भारतीय हिन्दू धर्मावलम्बीहरूमा छ । अप्रिलको सुरुआतबाटै सुरु भएको यो मेला त्यस दिनसम्म आइपुग्दा भारतमा एक लाख ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित फेला परेका थिए । यही हप्तादेखि नै सङ्क्रमण सङ्ख्याको आधारमा भारतले ब्राजिललाई उछिँदै दोस्रो स्थानमा आइपुगेको थियो ।
यहाँका स्थानीय सरकारहरू जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह र सुरक्षा अधिकारीहरू खटाएका भए पनि त्यो सम्भव नभएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । उनीहरू त्यति ठूलो भीडमा जनस्वास्थ्यको नियम पालना गराउनु असम्भव नै रहेको बताउँछन् । यो मेला सकिने अन्तिम साता अप्रिल २५ देखि मे १ सम्ममा उत्तराखण्डमा मात्र करिब ४० हजार नयाँ सङ्क्रमित थपिएका थिए ।
आधाभन्दा बढी मास्क नलगाएका लाखौँलाख तीर्थालुहरूको ठूलो समूह नदीको किनारामा बसेर गंगा स्नान गर्ने, भजन किर्तन गर्ने तथा पूजा गर्ने गरेका थिए । यहाँबाट कोरोना सङ्क्रमण फैलिन मद्दत पुगेको यहाँका जनस्वास्थ्यविद्हरूहरूको राय छ । उनीहरू भन्छन्, “हामीलाई यसअघि नै चर्च र मन्दिरमा गएर प्रार्थना गर्ने कार्यबाट निकै ठूलो मात्रामा कोरोना सङ्क्रमण फैलिनसक्छ भन्ने लागेको थियो नभन्दै त्यस्तै भएको छ । वास्तवमा अहिलेको यो सङ्क्रमणका लागि सबै या पूरै यही कारण नै हो भन्न त सकिँदैन तर यसपालिको महामारी विस्तारमा यो मेला पनि कारक बनेको छ ।”
भारतका राज्य सरकारहरूले कुम्भमेलाबाट फर्किएका मानिसलाई १४ दिन अनिवार्यरूपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका थिए । तर, लाखौँलाख मानिस घर फर्किएर यो नियम पालना नगरेको अधिकारीहरूले बताएका छन् । राजस्थानका स्वास्थ्य अधिकारीहरूले राज्यमा कोरोना सङ्क्रमण फैलिनुमा कुम्भमेलामा गएका तीर्थयात्रीहरू दोषी रहेको बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलाउन उनीहरूले भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।
महिना दिन चलेको सो मेलामा करिब ९१ लाख तीर्थयात्रीले हरिद्वारको भ्रमण गरेको मेला आयोजकहरू बताउँछन् । भारतमा चली नै रहेको यस्तो महामारीको बीचमा कुम्भमेलालाई अनुमति दिएर सरकारको आलोचना भएको थियो । यसअघिका प्रायः मेला तथा यस्ता सार्वजनिक कार्यक्रमहरू गर्न नदिएको सरकारले कुम्भमेलाको आयोजना गर्न दिँदा विवाद भएको थियो ।
उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले बीबीसीसँगको कुराकानीमा कुम्भ मेलालाई सीमित सङ्ख्याका मानिसहरू उपस्थित हुन दिएर एक प्रकारको प्रतिकात्मक कार्यक्रमको रूपमा मेलाको आयोजना गर्ने योजना रहेको बताउनुभएको थियो । भारतका विशेषज्ञहरूले यो महामारी अब छिट्टै सकिने सम्भावना नरहेकोले मेलाको आयोजना पूर्णरूपमा खुला गरेर गर्न नहुने बताएका र आफूहरूले पनि त्यसै गर्ने योजना बनाएको भए पनि पछि सरकारले खुला गरेको उहाँको भनाइ छ ।
भारतको अहिलेको अवस्था
भारतमा कोरोनाविरुद्धको खोप पनि लगाइएको छ । यसलाई भारतले राष्ट्रव्यापी अभियानकै रूपमा सुरु गरेको थियो तर दोस्रो लहरका कारण त्यहाँ गाह्रो भएको छ । तर पनि अघिल्लो हप्तासम्म भारतले करिब चार करोड मानिसलाई खोप दिइसकेको छ । तर, भारतमा नै बनेको कोभ्याक्सिनको दुवै डोज लगाएका मानिस पनि सङ्क्रमित भएका छन् । यो खोप लगाएका १७ लाख मानिसमध्ये करिब ८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अप्रिलको अन्त्यतिर गरेको एक अनुसन्धानमा जनाएको थियो ।
भारतले फ्रन्टलाइन र जोखिम समूहलाई मात्र खोप दिएको छ । पहिलो डोज लगाएका धेरैजसो सङ्क्रमित फ्रन्टलाइन कामदार र स्वास्थ्यकर्मी हुन् । उनीहरू धेरै व्यक्तिको सम्पर्कमा आउनुपर्ने भएकाले यही वर्गलाई सबैभन्दा पहिला खोप दिइएको भारतीय स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आइसीएमआरका महानिर्देशक डा.बालराम भार्गवले बताउनुभएको थियो ।
भारतमा डबल म्युटेन्ट भाइरस भेटिएको पुष्टि भइसकेको छ । नयाँ प्रजातिको यो भाइरसका कारण पहिलो लहरको तुलनामा दोस्रो लहरमा यति बिघ्न सङ्क्रमण फैलिएको गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले एक प्रेस वक्तव्यमा जनाएको छ । अझ त्योभन्दा ठूलो चिन्ताको विषय त कतै नयाँ प्रजातिको यो भाइरसले देशव्यापीरूपमा दिइएको खोपलाई नै प्रभाव पार्ने पो हो कि अर्थात् यो नयाँ प्रजातिलाई खोपले काम गर्ने हो कि नगर्ने भन्ने हो । तर, अनुसन्धानले खोपले यो नयाँ प्रजातिको सङ्क्रमणलाई पनि काम गरिरहेको देखाएका छन् ।
अप्रिलको सुरुदेखि नै सङ्क्रमण दिन प्रतिदिन बढ्दै गयो । अहिले केही दिनयता यसको दरमा कमी आएको देखिएको छ । अप्रिलको अन्त्यसम्म यहाँ प्रतिदिन कम्तीमा चार लाख सङ्क्रमित देखिएका थिए भने अहिले त्यसमा कमी आएको छ । यहाँ पछिल्लो समयमा दुई लाखभन्दा बढी सङ्क्रमित हरेक दिन देखिने गरेका छन् । सङ्क्रमणको दर पहिलो लहरको तुलनामा धेरै छ र यो लगभग देशैभरि पुगेको छ ।
यहाँ मृत्युको सङ्ख्यामा कमी आउन सकेको छैन । हरेक दिन चार हजारको हाराहारीमा मृत्यु हुने गरेको छ । भारतीय अधिकारीहरू कोरोना भाइरसको सङ्क्रमण यो दरमा बढ्न सक्ने अनुमान रहेको भए पनि मृत्यु दर यो रूपमा बढ्ने अनुमान गरेका थिएनन् । अघिल्लो वर्षको सङ्क्रमणमा भएको मृत्युको तुलनामा यो निकै घातक रहेको उनीहरूको भनाइ छ ।
शनिबार प्रकाशित पछिल्लो तथ्याङ्कमा भारतमा गएको २४ घण्टामा २ लाख ५७ हजार २९९ मानिस सङ्क्रमित भएका छन् । त्यस्तै यस २४ घण्टाको अवधिमा ४ हजार १९४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको सो तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म २ करोड ६२ लाख ८९ हजार सङ्क्रमित भएका छन् भने यस सङ्क्रमणजन्य जटिलताका कारण २ लाख ९५ हजार ५२५ ज्यानको गएको छ ।
स्रोतः राष्ट्रिय समाचार समिति
Leave a Reply