भर्खरै :

सत्तामा बस्नेहरूमा भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोण परिवर्तन आएको छैन

कोभिड महामारीबीच भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा के कस्तो काम गर्दै आएको छ ?
एक वर्षभन्दा बढी समय कोभिड – १९ बीच बित्यो । जस्तोसुकै कठिन समयमा पनि भक्तपुर नपाले जनताको स्वास्थ्य उपचार सेवालाई बन्द गरेन । कोभिड महामारीबीच २०७७ साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा जनस्वास्थ्य केन्द्रले ९६ हजार १ सय ५७ जना बिरामीलाई सेवा प्रदान ग¥यो । गत वर्ष पनि कोभिड सङ्क्रमितहरूको लागि आइसोलेसन र सम्भावित सङ्क्रमणलाई रोक्न घर, होटल र नगरपालिकाको छुट्टै क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था गरी आवश्यक सेवा प्रदान गरेको थियो ।
कोभिडको दोस्रो लहरपछि कसरी काम गर्नुभयो नि ?
कोभिडको दोस्रो लहर अत्यन्त घातक देखिएको छ । समुदायमा कोभिड सङ्क्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, क्लोरिन र चून छर्ने, टोल टोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आयो । नगरपालिकाले २०७८ साल वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन ग¥यो । ५० शøयाको आइसोलेसन र २५ शøयाको एचडीयू सेवा उपलब्ध गरायो । २४ सै घण्टा २ जना डाक्टर, ६ जना नर्स र आवश्यक सङ्ख्याका कर्मचारी बन्दोबस्तको साथै १ जना फिजिसियन र १ जना एनेस्थेसियाका विशेषज्ञ राखेर सेवा प्रदान गर्दै आएको छ । त्यहाँ बसुञ्जेल सम्पूर्ण सेवा निः शुल्क प्रदान गरेको छ ।
 अक्सिजनको आपूर्ति कसरी गरिरहनुभएको छ ?
बिरामीहरू थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र इमर्जेन्सी सेवामा अक्सिजनको माग बढ्न थाल्यो । हामीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक पटक आग्रह गर्यौैं । वैशाख २७ गते दैनिक ३० सिलिन्डर र २८ गते दैनिक ८० सिलिन्डर अक्सिजन ख्वप अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय गर्यो । तर, त्यो निर्णयअनुसार कहिल्यै हामीले अक्सिजन पाएनौँ । अक्सिजन अभावमा सङ्क्रमितहरू मृत्यु हुने सम्भावना बढ्न थाल्यो । हाम्रा कर्मचारीहरू विभिन्न अक्सिजन प्लान्टहरूमा रात रातभर ३।४ वटा अक्सिजनको लागि लाइन बसेरै भए पनि अभाव हुन दिएनौँ । तर त्यो लामो समयसम्म सम्भव थिएन ।
 के नगरपालिका आफैले अक्सिजन प्लान्ट राख्ने तयारी गरेकै हो ?
हो, हामीले नेपाल सरकारसँग भेन्टिलेटर, आइसीयू र अक्सिजन प्लान्टको माग गर्यौँ । पटक – पटक माग गर्दा पनि हामीलाई सरकारले सहयोग गरेन । मानिस मरिसकेपछि सहयोगको के अर्थ ? सरकारले सहयोग नगरेपछि स्थानीय सहकारी संस्थाहरू, शैक्षिक संस्थाहरू, व्यवसायीहरू र अन्य महानुभावहरूसँग पटक – पटक बैठक गरी सहयोगको लागि आग्रह गर्यौं र आफैले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयूको व्यवस्थाको लागि अगाडि बढ्यौँ । हामीले जनताबीच भन्यौं, महामारीको बेला तपाईँहरूले नगरपालिकालाई सहयोग गर्नुहोस् हामी तपाईँहरूलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा दिन्छौँ । हाम्रो आग्रहलाई स्वीकार गर्दै अहिले जनस्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन्छौँ ।
सङ्घीय सरकार र प्रदेश सरकारसँग आर्थिक सहयोग माग्नु भएन र ?
सत्तामा बस्नेहरूमा भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । जनताको सेवा गर्नेहरूलाई भन्दा आफ्नालाई प्राथमिकता दिने पञ्चायती शैलीले निरन्तरता पाएको छ । हामीले नगरवासीहरूको स्वाभिमान बचाउँदै स्वायत्तताको अभ्यास गर्दै आएका छौँ । सरकारले जनस्वास्थ्य केन्द्रलाई बीमावापत दिनुपर्ने साढे पाँच करोड रुपैयाँभन्दा बढी रकम अहिलेसम्म उपलब्ध गराएको छैन । तापनि नगरवासीहरूको स्वास्थ्य उपचार सेवामा कति पनि कमी हुन दिएका छैनौँ । नगरवासीहरू हाम्रो साथमा रहेसम्म सङ्घ र प्रदेशले सहयोग नगरे पनि जनप्रतिनिधिहरूको सेवा गर्ने भावनामा अलिकति पनि कमी आउन दिने छैनांैँ ।
 ख्वप अस्पताल कोभिड युनिटमा कतिजना सङ्क्रमितहरूले सेवा पाइसकेका छन् ?
जेठ १२ गतेसम्म १५५ जनाले सेवा प्राप्त गरिसक्नुभएको छ । तीमध्ये १२५ जना आइसोलेसन सेवा र ३० जनाले एचडीयु सेवा लिनुभएको छ । हाल ४१ जनाले सेवा लिइरहनुभएको छ । घर – घरमा बस्ने आठ सत्न्दा बढी हुनुहुन्छ । उहाँहरूका लागि पनि आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण, फोहर सङ्कलनजस्ता कामहरू नगरपालिकाले गरिरहेको छ ।
च्याम्हासिंहमा ओपीडी सेवा बन्द भएको हो र ?
कोभिड सङ्क्रमितहरू धेरै बढ्न थालेपछि त्यहाँ आउने बिरामीहरूलाई समेत रोग सङ्क्रमण फैलिने सम्भावना बढ्यो । त्यसको उचित व्यवस्थापन गरी अघि बढ्न ज्वरो आएका र सङ्क्रमणको सम्भावना भएकाहरू परीक्षणको लागि छुट्टै फिबर क्लिनिक व्यवस्था गरी ओपीडी सेवा केही समयको लागि स्थगित गरिएको हो । पुनः चरणबद्धरूपमा स्वास्थ्य मापदण्डलाई अपनाइ सञ्चालन गर्दै छौँ । इमर्जेन्सी सेवाभने कहिल्यै बन्द भएको छैन ।
स्रोत ः भक्तपुर खबर डट कम

One response to “सत्तामा बस्नेहरूमा भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोण परिवर्तन आएको छैन”

  1. Tilak baduwal says:

    एक इमानदार राजनीतिज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *