भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, १० जेठ । साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो ।
त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु. पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेसनको स्थापना भएको थियो । सो फाउण्डेसनको पुँजी करीब रु. सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आउनुभएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध हुनुभयो । नेपाली भाषासाहित्यमा गोपालप्रसाद रिमालको काव्यसम्बन्धी विद्यावारिधि गर्ने उहाँ पहिलो नारी हुनुहुन्थ्यो ।
डा. गिरिका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईँद्वारा डा. वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ प्रकाशित छ भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद गर्नुभएको छ ।
सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । डा. गिरिका पति, एक छोरा र एक छोरी हुनुुहुन्छ । रासस
Leave a Reply