हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पाँचखाल, १२ जेठ । पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगर प्रमुख महेश खरेलले बताउनुभयो ।
नगरस्थित कोभिड व्यवस्थापन समितिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । नगर प्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिएलगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ । खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ । नगरमा १८ वर्षमाथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्नेछ । उहाँले भन्नुभयो, “नागरिककलाई बचाउन विकास बजेट काटेर भए पनि जसरी नै खोप किन्नैपर्ने आवश्यकता भइसक्यो । मन्त्रालयसँग यसबारे फलोअप भइरहेको छ ।”
पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’ का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर सुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् । नगरप्रमुख खरेलले नगरका कोरोना सङ्क्रमित अति विपन्न नागरिकलाई उपचार खर्चबापत हालैमात्र रु. दश हजार घोषणा गर्नुभएको छ भने आफ्नो निजी गाडीसहित नगरका अन्य तीन गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिनुभएको छ ।
यसअघि गत आइतबार पाल्पाको रामपुर नगरपालिकाले आफ्नै खर्चमा कोरोनाविरुद्धको खोप खरीद गर्ने जनाउँदै मन्त्रालयलाई निवेदन दिएको थियो । नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई भेटेरै आफ्नो नगरका सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन ५० हजार डोज खोप आवश्यकता भएकोले नगरकै स्रोतबाट खरीद गर्न मन्त्रालयले स्वीकृति दिनुपर्ने माग गर्नुभएको थियो । यस्तै, स्याङ्जाको वालिङ नगरपालिकाले पनि सोमबार मन्त्रालयलाई पत्राचार गरी नगरमा हाल दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेसँगै नागरिकबाट खोपको माग भइरहेकाले खोप उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध गराउन नसके नगरको आफ्नै खर्चमा मापदण्डअनुसार बाहिरी देशबाट खरीद गर्ने गरी अनुमति दिलाइदिन अनुरोध गरेको छ । समयमै कोरोनाविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट आउँदा दबाब महसुस भइ आफैंले खरीद गरी नागरिकलाई छिटोभन्दा छिटो खोप दिलाउन प्रक्रियागत ढङ्गले स्वीकृति मागिएको ती नगरले जनाएका छन् ।
रासस
Leave a Reply