नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
ल्हासा, २४ मे । दक्षिणपश्चिम चीनको तिब्बत स्वशासित क्षेत्रको आजको सिगात्सेमा कुनै बेला भूदास थिए, दोद्रामोग । उनको भनाइमा पुरानो तिब्बतका भुदासहरूको समय तीन भागमा विभक्त थियो ।
भूदासहरू एक दिन साहुको घरमा बिनाज्याला काम गर्थे, अर्को दिन आफ्नो पेट भर्न भूदासहरूमध्ये पनि धनी (भाग्यमानी) को घरमा काम गर्थे र तेस्रो दिन जमिनदारले बाली लिने गरी जोत्न दिएको खेतमा काम गर्थे । यो क्रम निरन्तर चलिरहन्थ्यो ।
“जग्गाधनीलाई बाली तिरिसक्दा र अघिल्लो वर्ष सापत्ति लिएको अन्न तिरिसक्दा मेरो घरमा आफ्नो पेट भर्न कोदोको एक दाना पनि बाँकी रहँदैनथ्यो”, उनले भने ।
तिब्बत स्वतन्त्र भएको ७० वर्ष पुगेको छ । द्रोदामोग र अरू तिब्बतीहरू निकै उन्नत जीवन बाँचिरहेका छन् । आजको तिब्बतले सामाजिक र आर्थिक जीवनमा अभूतपूर्व फड्को मारिसकेको छ । जनताको सर्वाङ्गीण विकास भइरहेको छ ।
दासतादेखि समाजवादतिर
पुरानो तिब्बतका तीन माथिल्ला हिस्सेदारहरू सरकारी अधिकारी, कुलीन र उच्चपदस्थ लामाहरू अनि उनीहरूका आसेपासेहरूले कुल जनसङ्ख्याको झन्डै ५ प्रतिशत ओगटेको थियो । तर, तिब्बतका सबै भूमि, चरनक्षेत्र, वन–जङ्गल, पहाड, बगर र सबैजसो घरपालुवा पशु उनीहरूकै स्वामित्वका हुन्थे ।
९५ प्रतिशत हिस्सेदारी ओगटेका दास र भूदासहरूसँग उत्पादनका कुनै पनि साधन वा स्वतन्त्रता हुन्थेन । सन् १९५१ को २३ मेमा चीनको केन्द्रीय सरकार र तिब्बतको सरकारबीच तिब्बतको शान्तिपूर्ण मुक्तिसम्बन्धी १७ बुँदे सम्झौतामा हस्ताक्षर भयो ।
त्यही बेलादेखि तिब्बतका जनता साम्राज्यवादी कब्जाको चक्रबाट मुक्त हुनुका साथै चीनका अन्य जनजाति समूहसँगै एकता, प्रगति र विकासको उज्यालो बाटोमा अघि बढ्यो ।
सन् १९५९ को मार्च महिनामा तिब्बतमा प्रजातान्त्रिक सुधार लागु भयो र अन्ततः सामन्ती दास व्यवस्था उन्मूलन भयो । सन् १९६५ को सेप्टेम्बरमा तिब्बतको पहिलो जनकाङ्ग्रेसको पहिलो अधिवेशन सुरु भयो । अधिवेशनले तिब्बत स्वशासित क्षेत्र स्थापनाको घोषणा ग¥यो ।
क्षेत्रीय जातीय स्वायत्तता र कृषि एवम् पशुपालनमा समाजवादी रूपान्तरणमार्फत तिब्बतले समाजवादको बाटो समात्यो ।
प्रजातान्त्रिक सुधारको क्रममा दोद्रामोगले आफ्नो हिस्साको जमिनका साथै गाई र बाख्राहरू प्राप्त गरे । “मेरो आफ्नै जमिन हुने दिन पनि आउने कुरामा मैले सपनामा पनि देखेको थिइनँ”, उनले भने ।
हिजोआज दोद्रामोग र उनका तीन भाइ छोराको नाममा ५० मु (लगभग ३.३३ हेक्टर कृषिभूमि छ । उनीहरूको वर्षभरिको आम्दानी २ लाख युआन (झन्डै ३१ हजार अमेरिकी डलर) बराबर छ ।
अभूतपूर्व सामाजिक–आर्थिक प्रगति
“नयाँ चीनमा तिब्बतले अभूतपूर्व विकास र प्रगति भएको देख्यो”, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्येता छिन योङचाङले भने ।
सन् १९७८ यता चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तिब्बतको विषयमा सात वटा राष्ट्रिय बैठकहरू भयो । तिब्बतबारे महत्वपूर्ण निर्णय र योजना बनाउन ती बैठकहरू आयोजना गरिएको थियो ।
चीनको केन्द्रीय सरकारको नेतृत्वको विभिन्न क्षेत्रमा तिब्बत देशका अन्य भागकै हाराहारीमा पुगेको छ ।
बितेको ७० वर्षमा केन्द्रीय सरकारले सो क्षेत्रको लागि उपयोगी नीति लागु ग¥यो । कर र वित्त, पूर्वाधार, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य, सांस्कृतिक संरक्षण र वातावरण संरक्षणबारे धेरै उपयोगी नीतिहरू बनाएको छ ।
सन् १९५१ मा तिब्बतको क्षेत्रीय कुल गार्हस्थ उत्पादन औसत १२ करोड ९० लाख युआन थियो । गत वर्ष त्यहाँको कुल गार्हस्थ उत्पादन १ खर्ब ९० अर्ब युआन पुगेको छ ।
शान्तिपूर्ण मुक्तियता तिब्बतले क्रमिकरूपमा राजमार्ग, रेलमार्ग, हवाईमार्ग र पाइपलाइनको विस्तृत यातायात सञ्जाल स्थापना गरेको छ । तिब्बतमा अहिले कुल १ लाख १८ हजार ८ सय किलोमिटर लामो राजमार्ग बनिसकेको छ । तिब्बतले वातावरण सुधारमा पनि समन्वयात्मक प्रगति हासिल गरेको छ । गत वर्षको अन्त्यसम्ममा सो क्षेत्रमा तिब्बतले ८१ अर्ब ४० करोड युआन लगानी गरेको थियो । सन् २०२० मा तिब्बतमा जङ्गल क्षेत्र १२.३ प्रतिशत, प्राकृतिक चरन क्षेत्रको विस्तृत बाली क्षेत्र ४७ प्रतिशत पुगेको छ ।
नयाँ युगमा तिब्बतले सामाजिक सद्भाव र स्थायित्वको कारण तीव्र र दिगो वृद्धि हासिल गरिरहेको छ ।
बहुआयामिक मानव विकास
“शान्तिपूर्ण मुक्तियता बहुआयामिक मानव विकास तिब्बतको सबभन्दा ठुलो ऐतिहासिक उपलब्धि बनेको छ”, सिचुवान विश्वविद्यालयको तिब्बत अध्ययन प्रतिष्ठानका अध्येता लि सुआनले भने ।
सन् २०१९ को अन्त्यसम्ममा तिब्बतका सबै सूचिकृत गरिब बस्ती र काउन्टीहरूमा गरिबी हटाउने अभियानको थालनी भइसकेको छ । निरपेक्ष गरिबी इतिहासमै पहिलो पटक सो क्षेत्रबाट हटिसकेको छ ।
सन् १९५१ अघि तिब्बतका ९० प्रतिशतभन्दा बढी जनताको आफ्नो निजी घर थिएन । सन् २०२० मा किसान र पशुपालकको प्रतिव्यक्ति बस्ने ठाउँ ४१.४६ वर्गमिटर थियो । सहरी क्षेत्रमा ३३.४ वर्ग मिटर थियो ।
सन् १९५१ मा औसत बाँच्ने उमेर जम्मा ३५.५ थियो भने सन् २०१९ मा त्यो उमेर बढेर ७१.१ पुगेको छ ।
शिक्षा क्षेत्रमा पनि ठुलो उपलब्धि हासिल भएको छ । पुरानो तिब्बतमा कुनै पनि राम्रो विद्यालय थिएन । निरक्षरता दर ९५ प्रतिशत थियो ।
सन् १९५१ देखि २०२० सम्म केन्द्रीय सरकारले तिब्बतको शिक्षामा २ खर्ब २४ अर्ब युआन खर्च ग¥यो । तिब्बतमा हिजोआज विद्यार्थीहरू सरकारकै खर्चमा १५ वर्षको शिक्षा हासिल गर्छन् ।
“आजको तिब्बतसँग अभूतपूर्व आधार, अभूतपूर्व अवसर र अभूतपूर्व विकासको ऊर्जा छ”, तिब्बत सरकारका अध्यक्ष छिचालाले भने ।
Leave a Reply