हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
खलङ्गा, १३ जेठ । जुम्लामा कालीमार्सी धानको रोपाइँ सुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दुरी कायम गर्दै रोपाइँमा लागि परेका छन् । कोरोना भाइरसको दोेस्रो लहरको सङ्क्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै कालीमार्सी धान रोपाइँको चटारोमा छन् । यहाँ यसै महिनाको पहिलो हप्तादेखि नै रोपाइँ सुरु भएको हो ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् । जुम्लामा मात्र उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेती गर्ने यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता रावतले बताउनुभयो । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो सुरु हुने गर्दछ । त्यसैले अहिले पनि यहाँ समयमै रोपाइँ थालिएको हो ।
कृषि क्यालेन्डरअनुसार किसानहरूले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको छ । यही परम्पराअनुसार यस वर्ष पनि सोही क्यालेन्डरअनुसार बीउ राखिएको स्थानीय जानकार रमानन्द आचार्यले बताउनुभयो ।
स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम सुरु गरेको यहाँका किसानहरू बताउँछन् ।
जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाएको छ ।
अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ । मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ । व्यापारीहरू पनि यो चामल खरिद गर्न घरघरमा नै आउन थालेका छन् । मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहनत गर्नुुपर्छ भन्छन् यहाँका किसानहरू । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कार्तिकको पहिलो सातादेखि घरमा भित्याउने गर्छन् । वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको यहाँका किसान जय बुढाले बताउनुभयो । रासस
Leave a Reply