हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १३ जेठ । नेपालको परिवर्तित राजनैतिक घटना र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ बारे नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिले बुधबार अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले नागरिकता विधेयक, २०६३ मा जन्मको आधारमा नागरिकता दिने दफा हटाउन पार्टीले प्रतिनिधिसभामा २०६३ असोज ४ गते संशोधन राखेको र आठ दलको बैठकमा खुला सीमा भएको देशमा नागरिकतासम्बन्धी अध्यादेशमा यस्तो व्यवस्था राख्नु उपयुक्त नहुने अडान राखेको उल्लेख गर्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् तत्कालीन प्रतिनिधिसभाका सदस्य नारायणमान बिजुक्छेँ (रोहित) ले आठ दलको बैठकमा राख्नुभएको पार्टीको अडानलाई बेवास्ता गरी बाँकी दलले २०६३ कार्तिक २२ गते सहमति गरेको हुँदा सोही दिन नेमकिपाले प्रेस विज्ञप्तिमार्फत असहमति जनाएको थियो । २०६३ मंसिर १० गते सो विधेयक तत्कालीन प्रतिनिधिसभामा निर्णयार्थ पेश हुँदा अध्यक्ष बिजुक्छेँ एक्लैले विपक्षमा मत दिनुभएको थियो । तर, सो विधेयक अरू दलले समर्थन गरी पारित गरेको थियो ।” सांसद सुवालले भन्नुभयो ।
उहाँले जन्मको आधारमा वितरण गरिएको नागरिकताको छानबिन नै नगरी उनीहरूका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने केपी ओली सरकारको नागरिकतासम्बन्धी अध्यादेश, २०७८ देशको हितमा नभएको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले नेपालमा भइरहेको राजनैतिक अन्योलको मौका छोपेर अमेरिकी साम्राज्यवादले हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैन्य गठबन्धन ‘एमसीसी’ मा संलग्न हुन नेपाललाई दबाब दिँदै गरेको र ओली सरकार आफ्नो सत्ता जोगाउन ‘एमसीसी’ सम्झौता पास गराउनेतर्फ उद्यत रहेको हुँदा युवाहरूले सङ्गठित भएर प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले भारतीय विस्तारवादको हित हुने गरी ल्याइएको नागरिकता अध्यादेशविरुद्ध नेक्रायुसङ्घले सङ्घर्ष गरिरहेको स्मरण गर्दै प्रम ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा ल्याइएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध पनि सङ्घर्ष गर्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र थाश्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ मध्यपुरका आकाश बाडे र अमर दलीश्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply