जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
नेकाका देउवाले प्रम हुन पाँचौँ पटक दाबी गरे । देउवा, दाहाल, माधव, खनाललगायतका नेताहरू ओलीभन्दा अगाडि प्रम भएका हुन् । ती कुनै पनि प्रमले लिम्पियाधुरासम्मको क्षेत्र समेटेर नेपालको नक्सा बनाउने आँट गरेनन् । पहिलो पटक प्रम भएका देउवाले २०५३ असोज ४ गते महाकाली सन्धि प्रतिनिधिसभाको दुईतिहाइ बहुमतसहित पारित गराएर देशघाती काम गरे । त्यहीबेला देउवाले सांसद अपहरण गरी पुना, बैङ्कक र दिल्लीमा पु¥याएका थिए । दोस्रोपटक प्रम भएका देउवाले २०५८/५९ मा संरा अमेरिकी साम्राज्यवादबाट एसियाको एउटा सार्वभौम देश अफगानिस्तानमाथि आक्रमण भएको बेला अमेरिकी सैन्य हवाईजहाजहरूलाई काठमाडौँमा तेल भर्ने अनुमति दिएका थिए । देउवा २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको टीका लगाएर प्रतिगामी प्रम भएका थिए । २०७४ साल फागुनमा चौँथो पटक प्रम भएका देउवाले आफ्ना अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई अमेरिका पठाएर हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धनमा नेपालसमेत सामेल हुने गरी २०७४ भदौ २९ गते एमसीसी सम्झौतामा हस्ताक्षर गराएका थिए ।
नेपालका पूर्वप्रमहरूले देश र जनताको हितमा काम गर्न नसकेको यथार्थ हो । कोभिड–१९ सङ्क्रमणको यो सङ्कटमा देउवालाई पाँचौँ पटक प्रम बनाउने शासक दलहरूको प्रस्ताव कुनै पनि दृष्टिले उपयुक्त नभएको नेपाली जनताको मत रहेको छ ।
Leave a Reply