भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
नारायणगढ, १० जेठ । चितवन जिल्लामा दोस्रो चरणको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी छ । मानिसहरूको चहलपहललाई अझ कम गर्न सहकारी, फाइनान्स, बीमा कम्पनीहरू खोल्न नपाइने गरी जिल्ला प्रशासन कार्यालयद्वारा दोस्रो चरणको निषेधाज्ञा आदेश जारी गरियो । बैङ्कहरू भने हप्ताको आइतबार, मङ्गलबार र बिहीबार गरी तीन दिन बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर, मानिसहरूको भीडभाड भने विशेषतः भरतपुर नारायणगढ बजारहरूमा त्यत्तिकै देख्न सकिन्छ ।
जिल्लामा कोभिड– १९ सङ्क्रमण दैनिक सय दुई सयको हाराहारीमा नै देखिरहेको छ । कोभिड–१९ लाई नियन्त्रणमा ल्याउने र सङ्क्रमण हुनबाट बच्ने उपाय निषेधाज्ञा लागू गर्नु र भौतिक दूरी कायम हुनु हो । इमानदारीपूर्वक सबैले आदेश पालना गरे सङ्क्रमण नियन्त्रण हुने थियो । निषेधाज्ञा आदेश जारी भएको महिना दिन पुग्न लाग्दा पनि कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा छैन । कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गयो । अझै पनि बजारमा मानिसको चहलपहल त्यतिकै देख्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा मानिस आवतजावत हुँदा सङ्क्रमण त फैलिने नै भयो । उच्च ओहदा र पहुँचवाला मानिसहरू नै सामानहरूको ओसारपसार, बैङ्किङ कारोबारमा आवतजावत बढी भएको देख्न सकिन्छ ।
प्रहरी प्रशासनले ठेला, साइकलमा फलफुल, तरकारी, मकै बेच्न लिएर हिँडेकालाई हप्काउने थर्काउने गर्दछ । घाँटीमा कार्ड झुन्ड्याएर हिँडेका बाइक, गाडीहरूलाई त्यत्तिकै छोड्ने गर्दछ । दिन दुःखीहरूलाई बिहान बेलुकीको छाक जुटाउन केही न केही काम गर्नुपर्ने बाध्यता छ । निषेधाज्ञा आदेश जारी गर्ने र मानिसको हिँडडुल, आवतजावतमा खुकुलो छाड्ने हो भने सङ्क्रमणमा तत्काल नियन्त्रण हुने छाँटकाँट देखिँदैन । प्रशासनले निषेधाज्ञा आदेश कडारूपमा पालना गर्न लगाउने हो भने कोरोना सङ्क्रमण छिट्टै नियन्त्रणमा आउनेछ ।
कोरोना भाइरस पत्ता लगाएको चालीस पचास दिनमै नियन्त्रणमा ल्याउन सफल चीन भयो । कोही–कसैलाई कतै हिँड्न नदिने र सङ्क्रमितलाई सुरक्षित र भरपर्दो साथ उपचार गरी निषेधाज्ञालाई कडा गर्ने हो भने दुई तीन हप्तामा कोरोना सङ्क्रमण नियन्त्रण हुँदै जाने नागरिकहरूको बुझाइ छ । मानिसहरूको चहलपहलमा कडा नियन्त्रण नगर्ने हो भने रोगले जनधनको क्षति हुने नै भयो ।
Leave a Reply