नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
वाशिङ्टन, २३ मे । संरा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटवार्ता भयो । भेटमा कोरियाली प्रायःद्वीपको अवस्थालगायत धेरै विषयमा छलफल भएको बताइएको छ ।
बाइडेनले राष्ट्रपतिको कार्यभार समालेयता ह्वाइट हाउसमा आमन्त्रित मुन दोस्रो नेता हुन् । यसअघि जापानका प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा आमन्त्रण गरिएको थियो ।
मुनसँगको भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित संयुक्त प्रेस सम्मेलनमा बाइडेनले आपूm र मुनबीच प्रजग कोरियाबारे साझा अवधारणाबारे छलफल भ एको बताए ।
“हामी दुई देशले प्रजग कोरियासँग कूटनीतिकरूपमा सम्बन्ध विस्तार गर्ने चाहनाबारे साझा धारणा बनायौँ । त्यस्तै कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको हाम्रो अन्तिम लक्ष्यसम्म पुग्न तनाव कम गर्ने गतिशील कदम चाल्ने विषयमा पनि साझा धारणा बनायौँ”, उनले भने ।
“हामी काम फत्ते गर्न कति कठिन छ भन्नेमा हामीलाई कति पनि भ्रम छैन”, पत्रकारहरूलाई उनले भने, “बितेका चार वटा सरकारले यस सन्दर्भमा आफ्नो लक्ष्य हासिल गर्न सकेन । यो वास्तवमै अत्यन्त कठिन लक्ष्य हो ।”
बाइडेनले करियर कूटनीतिज्ञ सुङ किमलाई प्रजग कोरियासँग कूटनीतिक सम्पर्क गर्न संरा अमेरिकी विशेष प्रतिनिधि नियुक्त गरेको घोषणा गरे ।
आफ्नो भनाइ राख्दै मुनले कोरिया प्रायःद्वीपमा पूर्णतः आणविक निःशस्त्रीकरण र स्थायी शान्ति स्थापना दुई साझेदार देशहरूको सबभन्दा अपरिहार्य साझा कार्य भएको बताए ।
उनले अन्तर कोरियाली संवाद र सहकार्यको लागि बाइडेनले समर्थन गरेको बताए । “संरा अमेरिकासँग नजिक सहकार्यअन्तर्गत हामी अन्तर कोरिया सम्बन्धमा प्रगतिको लागि सहजताको भूमिका खेल्नेछौँ । हामीले संरा अमेरिका–प्रजग कोरिया संवादको बाटो बनाउन सक्नेछौँ”, उनले भने ।
बाइडेनले प्रजग कोरियाली नेता किम जङ उनसँग भेटवार्ताको सम्भावनालाई नकारेनन् । तर, त्यसको लागि प्रजग कोरिया आफ्ना आणविक हतियारप्रतिको प्रतिबद्धता पूरा गर्न तयार हुनुपर्ने सर्त राखे ।
दुई नेताबीच क्षेत्रीय सुरक्षा, उदयीमान प्रविधि, जलवायु परिवर्तन र कोभिड–१९ खोपमा सहकार्यबारे पनि छलफल भयो । दुई देश बृहत् खोप साझेदारी स्थापना गर्ने र अमेरिकी सेनासँग नजिक सम्पर्कमा रहेर काम गर्ने ५ लाख ५० हजार दक्षिण कोरियाली सेनालाई खोप संरा अमेरिकाले दिनेमा सहमति भएको छ ।
“भेटवार्ता दक्षिण कोरियासँग बाइडेन सरकारको सम्बन्धको लागि पूर्वाधार बनाउनेमा केन्द्रित थियो”, सिकागो विश्वविद्यालयमा कोरिया प्रायःद्वीपका विज्ञ जिना गिबसनले भनिन् ।
उनले बाइडेन सरकारको उच्च प्राथमिकतामा प्रजग कोरिया भए पनि त्यो नै सबभन्दा पहिलो प्राथमिकता नभएको बताइन् ।
गिबसनले भनिन् – “कोभिड पुनःस्थापनाजस्ता आन्तरिक मुद्दालाई समेत एकातिर राखेर बाइडेनले गर्नुपर्ने काम धेरै छन्, मलाई लाग्दैन कि उनले आफ्नो ऊर्जा यतिबेला प्रजग कोरियाली आणविक मुद्दामा सक्रियतापूर्वक खर्च गर्नेछन् ।”
वाशिङ्टनको गैरनाफामुखी कोरिया आर्थिक प्रतिष्ठानका वरिष्ठ निर्देशक त्रोए स्तानगरोन पनि गिबसनको कुरामा सहमत छन् ।
“प्रजग कोरिया अमेरिकी सरकारको प्राथमिकतामा पक्कै छ । तर, इरानसँग आणविक सम्झौता पुनःस्थापना र जलवायु परिवर्तनजस्ता विषत्र्न्दा प्रजग कोरियाको मुद्दा पछाडि नै छ । अनुत्तरित प्रश्न के हो भने वार्ता प्रजग कोरियाको प्राथमिकताको विषय हो वा होइन भन्ने हो”, स्तानगरोनले भने ।
उनले प्रजग कोरियासँगको सम्बन्धको सन्दर्भमा बाइडेन र मुनको कुरा नमिल्न सक्ने बताए ।
“बाइडेन र मुनका सोचाइमा मूल अन्तर भनेको तालमेल हो । बाइडेन उल्लेखनीय प्रगतिको लागि खुला छन् । दक्षिण कोरिया यसलाई समर्थन गर्न चाहन्छ”, विज्ञले भने ।
“तर, अब एक वर्षमात्र कार्यकाल बाँकी रहेका मुनमाथि प्रजग कोरियासँग वार्ता पुनः थाल्ने चर्को दबाब छ”, उनले भने ।
अप्रिलको अन्त्यमा बाइडेन सरकारले प्रजग कोरियाप्रति आफ्नो नीतिको समीक्षा सम्पन्न गरेको थियो । ह्वाइट हाउसले विभिन्न माध्यमबाट प्रजग कोरियाको सम्पर्कमा गएको तर कुनै पनि प्रतिक्रिया हासिल नगरेको बताएको छ ।
प्रजग कोरियाका नेता किम जङ उन र संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१८ को जून महिनामा सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो । सो वार्तामा कोरिया प्रायःद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण र दिगो शान्ति सम्झौतामा सहमति भएको थियो ।
सन् २०१९ को फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा भएको किम–ट्रम्प दोस्रो शिखर वार्ता बिनानिष्कर्ष टुङ्गिए यता दुई देशबीचको वार्ता हालसम्म स्थगित भएको थियो ।
Leave a Reply