भर्खरै :

विश्व स्वास्थ्य सभामा ताइवानसम्बन्धी प्रस्ताव असफल

जेनेभा, २५ मे । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को सर्वोच्च निर्णायक निकाय विश्व स्वास्थ्य सभा (डब्ल्युएचए) ले आफ्ना विषयसूचीमा ताइवानको सहभागितासम्बन्धी प्रस्ताव समावेश गर्न अस्वीकार गरेको छ ।
जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालयका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले सभाको बैठकमा जारी वक्तव्यमा चिनियाँ प्रतिनिधिमण्डलले ७४ औँ विश्व स्वास्थ्य सभाको महासमितिले आफ्ना विषयसूचीमा ताइवानसँग सम्बन्धित मुद्दा समावेश नगर्ने निर्णयको दृढतापूर्वक स्वागत गरेको उल्लेख छ ।
ताइवान चीनको अविभाज्य अङ्ग भएको चर्चा गर्दै चेनले भने, “संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रस्ताव नं २७५८ र विश्व स्वास्थ्य सभाको प्रस्ताव २५.१ ले विश्व स्वास्थ्य सङ्गठनलाई एक चीन नीतिमा प्रतिबद्ध रहन कानुनी आधार दिएको छ । ती प्रस्तावले ताइवानलाई चीनको भाग मानेको छ । ताइवानसँग सम्बन्धित प्रस्ताव समावेश गर्नु संयुक्त राष्ट्र सङ्घीय बडापत्रको लक्ष्य र सिद्धान्तको उल्लङ्घन हो, विश्व स्वास्थ्य सङ्गठनको विधान र विश्व स्वास्थ्य सभाको नियमावलीको विपरीत हो । यो अवैधानिक र असान्दर्भिक हो ।”
“विश्व स्वास्थ्य सभामा ताइवानको क्षेत्रीय सहभागिता एक–चीन सिद्धान्त र समुद्री वारपार परामर्शविपरीत हो”, उनले जोड दिए ।
चिनियाँ प्रतिनिधिले विश्व स्वास्थ्य सभा ताइवानको विषयमा निर्णयमा पुगिसकेको प्रस्ट पार्दै केही देशले ताइवानसम्बन्धी प्रस्ताव पेश गरेर विश्व स्वास्थ्य सङ्गठनमा विश्वव्यापी महामारीविरुद्ध सहकार्य प्रयास र साझा हितमा हानि पु¥याउन खोजिरहेको बताए ।
“हामी स्वास्थ्य क्षेत्रलाई राजनीतीकरण गरेर र ताइवानको विषयलाई दुरुपयोग गरेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र विश्व स्वास्थ्य सभामा उचित व्यवस्था नबिथोल्न सम्बन्धित सबै देशलाई आग्रह गर्न चाहन्छौँ”, चेनले भने ।
सभाअघि १५० भन्दा बढी देशहरूले कूटनीतिक माध्यमबाट र ८० भन्दा बढी देशहरूले विश्व स्वास्थ्य सङ्गठनलाई पत्राचार गरेर एक चीन नीतिको पालना गर्न आग्रह गर्दै विश्व स्वास्थ्य सभामा ताइवानको सहभागिताको विपक्षमा मत व्यक्त गरेका थिए ।
“ताइवानसँग सम्बन्धित प्रस्ताव राख्नु तथ्यले अलोकप्रिय भएको पुष्टि भइसकेको छ”, चेनले केही पृथकतावादीहरूले ‘दुई चीन’ बनाउने अथवा ‘एक चीन एक ताइवान’ बनाउने मनसाय असफल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *