भर्खरै :

बुढी मर्नुभन्दा काल पल्किएला भन्ने डर

  • जेष्ठ १५, २०७८
  • कुमार काभ्रेली
  • विचार

भेरी अस्पतालमा डाक्टर र स्टाफनर्सहरूले हाम्फालेर ज्यान बचाउनुपर्ने स्थिति आउनुमा दोषीमाथि कारवाहीको माग सर्वत्र उठिरहेका छन् । वर्तमान अवस्थामा स्वास्थ्यकर्मीहरूको मनोबल उठाउनु सबैको साझा कर्तव्य हो । अस्पतालमा स्वास्थ्य सामग्रीको अभावको बाबजुद पनि स्वास्थ्यकर्मीहरूले अहोरात्र सेवा प्रदान गरिरहेको बेला स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक हमला हुनु निन्दनीय हुनुका साथै बुढी मर्नु भन्दा काल पल्किएला भन्ने डर भएको छ ।
भेरी अस्पतालको पहिलो तलामा रहेको हल ‘ए’ को १३ नम्बर आईसीयू बेडमा उपचाररत दाङका तुलसीपुर उपनगरपालिका वडा नं. ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको अक्सिजन लेभल खस्कदै गएपछि उपचारको लागि भेन्टिलेटरको विकल्प नभएको अस्पतालका स्वास्थ्यकमीहरूले बिरामीका आफन्तहरूलाई बताए । बिरामीका आफन्तहरूले भेन्टिलेटरमा राखी उपचार गर्न सहमति जनाए । सहमति अनुसार नै डा. दिपक गुप्ता, डा. चन्द्रप्रकाश शाहु, डा. समा अन्सारी, स्टाफनर्सहरू अश्विनी गुरुङ, सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा लागे । उपचारकै क्रममा विरामीको मृत्यु भयो ।
बिरामीको मृत्युपश्चात बिरामी कुरुवाले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भयो भन्दै मोवाइलबाट आप्mना मानिसलाई बोलाए । अस्पतालमा केही हुल मानिस पसेर स्टाफनर्स सदिक्षा गैरेको घाँटी थिचेर मार्ने प्रयास गरे । डा. चन्द्र प्रकाशलाई हातपात गरे । अरू स्वास्थ्यकर्मीहरू शौचालयभित्र भागे । शौचालयको ढोका फुटाउने प्रयास गरेपछि भ्mयालको सिसा फोडेर तल हामफालेर ज्यान जोगाउनु परेको स्वास्थ्यकमीहरूले बताएका छन् ।
उपचार हुँदाहुँदै पनि बिरामीको मृत्यु हुँदा स्वास्थ्यकर्मीहरूमाथि जाइलाग्नु भनेको स्वास्थ्यकर्मीहरूको मनोबल गिराउनु हो । कति बिरामीहरूले अक्सिजन र भेन्टिलेटर नपाएर उपचारबिना मर्नु परेको हामीले हेरिरहनुपरेको छ । ओभरप्mलो अक्सिजन दिनुपर्ने बिरामीलाई अक्सिजन आपूर्ति गर्न नसक्दा एकैदिन ६ जना बिरामीको ज्यान गएको समाचार पनि सुन्नमा आएको छ । यस्तो असहज परिस्थितिमा राज्यको तर्फबाट स्वास्थ्य सामग्रीका आपूर्तिका लागि पहल गर्न जोड दिनु आवश्यक छ । स्वास्थ्यकर्मीमाथि जाइलाग्नु उचित होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *